Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

आईपीएलका १० टोलीले गरे खेलाडी रिलिज

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईपीएलका १० टोलीले गरे खेलाडी रिलिज
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को मिनी अक्सनअघि विभिन्न फ्रेन्चाइज टोलीले खेलाडी रिलिज गरेका छन् । खेलाडी रिलिज गरेसँगै टोलीहरूले आगामी अक्सनका लागि आफ्नो बजेटसमेत खाली गरेका छन् । कोलकाता नाइट राइडर्सले अजिंक्य रहाणे, आकाश दीप, ब्लेसिङ मुजाराबानी, दक्ष कामरा, लुविनिथ सिसोडिया, एम. पाथिराना, मुस्ताफिजुर रहमान, नवदीप सैनी, रचिन रविन्द्र, राहुल त्रिपाठी, तेजस्वी सिंह र उमरान मलिकलाई रिलिज गरेको छ । रोयल च्यालेन्जर्स बेंगलुरुले ज्याकब बेथेल, रिचर्ड ग्लिसन, मंगेश यादव, सात्विक देसवाल र विहान मल्होत्रालाई रिलिज गरेको छ । यसबाट टोलीको १० करोड रुपैयाँ बजेट खाली भएको छ । गुजरात टाइटन्सले इशान्त शर्मा, लुक वुड, कुलवन्त खेजरोलिया, शाहरुख खान र कोनर इस्टरहुइजेनलाई रिलिज गरेको छ । मुम्बई इन्डियन्सले ट्रेन्ट बोल्ट, दीपक चाहर, एएम गजनफर, अथर्व अंकोलेकर, केशव महाराज, मोहम्मद इजार, दानिश मालवेर, मयंक मार्कण्डे र मयंक रावतलाई रिलिज गरेको छ । यसबाट टोलीको २८.८ करोड रुपैयाँ बजेट खाली भएको छ । चेन्नई सुपर किंग्सले म्याथ्यु सर्ट, म्याट हेनरी, ज्याक फोक्स, प्रशान्त वीर, अमन खान, कुलदीप यादव, आकाश मधवाल, डियान फोरेस्टर, म्याकनिल नोरोन्हा र महेन्द्रसिंह धोनीलाई रिलिज गरेको सूचीमा राखेको छ । यसबाट २४.५ करोड रुपैयाँ बजेट खाली भएको छ । धोनीले आइपिएल नखेल्ने घोषणा गरेका छन् र उनलाई चेन्नईको मेन्टर नियुक्त गरिएको छ । राजस्थान रोयल्सले एडम मिल्ने, क्वेना माफाका, तुषार देशपाण्डे, कुलदीप सेन, युधवीर सिंह, विघ्नेश पुथुर, रवि सिंह, शिमरन हेटमायर र नान्द्रे बर्गरलाई रिलिज गरेको छ । राजस्थानले २३.७५ करोड बजेट खाली गरेको छ । सनराइजर्स हैदराबादले ट्राभिस हेड, कामिन्दु मेन्डिस, जयदेव उनादकट, दिलशान मदुशंका, ओंकार तर्माले, अमित कुमार, शिवम मावी, जेराल्ड कोएट्जी र डेभिड पेनलाई रिलिज गरेको छ। यसबाट टोलीको २१.३५ करोड रुपैयाँ बजेट खाली भएको छ । पञ्जाब किंग्सले लोकी फर्गुसन, मिचेल ओवेन, नेहल वढेरा, पायला अविनाश, प्रवीण दुबे र विशाल निषादलाई रिलिज गरेको छ। यसबाट १०.१ करोड रुपैयाँ बजेट खाली भएको छ । लखनउ सुपर जायन्ट्सले एम. ब्रीट्जके, एनरिक नोर्किया, जर्ज लिन्डे, वानिन्दु हसरंगा, नमन तिवारी र अर्शिन कुलकर्णीलाई रिलिज गरेको छ। यसबाट ७.०५ करोड रुपैयाँ बजेट खाली भएको छ। टोलीले जम्मु–कश्मीरका ब्याटर अब्दुल समदलाई भने निरन्तरता दिएको छ । दिल्ली क्यापिटल्सले नितिश राणा, अभिषेक पोरेल, पाथुम निसंका, बेन डकेट, करुण नायर, साहिल पारख, दुश्मन्था चमीरा, रेहान अहमद, मिचेल स्टार्क र अजय मण्डललाई रिलिज गरेको छ। यसबाट टोलीको २७ करोड रुपैयाँ बजेट खाली भएको छ । आगामी मिनी अक्सन डिसेम्बर १६ मा गोवामा गर्ने तयारी छ । The post आईपीएलका १० टोलीले गरे खेलाडी रिलिज appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
Latest NewsJust now

करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राज्यको राजस्व वृद्धि सम्भव नहुने बताएका छन् । उनले उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गरी करको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार आन्तरिक राजस्व कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री थापामगरले कर प्रणालीलाई न्यायपूर्ण, […] ...

काठमाण्डुपाटी
पारस खड्का क्यूजे मोटर नेपालको ब्रान्ड एम्बेसडर नियुक्त
Latest NewsJust now

पारस खड्का क्यूजे मोटर नेपालको ब्रान्ड एम्बेसडर नियुक्त

क्यूजे मोटर सन् १९५५ मा गिली ग्रुपअन्तर्गत स्थापित ब्रान्ड हो। कम्पनीले इन्जिनियरिङ, नवीनता र गुणस्तरीय उत्पादनका लागि अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाएको जनाएको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play