Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

आज तिहारको मुख्य दिन भाइटीका, कति बजे छ उत्तम साइत ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज तिहारको मुख्य दिन भाइटीका, कति बजे छ उत्तम साइत ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडाैं । आज तिहारको मुख्य दिन भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाएर उपहार तथा दक्षिणा दिने चलन छ। दिदीबहिनीको पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय विश्वाससमेत रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार भाइटीकाको टीका आज दिनभर लगाउन सकिने भए पनि शुभ साइत खोज्नेहरूका लागि बिहान ११ बजेर ७ मिनेटको अभिजित् मुहूर्त उत्तम रहेको छ। यस वर्ष टीका लगाइदिने व्यक्ति पूर्व र लगाइमाग्ने व्यक्ति पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। सामान्यतया सप्तरङ्गी टीका लगाउने प्रचलन भए पनि शास्त्रीय मान्यतामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङको टीका उल्लेख गरिएको छ । टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायतका परिकार दिने गर्छन्। दाजुभाइले पनि आफ्नो गच्छेअनुसार दिदीबहिनीलाई कपडा, उपहार र दक्षिणा दिएर सम्मान प्रकट गर्ने परम्परा छ । यसरी धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयतालाई अझ प्रगाढ बनाउँदै पारिवारिक सम्बन्धलाई जीवन्त राख्ने सन्देश दिन्छ। आखिर कसरी सुरु भयो त भाइटीका ? यो पनि जिज्ञासा होला । एउटा पौराणिक कथा छ, मृत्युका राजा यमराज र यमुनाको । यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वी लोकमा बस्थिन्। परापूर्व कालमा यमराज आफ्नी बहिनी यमुनालाई भेट्न आएका थिए। त्यो बेलामा यमपञ्चक परेको थियो। यमपञ्चकभर यमराज यमुनाको घरमा बसे। यसपछि यमराज खुसी भएर वरदान माग भन्दा यमुनाले संसारका सबै दिदीबहिनीले दाजुभाइलाई टीका लगाऊन् भनेर मागिन् । यसैले तिहारमा आफ्ना दाजुभाइ दीर्घजीवी होऊन् भनेर दुवोको पानी र तेलले घेरेर ओखर फोर्दै सप्तरंगी टीका लगाइदिने चलन छ । यही पौराणिक कथनले भाइटीकाको थालनी भएको देखिन्छ । यसबाहेक विभिन्न स्थान विशेषमा भाइटीका कसरी सुरु भयो भन्ने आ-आफ्नै कथा छ । दिदी बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शंखधर साख्वाको परोपकारी भावना आत्मसात गर्दै लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्छ : सुनिता डंगोल
Latest NewsJust now

शंखधर साख्वाको परोपकारी भावना आत्मसात गर्दै लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्छ : सुनिता डंगोल

काठमाडौं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाको परोपकारी भावना आत्मसात गर्दै नागरिक केन्द्रित लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्ने बताएकी छन्। नेपाल संवत् ११४७ को अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले शंखधर साख्वालाई नेपाल संवत्का संस्थापकका रूपमा मात्र नभई समाजप्रतिको उत्तरदायित्व र परोपकारका प्रतीकका रूपमा स्मरण गर्नुपर्ने बताइन्। व्यक्तिगत सम्पत्ति र सुखसुविधा आर्जन गर्नुभन्दा समाजको हित, नागरिकको दुःख निवारण र ...

लुम्बिनी सञ्चार
आधुनिकताले फेरिँदै तिहारको संस्कृति
Latest NewsJust now

आधुनिकताले फेरिँदै तिहारको संस्कृति

डडेल्धुरा । तिहार भन्नेबित्तिकै घरघरमा माटाका दियो बाल्ने, समूहमा देउसीभैलो खेल्ने र मौलिक लोकभाकामा गीत गुञ्जिने दृश्य सम्झनामा आउँछ । तर पछिल्लो समय तिहार मनाउने शैलीमा आएको परिवर्तनसँगै सुदूरपश्चिमको मौलिक देउसीभैलो परम्परा पनि विस्तारै हराउँदै जान थालेको छ । आधुनिक झिलीमिली बत्ती, डिजे र नयाँ मनोरञ्जनका माध्यमप्रति बढ्दो आकर्षण तथा युवाको पलायन र बसाइँसराइले परम्परागत देउसीभैलोको रौनक घट्दै गएको स्थानीयको अनुभव ...

केन्द्रबिन्दु
नेपाल संवत् कुनै एक जात वा भाषा विशेषको मात्रै होइन, सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल
Latest NewsJust now

नेपाल संवत् कुनै एक जात वा भाषा विशेषको मात्रै होइन, सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानसँग जोडिएको सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको बताएका छन्। नेपाल संवत् ११४७ को अवसरमा मंगलबार आयोजित कार्यक्रममा सभामुख अर्यालले नेपाल संवत् कुनै एक जात वा भाषा विशेषमा सीमित नभएको बताए। उनले नेपाल संवत् केवल समय गणना गर्ने पात्रो नभई नेपालको मौलिक इतिहास, सभ्यता र सांस्कृतिक पहिचानको महत्वपूर्ण ...

लुम्बिनी सञ्चार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play