Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

आकाश क्यापिटलको आठौँ वार्षिक साधारण सभा सम्पन्न, अब कामना सेवा क्यापिटल हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
आकाश क्यापिटलको आठौँ वार्षिक साधारण सभा सम्पन्न, अब कामना सेवा क्यापिटल हुने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर अधिग्रहण गरी आफ्नो सहायक कम्पनीका रूपमा कायम गरेसँगै कम्पनीको संस्थागत संरचना र व्यावसायिक यात्रामा नयाँ चरण सुरु भएको छ । यसै सन्दर्भमा कम्पनीको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकद्वारा संस्थापक शेयर अधिग्रहण सम्पन्न भएपछि आयोजित यो पहिलो वार्षिक साधारण सभा हो । समान्य प्रस्ताव तर्फ सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक वित्तीय विवरणहरू पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णय समेत पारित गरेको छ । यसैगरी, कामना सेवा विकास बैंकको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक समितिमा नियुक्त हुनुभएका कमर्चारीहरूको नियुक्तिलाई सभाले अनुमोदन गरेको छ । विशेष प्रस्ताव तर्फ सभाले कम्पनीको पुँजी वृद्धि, नाम परिवर्तन, संस्थागत सुदृढीकरण तथा व्यवसायको कार्यक्षेत्र विस्तारसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ । यसबाट कम्पनीको पुँजीगत आधार थप सुदृढ हुनेछ । साथै, आगामी व्यावसायिक विस्तार तथा नयाँ लगानीका अवसर उपयोग गर्न सहज हुने अपेक्षा गरिएको छ । यसैगरी, कम्पनीको नयाँ स्वामित्व संरचना र संस्थागत पहिचानलाई प्रतिबिम्बित गर्ने उद्देश्यले संस्थाको हालको नाम ‘आकाश क्यापिटल लिमिटेड’ बाट परिवर्तन गरी ‘कामना सेवा क्यापिटल लिमिटेड’ कायम गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि कम्पनी नयाँ नामबाट सञ्चालनमा आउनेछ । कामना सेवा विकास बैंक लिमिटेडको सहायक कम्पनीका रूपमा अघि बढिरहेको कामना सेवा क्यापिटल लिमिटेडले आगामी दिनमा मर्चेन्ट बैंकिङ तथा पुँजी बजारसम्बन्धी वित्तीय सेवाहरूको दायरा विस्तार गर्ने लक्ष्य लिएको छ । पारित प्रस्तावहरूको कार्यान्वयनसँगै कम्पनीको संस्थागत क्षमता अभिवृद्धि तथा व्यावसायिक विविधीकरणमा थप टेवा पुग्ने विश्वास गरिएको छ । साथै, कम्पनीले नेपालको पुँजी बजारको विकासमा योगदान र्पुयाउँदै लगानीकर्तालाई विविध वित्तीय सेवा तथा लगानीका अवसर उपलब्ध गराउने लक्ष्य राखेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राशिद खानको घातक बलिङ, पाकिस्तान ‘ए’ १६८ रनमै अलआउट
Latest NewsJust now

राशिद खानको घातक बलिङ, पाकिस्तान ‘ए’ १६८ रनमै अलआउट

काठमाडौँ । कतारमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालका स्पिनर राशिद खानले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि पाकिस्तान ‘ए’ १६८ रनमै समेटिएको छ । टस जितेर पहिले ब्याटिङ... ...

रातोपाटी
उग्रतारा मेलामा रैथाने उपजको बजार
Latest NewsJust now

उग्रतारा मेलामा रैथाने उपजको बजार

पहाडी तथा हिमाली क्षेत्रका विभिन्न गाउँबाट आफ्नै उत्पादन बोकेर आएका किसान र साना व्यापारीका कारण मेला स्थानीय उत्पादनको बजारसमेत बनेको छ । ...

कान्तिपुर
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा घोषित भारतीय सहयोगप्रति निक्कीको स्वागत
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा घोषित भारतीय सहयोगप्रति निक्कीको स्वागत

भारतले नेपाललाई विकास सहायता, पारवहन, ऊर्जा, शिक्षा, सूचना तथा सञ्चार प्रविधि र पूर्वाधारका क्षेत्रमा सहयोग गर्ने घोषणा गरेको छ । ...

कान्तिपुर
कांग्रेस केन्द्रीय समिति बैठकका पाँच कार्यसूची
Latest NewsJust now

कांग्रेस केन्द्रीय समिति बैठकका पाँच कार्यसूची

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि पाँच वटा कार्यसूची पेश गरिएका छन्। मंगलबार सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले कार्यसूची पेश गरेका हुन्। केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिएको कार्यसूचीमा संगठनको आगामी कार्यभार (हामी तयार छौँ अभियान), भोटेकोसी र बूढीगण्डकी विपद् पछिको पुनःस्थापना र पुनर्निर्माण, विस्थापित ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement