Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

आज मौसम सफा रहने

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज मौसम सफा रहने
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशका हिमाली क्षेत्र तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। त्यस्तै, आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने सम्भावना छ। बाँकी प्रदेशमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१०औँ राष्ट्रिय खेलकुद आजदेखि सुरु
Latest NewsJust now

१०औँ राष्ट्रिय खेलकुद आजदेखि सुरु

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू आजदेखि सुरु हुने भएको छ । तालिकाअनुसार आजदेखि ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछ । जसमा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र... ...

रातोपाटी
संघीय संसद्का चार समितिको बैठक बस्दै
Latest NewsJust now

संघीय संसद्का चार समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका चार संसदीय समितिको बैठक आज बस्दैछ । आज सार्वजनिक लेखा समितिको सोह्रौँ बैठक बिहान ९: ३० बजे बस्नेछ । बैठकमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल हुनेछ । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी समितिमा प्राप्त उजुरीमाथि पनि छलफल गर्ने कार्यसूची छ । त्यस्तै आज महिला तथा सामाजिक मामिला समितिको तेइसौँ बैठक बिहान ९ बजे ...

कर्पोरट खबर
ताप्लेजुङ–सिक्किम सीमा क्षेत्रमा भूकम्पको धक्का
Latest NewsJust now

ताप्लेजुङ–सिक्किम सीमा क्षेत्रमा भूकम्पको धक्का

काठमाडौँ । पूर्वी नेपाल र भारतको सिक्किम सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर आज बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार नेपाली समयअनुसार बिहान ७... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement