Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना

Share:WhatsAppFacebookX (Twitter)Telegram
आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना
Photo / Coverage: केन्द्रबिन्दु

गण्डकी । गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलन बढाउन, राजस्व प्रशासनलाई व्यवस्थित गर्न र राजस्व सङ्कलन गर्ने निकायबीच समन्वय गर्न आर्थिक मामिला मन्त्रालयअन्तर्गत राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको छ । कार्यालयले सोमबारदेखि औपचारिक रूपमा सेवा प्रवाह सुरु गर्ने मन्त्रालयका प्रवक्ता उपसचिव गुमादेवी शर्माले जानकारी दिए । मन्त्रालय परिसरमै रहेको भवनबाट कार्यालय सञ्चालन हुनेछ । कार्यालयले घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन शुल्क, कृषि आयकर, सेवा शुल्क, दस्तुर तथा दण्डजरिवानालगायत प्रदेशको अधिकार क्षेत्रभित्रका राजस्व सङ्कलन र व्यवस्थापनमा सहजीकरण गर्नेछ । साथै, करदाता विवरण व्यवस्थापन, राजस्व चुहावट नियन्त्रण, राजस्व सम्भाव्यता अध्ययन, स्थानीय तहसँग समन्वय र राजस्व प्रक्षेपणमा सहयोग गर्ने जिम्मेवारी पनि कार्यालयलाई दिइएको छ । मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा र प्रदेश लेखा नियन्त्रक कार्यालयका कर्मचारीबाटै जनशक्ति व्यवस्थापन गरिएकाले थप आर्थिक भार नपर्ने जनाइएको छ । आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रदेशभित्र राजस्व सङ्कलन गर्ने निकायबीच समन्वय गर्नु कार्यालयको मुख्य जिम्मेवारी हुने बताए । प्रदेश सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेको उल्लेख गर्दै उनले आर्थिक ऐनले तोकेका सबै क्षेत्रलाई राजस्वको दायरामा ल्याउन कार्यालयले सहजीकरण गर्ने बताए । राजस्वसम्बन्धी नीतिगत काम मन्त्रालय र कार्यान्वयनको जिम्मेवारी कार्यालयलाई दिने गरी कार्यविभाजन गरिएको मन्त्री शेरचनको भनाइ छ । कार्यालय स्थापनाले प्रदेशको आन्तरिक राजस्व वृद्धि हुने अपेक्षा गरिएको उनले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा
Latest NewsJust now

विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा

म्याग्दी । मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । गत असोज ८ देखि ११ गतेसम्मको... ...

रातोपाटी
नेपाल-चीन साहित्यिक सम्बन्धमा सिर्जनात्मक सेतुको विमर्श
Latest NewsJust now

नेपाल-चीन साहित्यिक सम्बन्धमा सिर्जनात्मक सेतुको विमर्श

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठान र देवकोटा-लु सुन प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा नेपाल-चीन द्विदेशीय साहित्यिक गोष्ठी सम्पन्न भएको छ । ‘नेपाल-चीनबीचको सिर्जनात्मक सेतु’ विषयमा केन्द्रित गोष्ठीमा साहित्यले दुई देशका समाज, संस्कृति र मानव आत्मालाई जोड्ने साझा भाषा भएको वक्ताहरूले बताए । लु सुन कल्चर फाउण्डेशनका अध्यक्ष झाउ लिङफीले चिनियाँ साहित्यकार लु सुन र नेपाली महाकवि लक्ष्मीप्रसाद देवकोटा दुवै देशको आधुनिक साहित्यका महान् ...

हिमालय टाइम्स
एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल
Latest NewsJust now

एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडकको निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय प्रशासनले पहल थालेको छ । स्थानीयको माग, निर्माण सामग्रीको अभाव र विद्युत् पोल व्यवस्थापनमा... ...

रातोपाटी
चितवनमा लङ्गुर बुर्जा नियन्त्रण अभियान
Latest NewsJust now

चितवनमा लङ्गुर बुर्जा नियन्त्रण अभियान

चितवन । चितवनमा लङ्गुर बुर्जा खेल्ने क्रम बढेपछि प्रहरीले नियन्त्रण अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी एकाइले दसैँ र तिहारको बिचको अवधिलाई लक्षित गरी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play