Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आज फूलपाती, कालरात्रि देवीको उपासना गरिँदै

आज फूलपाती, कालरात्रि देवीको उपासना गरिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज फूलपाती, कालरात्रि देवीको उपासना गरिँदै

काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैँको आज (शनिबार) सातौं दिन । आज हिन्दू नेपालीहरूले घर–घरमा फूलपाती भित्र्याउँदैछन् । देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरूको वध गरेको दिनका रूपमा महासप्तमी मनाउने गरिन्छ । आज दुर्गा भवानीको प्रतिमा राखिएको दशैँघरमा फूलपातीको शुभसाइतका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ । फूलपाती गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै काठमाडौंको जमलसम्म ल्याउने गरिन्छ । गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुर्जा टोली, ब्याण्डबाजा, पञ्चेबाजा, सिंगारिएका कल्स्यौडीहरू र सांस्कृतिक नाचगानसहितको लावालस्करले जमलमा ल्याइएको फूलपातीलाई हर्षबढाइँका साथ हनुमानढोकामा भित्र्याउने चलन छ । आजै काठमाडौंका नेवार समुदायका घर–घरमा विश्वकर्मा तथा विद्याकी देवी महासरस्वतीको पूजा हुन्छ । त्यस क्रममा पुस्तक, कापी, कलम, ज्यावल, मेसिनरी सामग्रीहरू, कोदाला, हँसियालगायत स्थापना गरी पूजा गरिन्छ । घटस्थापनाका दिनदेखि नै दशैँ सुरु हुने भए पनि दशैँको विशेष चहलपहल भने आजैदेखि घर–घरमा सुरु हुन्छ । फूलपातीदेखि सरकारी कार्यालय पनि बन्द हुने भएकाले मूलघरभन्दा पर रहेकाहरू घर फर्कने भएकाले पनि आजको दिनबाट दशैँको विशेष रमाइलो सुरु हुन्छ । कालरात्रिलाई काली, भगवान् विष्णुको योगनिन्दा पनि भनिन्छ । पौराणिक कथाअनुसार असुरका राजा रक्तबिजको संहार गर्न भगवती दुर्गाले कालरात्रि अवतार धारण गरेकी थिइन् । सप्तमीको बिहानै नित्य कर्मपछि अरू देवीको जसरी नै पूजाआराधना गरिन्छ । शास्त्रानुसार कालरात्रिको स्वरूप कालो र भयभित गर्नेवाला छ । कपाल फिँजिएको छ भने उनका चार हात छन् । विद्युत्को माला लागाएकी यस्ती कालरात्रिको काल पनि डराउने स्वरूप रहेको छ । चार हातमध्ये एक हातमा तरवार, एकमा काटिएको शिर र अर्को हालमा काटिएको शिरबाट चुहिएको रगत थाप्न कचौरा लिएको यस्तो स्वरूप देवी कालरात्रिको रहेको छ । देवीको जति डरलाग्दो स्वरूप छ त्यति नै शुभफल पनि दिने भएकाले कालरात्रिलाई शुभांकरी पनि भनिन्छ । कालरात्रिको उपासनाले मनभित्र र बाहिरका हरेक डरत्रास समाप्त हुने विश्वास गरिन्छ । ज्योतिष शास्त्रमा शनिको प्रकोप हटाउन पनि कालीको उपासना गर्ने विधि रहेको छ । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

दसैँमा ओइरिने प्रश्न: बिहे कहिले ?
ताजा खबरJust now

दसैँमा ओइरिने प्रश्न: बिहे कहिले ?

साँच्चै भन्ने हो भने मलाई आजकल चाडबाड नआइदिए जस्तो हुन्छ । आइदिए पनि आफ्नै घरको चार किल्लाभित्र मात्रै अटाइदिए हुन्थ्यो जस्तो लाग्छ । यो इष्टमित्र आफन्तकोसम्म पुग्नुपर्ने लेठोले मलाई सारै... ...

रातोपाटी
वीरगञ्जका मुख्य सडक विस्तार हुँदै
ताजा खबरJust now

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज । हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार गर्ने भएको छ । पहिलो चरणमा त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको मितेरी पुलदेखि गण्डक चोकसम्मको आठ किलोमिटर सडक विस्तारका गर्न उक्त कार्यालयले बोलपत्र आह्वान गरेको छ । मितेरी पुलदेखि घण्टाघरसम्म र त्यहाँबाट गण्डक चोकसम्मको बाटो स्तरोन्नतिका निम्ति बोलपत्र आह्वान भएको हो । उक्त कार्यालयका इन्जिनियर दुर्गा प्रसादका अनुसार इदगाह चोकदेखि पावर हाउससम्म चार लेन ...

केन्द्रबिन्दु
क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
ताजा खबरJust now

क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं । नेपालले जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको सिरिज अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दैछ । ओमानको अल अमेरात स्टेडियममा हुने यो खेलमा क्यानडाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ । विश्वकप लिग–२ को शिर्ष चारमा परेर विश्वकप छनौटको ग्लोबल क्वालिफायरमा सिधै छनौट हुने सम्भावना सकिए पछि नेपाल अहिले एकदिवसीय मान्यता ...

कर्पोरट खबर
मौलिकता खोज्दै हिँडेको दसैँ
ताजा खबरJust now

मौलिकता खोज्दै हिँडेको दसैँ

समय बदलियो, समाज बदलियो, तर सम्झनामा बसेको दसैँ अझै उस्तै छ । पहिलेको जस्तो मौलिकता बोकेको दसैँ आज कहाँ छ र ? दसैँ आउनु भनेको केवल पात्रोमा रातो अक्षरले लेखिएका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play