Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

आन्ध्र प्रदेश आइपुग्यो चक्रवात ‘मुरासु, एक लाख ६० हजारलाई सुरक्षित स्थानमा सारियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
आन्ध्र प्रदेश आइपुग्यो चक्रवात ‘मुरासु, एक लाख ६० हजारलाई सुरक्षित स्थानमा सारियो
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात मुरासुको प्रभाव सुरु भएको छ । सोमबार राति १ बजेदेखि तटमा ठोक्किन थालेको चक्रवातले केही घण्टामै आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गरेको भारतीय मौसम विभागले जनाएको छ । चक्रवात नेल्लोर र नरसापुरबीचको तटीय क्षेत्रमा प्रवेश गरेको हो । त्यस क्रममा आन्ध्र प्रदेशका तटीय क्षेत्रमा प्रतिघण्टा १०० देखि ११० किलोमिटरको गतिमा हावा चलेको छ ।चक्रवातको प्रभावका कारण आन्ध्र प्रदेशका तीन विमानस्थलबाट हुने १९ उडान रद्द गरिएका छन् । त्यस्तै, चेन्नई विमानस्थलबाट पनि ११ उडान रद्द गरिएको छ । चक्रवातबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पाँच राज्यमा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का ३७ टोली परिचालन गरिएको छ । तीमध्ये १३ टोली आन्ध्र प्रदेशमा खटिएका छन् । यसैबीच, ओडिसा सरकारले गञ्जाम, गजपति, रायगडा, कोरापुट र मलकानगिरी जिल्लाका १ लाख ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारेको छ । चक्रवातको प्रभाव मध्यप्रदेश, छत्तीसगढ, केरल, तेलंगाना, कर्नाटक र महाराष्ट्रमा समेत पर्न सक्ने अनुमान गरिएको छ । बीबीसी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युवतीको अश्लिल भिडिओ बनाएर सामाजिक सञ्जालमा शेयर गरेको आरोप, काठमाडाैँबाट युवक पक्राउ
Latest NewsJust now

युवतीको अश्लिल भिडिओ बनाएर सामाजिक सञ्जालमा शेयर गरेको आरोप, काठमाडाैँबाट युवक पक्राउ

महिलाको अश्लिल भिडिओ बनाएको आरोपमा प्रहरीले कालिकोटका एक युवकलाई काठमाडाैँबाट पक्राउ गरेको छ।  पक्राउ पर्नेमा कालिकोटको तिलागुफा नगरपालिका- ३ बस्ने ३७ वर्षीय खगेन्द्र प्रसाद न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक बरम यादवले जानकारी दिए।  न्यौपानेले एक युवतीको अश्लिल भिडिओ बनाएर विभिन्न व्यक्तिहरूलाई देखाउने र स... ...

नेपालखबर
नागढुंगा सुरुङमार्गमा टोल शुल्क उठाउन थालेपछि सवारी चाप बढ्यो (तस्बिरहरू)
Latest NewsJust now

नागढुंगा सुरुङमार्गमा टोल शुल्क उठाउन थालेपछि सवारी चाप बढ्यो (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ भित्रन र बाहिरिन सहज हुने उद्घोषका साथ उद्घाटन गरिएको नागढुंगा सुरुङमार्गले यात्रु र सवारी चालकलाई अर्को झन्झट थपेकाे छ । निकै तामझाम सहित उद्घाटन गरिएको सुरुङमार्ग छिटो... ...

रातोपाटी
पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द
Latest NewsJust now

पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द

चितवन। पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द गरिने भएको छ। सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो। नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने कार्यका लागि सडक बन्द गरिएको हो। उक्त अवधिमा मलेखु–मुग्लिङ सडकखण्ड भएर ...

नेपालन्युज
सगरमाथा क्षेत्रमा अवतरण गर्न लागेका दुई हेलिकप्टर ठोक्किँदा 'एक विदेशीको मृत्यु'
Latest NewsJust now

सगरमाथा क्षेत्रमा अवतरण गर्न लागेका दुई हेलिकप्टर ठोक्किँदा 'एक विदेशीको मृत्यु'

BBC सगरमाथा आधारशिविरनजिकै रहेको फेरिचे गाउँमा अवतरण गर्न लागेका दुइटा हेलिकप्टरहरू ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बीबीसीलाई बताएका छन्।सोलुखुम्बुका सहायक प्रमुख जिल्ला ...

बीबीसी नेपाली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play