Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आज कोजाग्रत पूर्णिमा, दसैँ पर्व समापन हुँदै

आज कोजाग्रत पूर्णिमा, दसैँ पर्व समापन हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज कोजाग्रत पूर्णिमा, दसैँ पर्व समापन हुँदै

काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा मनाइँदैछ । यो दिनसँगै नेपालीको महान् पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म आफन्त र मान्यजनसँग टीका लगाएर दशैं मनाउने गरिन्छ । धेरै जसोले भने दशमीको दिन मात्र टीका लगाउने गर्दछन् । कोजाग्रतको अर्थ जागा रहने भन्ने हो । यस दिन धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने परम्परा छ । धार्मिक विश्वासअनुसार, कोजाग्रत पूर्णिमाको रात देवी लक्ष्मीले पृथ्वीमा भ्रमण गरी जागा रहेका भक्तजनलाई धन, सुख र समृद्धिको आशीर्वाद दिन्छिन् । दसैँमा घटस्थापनादेखि नवदुर्गाको पूजा, विजयादशमीमा मान्यजनबाट टीका र जमरा ग्रहण तथा आशीर्वाद लिने परम्परा रहिआएको छ। कोजाग्रत पूर्णिमासँगै दसैँको टीका लगाउने क्रम पनि समाप्त हुने मान्यता छ । The post आज कोजाग्रत पूर्णिमा, दसैँ पर्व समापन हुँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

२४ घण्टामा काठमाडौँमा ४७० सवारी चालकमाथि कारबाही
ताजा खबरJust now

२४ घण्टामा काठमाडौँमा ४७० सवारी चालकमाथि कारबाही

काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधनका चालक कारबाहीमा परेका हुन्। कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रा... ...

नेपालखबर
म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते
ताजा खबरJust now

म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते

याङगुन।म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। म्यानमाको अग्नि सेवा विभागका अनुसार ब्रेक फेल भएको एक्सप्रेस बस विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएपछि सडकबाट करिब ५० फिट गहिरो खोल्सामा खसेको थियो। विभागका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ः०५ बजे पिन ओ ल्विन–मन्डाले सडक खण्डको ओरालोमा दुर्घटना भएको हो। पिन ...

नेपालन्युज
असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
ताजा खबरJust now

असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

बाढीले केही आयोजना बन्द गराए पनि द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा बजारमार्फत निर्यात कारोबार बढेको हो। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play