Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

आठ स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम

Share:WhatsAppFacebookX (Twitter)Telegram
आठ स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । जलन उपचार सेवालाई विस्तार र गुणस्तरीय बनाउन आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विशिष्टीकृत तालिम प्रदान गरिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको पहलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कीर्तिपुर अस्पतालमा सञ्चालन गरेको ३० कार्यदिनको तालिम सम्पन्न भएको हो । तालिममा नारायणी अस्पताल, वीरगञ्ज र प्रदेश अस्पताल, सुर्खेतका चार/चार जना सहभागी थिए । कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै तालिम समापन गरिएको हो । तालिमबाट जलन उपचारसम्बन्धी दक्ष जनशक्ति उत्पादन हुनुका साथै सम्बन्धित अस्पतालमा जलन उपचार कक्ष स्थापना र सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । The post आठ स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह
Latest NewsJust now

सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह

ललितपुर । नेपाली कांग्रेसले सञ्चारमाध्यमको स्वतन्त्रता, पत्रकारको सुरक्षा र लोकतान्त्रिक संस्थाको स्वायत्तता कायम राख्दै सरकारलाई विधिको शासन, पारदर्शिता र जवाफदेहिताका आधारमा अघि बढ्न आग्रह गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा पार्टीका तर्फबाट धारणा सार्वजनिक गर्दै वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारकर्मीलाई प्रतिपक्षका विषयमा मात्र नभई सत्तापक्षका गतिविधि र सरकारका निर्णयमाथि पनि निर्भीकतापूर्वक प्रश्न उठाउन आग्रह गरे । उनले ...

नेपालन्युज
प्रश्नसँग डराएको सरकार
Latest NewsJust now

प्रश्नसँग डराएको सरकार

प्रेसलाई तर्साएर मौन बनाउँदैमा सत्य लुक्दैन । बरु लोकतन्त्र कमजोर हुन्छ, विधिको शासन धरापमा पर्छ र सूचनाको अधिकारबाट नागरिक वञ्चित हुन्छन् । ...

कान्तिपुर
तिहारका लागि १५९१ भेडा च्याङ्ग्रा मुस्ताङबाट बेँसी झारिए
Latest NewsJust now

तिहारका लागि १५९१ भेडा च्याङ्ग्रा मुस्ताङबाट बेँसी झारिए

मुस्ताङ । तिहारका लागि मुस्ताङबाट एक हजार ५९१ भेडा च्याङ्ग्रा बेँसी झारिएका छन् । उक्त भेडा च्याङ्ग्रा तिहारका लागि बिक्री गर्न उपल्लो मुस्ताङ र डोल्पाबाट बेँसीतर्फ झारिएको हो । यहाँस्थित कृषि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play