Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय-खाय’

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय-खाय’
Photo / Coverage: हिमालय टाइम्स

जनकपुरधाम । नेपालीको दोस्रो ठूलो पर्व तिहारलगत्तै सुरु भएको छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । चार दिनसम्म मनाइने पर्वका लागि स्थानीयवासी छठघाट निर्माण, सरसफाइ, सजावट तथा पूजासामग्रीको जोहोमा जुटेका छन् । छठको आगमनसँगै मिथिलाका घरघरमा भक्तिगीत गुञ्जिन थालेका छन् । नदी, पोखरी तथा जलाशयका किनारमा छठघाट निर्माण र सरसफाइ भइरहेको छ भने घर तथा सार्वजनिक स्थलमा बत्ती र सजावटका सामग्री राख्ने क्रम बढेको छ । पर्वका लागि आवश्यक केराका घरी, उखु, अदुवा, बेसार, ज्यामिरलगायत पूजासामग्रीको बिक्री बढेको छ । बाँसबाट निर्मित ढकी, डलिया, कोनियाँ तथा माटाका दियो, गाग्री र अन्य भाँडाको मागसमेत बढेको स्थानीय व्यापारीले बताएका छन् । यस्तै, घरघरमा छठको प्रसादका रूपमा ठकुवा र भुसुवा बनाउने चटारो छ । शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने पर्वमा चामल तथा गहुँको पिठो घरमै तयार गर्ने परम्परा अझै कायम छ । मिथिलामा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ मनाइन्छ । पहिलो दिन नहाय-खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्व सम्पन्न गरिन्छ । सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा समेत लिइने छठमा जातीय तथा सामुदायिक विभेद बिर्सेर सबै समुदायका मानिस एउटै छठघाटमा भेला भई सूर्यदेव र षष्ठीदेवीको पूजा गर्ने परम्परा छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
Latest NewsJust now

बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ । सडकका कुकुरको उद्धार गरी आवास, खानपान र उपचारको व्यवस्था गरिएको होस्टेल नेपालमै नमुना कार्यक्रमका रूपमा विकास हुँदै गएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पाँच महिनादेखि सामुदायिक तथा भुस्याहा कुकुरको व्यवस्थापन गर्दै आएको छ । कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा समस्या ...

केन्द्रबिन्दु
राप्ती तटमा छठ पूजाको तयारी (फोटोफिचर)
Latest NewsJust now

राप्ती तटमा छठ पूजाको तयारी (फोटोफिचर)

अनिल पराजुलीमकवानपुर, कात्तिक २७ गते । बागमती प्रदेशको राजधानी हेटौँडास्थित राप्ती खोलाको तटमा छठ पूजा मनाउन भव्य तयारी भइरहेको छ । तिहारलगत्तै हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्त... ...

गोरखापत्र
सोलुखुम्बुको लुक्लामा पर्यटकको भीड, जहाजको टिकट पाउनै मुस्किल
Latest NewsJust now

सोलुखुम्बुको लुक्लामा पर्यटकको भीड, जहाजको टिकट पाउनै मुस्किल

सोलुखुम्बु । पर्यटकीय याम सुरु भएसँगै सगरमाथा आधार शिविर (एभरेस्ट बेस क्याम्प) जाने पर्यटकको चहलपहल लुक्लामा बढेको छ। विभिन्न देशबाट आएका पर्यटकले तेन्जिङ हिलारी विमानस्थल खचाखच भरिएको छ। काठमाडौं आउजाउ गर्ने हवाई यात्रुको चाप बढ्दा टिकट पाउनसमेत मुस्किल हुन थालेको छ। विमानस्थलमा बिहानैदेखि काठमाडौं जाने र काठमाडौं हुँदै लुक्ला आउने पर्यटकको भीड देखिन्छ। सीमित उडान र यात्रुको अत्यधिक चापका कारण पर्यटकहरू ...

केन्द्रबिन्दु
भीमफेदी दुर्घटना : चक्रघट्टामा शोक बिदा, मृतकका परिवारलाई ५० हजार राहत
Latest NewsJust now

भीमफेदी दुर्घटना : चक्रघट्टामा शोक बिदा, मृतकका परिवारलाई ५० हजार राहत

काठमाडौँ । काठमाडौँबाट सर्लाही जाँदै गरेको यात्रुवाहक विद्युतीय सवारी साधन मकवानपुरको भीमफेदीमा दुर्घटनाग्रस्त भई ठुलो संख्यामा मानवीय क्षति भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले पालिकाभरि आज एक दिन स्थानीय शोक बिदा घोषणा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play