Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आगलागीको सूचना पाएको एक मिनेटभित्र दमकल परिचालन गर्ने काठमाडौं महानगरको तयारी

आगलागीको सूचना पाएको एक मिनेटभित्र दमकल परिचालन गर्ने काठमाडौं महानगरको तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
आगलागीको सूचना पाएको एक मिनेटभित्र दमकल परिचालन गर्ने काठमाडौं महानगरको तयारी

काठमाडाैं । चाडपर्वमा आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरको विशेष तयारीः आगलागीको सूचना आएको एक मिनेटभित्रै दमकल परिचालन गरिने दशैं, तिहारलगायतका चाडपर्वमा हुनसक्ने सम्भावित आगलागी तथा विपद् व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले सुरक्षा व्यवस्था चुस्त बनाएको छ । चाडपर्वका समयमा आगलागीको जोखिम बढ्ने भएकाले काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागअन्तर्गतको वारुण यन्त्र कार्यालयले विपद् व्यवस्थापनका उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखेको जनाएको छ । महानगरका फायर कमाण्डर तथा नगर प्रहरी वरिष्ठ नायव निरीक्षक नरेशराज कुँवरले बारुण यन्त्र कार्यालयले हाल तीनवटा स्थानबाट सेवा सञ्चालन गरिरहेको जानकारी दिनुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले तीन वटै स्थानमा दमकल, विपद् व्यवस्थापनका उपकरण तथा जनशक्तिलाई आवश्यक परेको समयमा तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको बताउनु भयो । कुँवरकाअनुसार आगलागी वा अन्य विपद्को सूचना प्राप्त हुनासाथ प्रतिकार्यका लागि टोली एक मिनेटभित्र कार्यालयबाट परिचालन हुने व्यवस्था मिलाइएको छ । उपत्यकाका विभिन्न स्थानमा हुने आगलागी तथा विपद्का घटनामा पाँच मिनेटभित्र पुग्ने लक्ष्यसहित तयारी रहेको उहाँले बताउनु भयो । उहाँले आगलागी भएको स्थान र महानगरपालिकाका दमकल स्टेसनबीचको दूरीका आधारमा घटनास्थलमा पुग्ने समय फरक पर्नसक्ने भएपनि विपद्को सूचना प्राप्त भएपछि तत्काल परिचालन हुने गरी जनशक्ति तथा उपकरण तयारी अवस्थामा राखिएको दोहोर्‍याउनु भयो । उहाँले चाडपर्वका समयमा घर, पसल तथा सार्वजनिक स्थानमा विद्युतीय बत्ती, दियो, ग्यासलगायतका सामग्रीको प्रयोग बढ्ने भएकाले आगलागीको जोखिम पनि बढ्ने बताउनु भयो । विशेषगरी दशैंमा ग्यासका कारण आगलागी हुने सम्भावना बढी रहने र तिहारमा विद्युतीय उपकरण तथा बत्तीको प्रयोगका कारण आगलागी हुन सक्ने जोखिम बढ्ने समेत बताउनु भयो । उहाँले दशैंको समयमा खाना पकाउन ग्यासको प्रयोग बढी हुने भएकाले ग्यास चुहावट तथा त्यसबाट हुन सक्ने आगलागीप्रति पनि सचेत रहन सबेमा आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘दशैं, तिहारलगायतका चाडपर्वहरूमा नागरिकको सुरक्षालाई उच्च प्राथमिकता दिनको लागि हामीले सोहीअनुसारको ड्युटी व्यवस्थापन गरेका छौँ । काठमाडौँ महानगरपालिका विपद् व्यवस्थापन विभागअन्तर्गत रहेको वारुण यन्त्र कार्यालय हाल हामीले तीनवटा स्थानबाट सञ्चालन गरेका छौँ । आवश्यक परेको खण्डमा तीनै वटा स्थानमा विपद् व्यवस्थापनको जनशक्ति र बारुण यन्त्र उपकरणहरूलाई तयारी अवस्थामा रहेका छौँ । हामी अत्यावश्यक परेको खण्डमा विपद् व्यवस्थापनका लागि ६, ७ वटा दमकल र त्यसलाई चाहिने जनशक्ति समेत तयारी अवस्थामा राखेका छौँ । हाम्रा तीन वटा स्टेसनभन्दा आगलागी भएको घटस्थालको दुरीअनुसार हामी पुग्छौँ । यद्यपि हामीले आगलागी भएको घटना प्राप्त हुनेबित्तिकै अथवा अन्य विपद्का घटना हुनेबित्तिकै प्रतिकार्यको लागि हामी १ मिनेटभित्र त कार्यालयबाट कार्यालयबाट निस्किसकेका हुन्छौँ । उपत्यकाका जुनसुकै ठाउँमा त्यस्तो घटेको भएपनि पाँच मिनेटभित्र पुग्नेगरी हामीले तयारी गरेका छौँ । दशैं, तिहारमा हामीले बढीभन्दा बढी इलेक्ट्रोनिक इक्युपमेन्ट्सहरू, बत्तीहरू, दियोहरू प्रयोग गरेका हुन्छौँ । त्यसले गर्दाखेरि विशेष गरेर दशैंमा चाहिँ तपाईँको ग्यासमा लागेको आगलागीको सम्भावना बढी हुन्छ र तिहारमा विद्युतीय वस्तुहरूमा आगो लाग्ने सम्भावना बढी हुन्छ । त्यसकारण महानगरपालिकाले विभिन्न ठाउँमा समुदायस्तरमा गएर आगलागी हुन नदिनलाई कस्ता कस्ता सुरक्षात्मक उपायहरू अपनाउनुपर्छ भनेर जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरीसकेका छौँ । तिहारमा बत्तीहरू प्रयोग गर्दा इलेक्ट्रोनिक इक्युपमेन्ट्सहरू प्रयोग गर्दाखेरि सुरक्षित तरिकाले गर्नको लागि सुझाव दिन चाहान्छु । हाल हामीले २१ जना अग्निनियन्त्रकहरू नियुक्त गरेका छौँ । जनशक्तिको कुनै कमी छैन ।’ विद्युतीय उपकरण असुरक्षित रूपमा प्रयोग गर्दा आगलागी हुनसक्ने भएकाले बत्ती जडान तथा सञ्चालन गर्दा सुरक्षित विधि अपनाउन समेत सबैमा आग्रह गर्नुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

छुमसुरको पहिरो हटेपछि खाँदबारी–किमाथांका सडकमा एकतर्फी यातायात सञ्चालन
ताजा खबरJust now

छुमसुरको पहिरो हटेपछि खाँदबारी–किमाथांका सडकमा एकतर्फी यातायात सञ्चालन

नेपाली सेनाले आइतबार साँझ ब्लाष्टिङ गरेर पहिरो हटाएसँगै लामो समयदेखि अवरुद्ध सडकमा सवारीसाधन सञ्चालन भएको हो । ...

कान्तिपुर
बूढीगण्डकीले बगाएको आरुघाट पुलमा जोडियो बेलिब्रिज
ताजा खबरJust now

बूढीगण्डकीले बगाएको आरुघाट पुलमा जोडियो बेलिब्रिज

काठमाडौं । बूढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलको टुटेको भागमा बेलिब्रिज जडान गरिएको छ । बेलिब्रिज निर्माणको काम सम्पन्न भएसँगै यातायात सेवा पुन: सञ्चालन गर्ने तयारी गरिएको छ । बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको थियो । यातायात सेवा तत्काल सञ्चालनमा ल्याउने उद्देश्यले नेपाली सेना र गोरखा सडक योजनाको ...

कर्पोरट खबर
एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने
ताजा खबरJust now

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने

• नेपाल टेलिकमले एनटी फाइबर सेवाअन्तर्गत नयाँ इन्टरनेट प्याकेजमा ग्राहकको चासो बढेको छ र १९८ नम्बरको क्षमता वृद्धि गरेको छ। • ग्राहकले अनलाइनमा पनि एनटी फाइबर जडानको लागि अनुरोध गर्न सक्ने व्यवस्था गरिएको छ। • एनटी फाइबरले रु चार हजार ९९९ मा ३० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराएको छ, जसले तुलनात्मक रूपमा कम शुल्कमा सेवा चाहने ग्राहकलाई आकर्षित गरेको ...

नेपालबहस
त्रिवि क्रिकेट मैदानमा कात्तिक ८ गतेसम्म भिडियो छायाङ्कन र ड्रोन उडाउन रोक
ताजा खबरJust now

त्रिवि क्रिकेट मैदानमा कात्तिक ८ गतेसम्म भिडियो छायाङ्कन र ड्रोन उडाउन रोक

काठमाडौँ। त्रिवि क्रिकेट मैदानमा अन्तिम तयारीका काम गर्नुपर्ने भएकाले आगामी आइतबार, कात्तिक ८ गतेसम्म भिडियो छायाङ्कन, युट्युब सामग्री निर्माण र ड्रोन उडाउन रोक लगाइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play