काठमाडौं। आज कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समयमा परिवर्तन भएको छ। सरकारको निर्णयअनुसार अब माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्र सञ्चालन हुनेछन्। यसअघि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए। हिउँदको समयमा छिटो अँध्यारो हुने भएकाले कार्यालय समय एक घण्टा घटाइएको हो। नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार साताको ५ दिन कार्यालय समय बिहान ९ देखि ४ बजेसम्म कायम गरिएको छ। यसअघि गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण उक्त निर्णय लिइएको भए पनि सरकारले त्यसलाई निरन्तरता दिँदै आएको छ।
आजदेखि सरकारी कार्यालयको समय एक घण्टा घट्यो

Read Complete Original Article
Published originally on नेपालन्युज






