आज नेपालले ओमानसँग खेल्दै, शिर्ष ६ मा पुग्न जित्नै पर्ने दबाब

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्डको मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । लिग–२ को अङ्कतालिकामा शीर्ष ६ भित्र रहँदै ओडीआई मान्यता कायम राख्ने लक्ष्यमा रहेको नेपालका लागि आजको खेल महत्त्वपूर्ण छ। क्यानडासँग शनिबार भएको खेलमा पराजित भएपछि नेपाल अङ्कतालिकाको सातौँ स्थानमा झरेको छ । त्यसैले शीर्ष ६ मा पुनः उक्लिन नेपालले ओमानलाई हराउनुपर्नेछ । जारी त्रिदेशीय शृङ्खलामा नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो। नेपालले पहिलो खेलमा क्यानडा र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो । तर, तेस्रो खेलमा क्यानडासँग २४ रनले पराजित भएपछि नेपालको शीर्ष ६ मा पुग्ने यात्रामा दबाब थपिएको हो । क्यानडाले नेपाललाई हराएसँगै ३६ खेलबाट २९ अङ्क जोडेर अङ्कतालिकाको छैटौँ स्थानमा उक्लिएको छ । ३५ खेलबाट २८ अङ्क रहेको नेपाल भने सातौँ स्थानमा पुगेको छ । यस्तो अवस्थामा आज ओमानलाई पराजित गर्न सके नेपालले क्यानडालाई पछि पार्दै छैटौँ स्थानमा उक्लिने अवसर पाउनेछ । विश्वकप लिग–२ को अङ्कतालिकामा शीर्ष ६ स्थानमा रहने टोलीले आफ्नो ओडीआई मान्यता कायम राख्ने भएकाले नेपालका लागि बाँकी खेलका नतिजा निर्णायक हुनेछन् । त्यसैले ओमानविरुद्धको खेल नेपालका लागि अङ्क जोड्ने अवसर मात्र नभई ओडीआई मान्यता जोगाउने अभियानमा महत्त्वपूर्ण प्रतिस्पर्धासमेत बनेको छ । नेपालले यसअघि ओमानलाई पराजित गरिसकेको भए पनि घरेलु मैदानमा खेल्ने टोलीविरुद्ध उक्त प्रदर्शन दोहोर्याउनु चुनौतीपूर्ण हुनेछ । शीर्ष ६ को दौडमा आफ्नो स्थान सुधार्न नेपालले आज जित निकाल्नुपर्नेछ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

बुबाबिनाको दसैं औपचारिकता जस्तै : रेखा थापा
म चार–पाँच वर्षकी थिएँ होला, स्कर्ट लगाएकी थिएँ । लिंगेपिङमा मेरो पालो आउँदा जामा उडेर लाज होला भन्ने डरले कुनामा गएर टोलाएर बसेँ । ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी। सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक साेमबार बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको... ...

बढ्यो सुन र चाँदी दुवैको भाउ
नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको भाउ प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ कायम गरिएको हो। हिजो आइतबार सुनको मूल्य तोलाको २ लाख ८९ हजार ७ सय रुपैयाँ थियो। यस्तै अघिल्लो दिनको तुलनामा चाँदीको भाउ पनि बढेको छ। सुनचाँदी व्यवसा... ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी।सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार निजको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ। ...


