आज कोजाग्रत पूर्णिमा, महालक्ष्मीको पूजाआराधना गरी बडादशैँ समापन

काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैँ आज कोजाग्रत पूर्णिमासँगै विधिवत् रूपमा समापन हुँदैछ। आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिनदेखि सुरु भएको बडादशैँ आश्विन शुक्ल पूर्णिमाका दिन धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजाआराधना गरेर समापन गर्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज साँझ महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बस्ने चलन छ। ‘को जाग्रत’ अर्थात् ‘को जागेको छ?’ भन्ने अर्थ बोकेको यस पर्वमा रातभर जागा रहेर भगवतीको आराधना गर्नेलाई धनधान्य र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ। घटस्थापनाका दिन दशैँघर वा पूजाकोठामा स्थापना गरिएको कलश, जमरा र देवीको प्रतिमालाई आज विधिपूर्वक विसर्जन गरिन्छ। यस दिनसँगै मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने क्रम पनि औपचारिक रूपमा समाप्त हुन्छ। कतिपय समुदायमा कोजाग्रत पूर्णिमाको साँझ कौडा वा पासा खेल्ने प्रचलनसमेत छ। धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार यस दिनदेखि कात्तिक स्नान र आकाशदीप दान गर्ने कार्यको पनि शुभारम्भ हुन्छ। घरको आँगन वा देवालयमा बाँसको अग्लो लिङ्गो ठड्याएर त्यसमा दियो बाल्ने परम्परालाई आकाशदीप दान भनिन्छ। यस्तो दीप पितृहरूको मार्गदर्शन तथा दिवङ्गत आत्माको शान्तिको कामनासहित बाल्ने धार्मिक विश्वास रहेको छ। विजयादशमीको टीका र जमरा ग्रहणसँगै सुरु भएको पारिवारिक भेटघाट तथा उत्सवको उल्लास कोजाग्रत पूर्णिमासँगै अन्त्य हुन्छ। त्यसपछि नेपाली समाज अर्को ठूलो चाड तिहारको तयारीमा जुट्ने गर्छ। कोजाग्रत पूर्णिमाको समापनसँगै बजारमा तिहारलक्षित किनमेल र तयारीको चहलपहल बढ्न थालेको छ। यससँगै नेपालीहरूको चाडपर्वको माहोल अब तिहारमय बन्दै जानेछ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु
काठमाडौं । केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य धेरै जना घाइते भएका छन् । राजधानी नैरोबीलाई तटीय... ...

असोज महिनामा विभिन्न प्रकृतिका १२७ मुद्दा दर्ता
बाँके । जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ मुद्दा दर्ता गरेको छ । सो अवधिमा जघन्य प्रकृतिका १२, गम्भीर प्रकृतिका ४६ र सामान्य प्रकृतिका अपराधका ६९ वटा... ...

क्यानले भन्यो– एनपीएल खेल्ने पाकिस्तानी खेलाडीले एनओसी लिएका छन्
नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आएका पाकिस्तानी खेलाडीले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएको स्पष्ट पारेको छ। एनपीएलको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा क्यान अध्यक्ष चतुर बहादुर चन्द र सचिव पारस खड्काले उक्त जानकारी दिएका हुन्। त्यसैगरी अध्यक्ष चन्दले एसिया कप च्याम्पियन हुने टोलीलाई ३० लाख दिने घोषणा सम... ...

कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
भक्तपुर । बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार भक्तपुरस्थित ऐतिहासिक तथा प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर विधिपूर्वक पूजाअर्चना गर्नुभएको छ। प्रथम महिला सविता पौडेलसहित मन्दिर पुग्नुभएका राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको दर्शन गर्नुका साथै ऐतिहासिक तलेजु मन्दिरबाट ल्याइएको प्रसाद र टीका ग्रहण गर्नुभएको हो। बडादशैँको समापनका दिन कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुखले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर पूजाअर्चना तथा दर्शन गर्ने ऐतिहासिक ...


