Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

आईडी र पासवर्डहरू समावेश भएको ३ अर्ब ५० करोड रेकर्डहरू लीक, तपाईंको खाता पनि पर्यो कि?

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईडी र पासवर्डहरू समावेश भएको ३ अर्ब ५० करोड रेकर्डहरू लीक, तपाईंको खाता पनि पर्यो कि?
Photo / Coverage: टेक्नोलोजी खबर

विश्वभरका इन्टरनेट प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारीलाई लिएर एउटा गम्भीर चिन्ताको विषय देखा परेको छ। असुरक्षित रहेका दुई छुट्टाछुट्टै डाटाबेसहरूमा ३.५ अर्बभन्दा बढी रेकर्डहरू अनलाइनमा खुला अवस्थामा फेला परेका छन्। यी रेकर्डहरूमा प्रयोगकर्ताका नाम (युजरनेम), पासवर्ड, इमेल ठेगाना, फोन नम्बर, सरकारी परिचय पत्र नम्बर र अन्य संवेदनशील कागजातहरू समावेश छन्। साइबर सुरक्षा अनुसन्धानकर्ताहरूले यी डाटाबेसहरू फेला पारेका हुन्। यस जानकारीको प्रयोग गरेर अनलाइन खाताहरू कब्जा गर्ने, व्यक्तिको पहिचान चोरी गर्ने वा ठगी गर्ने कार्य हुन सक्ने चिन्ता व्यक्त गरिएको छ। ‘वायर्ड’ को एक समाचार रिपोर्टअनुसार, पहिलो डाटाबेस ‘ब्ल्याक हिल्स इन्फर्मेसन सेक्युरिटी’ का अनुसन्धानकर्ता जेरेमिया फाउलरले फेला पारेका हुन्। यसमा करिब २ अर्ब लगइन रेकर्डहरू थिए, जसमा इमेल ठेगाना, प्रयोगकर्ताका नाम, पासवर्ड, कुकीज, सेसन टोकन र डिभाइससम्बन्धी जानकारी समावेश थिए। यो डाटा ८,४७१ ओटा फोल्डरहरूमा राखिएको थियो, जसमध्ये केही फोल्डरहरूमा देशको नाम समेत उल्लेख गरिएको थियो। अनुसन्धानकर्ताले लाखौं इमेल खाताहरूसँग सम्बन्धित जानकारीका साथै १० करोडभन्दा बढी सामाजिक सञ्जाल र ई-कमर्स खाताहरूसँग जोडिएको विवरण फेला पारे। यो डाटाको ठूलो हिस्सा “इन्फो-स्टिलर” मालवेयरको प्रयोग गरेर चोरी गरिएको हुन सक्ने अनुमान गरिएको छ। यो एक प्रकारको हानिकारक सफ्टवेयर हो, जसले संक्रमित डिभाइसबाट सुरक्षित गरिएका पासवर्डहरू र अन्य व्यक्तिगत जानकारीहरू चोर्न सक्छ। उक्त डाटाबेसमा करिब ४ लाख डकुमेन्टहरू पनि थिए, जसमा व्यक्तिहरूको डिजिटल गतिविधिहरूबारे विस्तृत जानकारी हुन सक्छ। यसमा ब्राउजर, एप्लिकेसन र अपरेटिङ सिस्टमसँग सम्बन्धित विवरणहरू समेत समावेश हुन सक्छन्। अनुसन्धानकर्ताले होस्टिङ कम्पनीलाई जानकारी गराएपछि, केही दिनभित्रै उक्त डाटाबेसमा सर्वसाधारणको पहुँच बन्द गरियो। दोस्रो डाटाबेस साइबर सुरक्षा कम्पनी ‘अपगार्ड’ का अनुसन्धान निर्देशक ग्रेग पोलकले फेला पारेका हुन्। यसमा करिब १.६४ अर्ब डकुमेन्टहरू थिए, जसमध्ये अधिकांश चीनमा रहेका व्यक्ति र व्यवसायहरूसँग सम्बन्धित थिए। यसमा कम्तीमा ८४ करोड राष्ट्रिय परिचय पत्र नम्बर, ३० करोड फोन नम्बर, करिब १ करोड १० लाख विद्यार्थीका विवरण र करिब ८० लाख व्यावसायिक दर्ता सम्बन्धी जानकारी समावेश थिए। यो डाटाबेस इन्टरनेटमा कुनै पनि प्रमाणीकरण बिना नै उपलब्ध थियो। अनुसन्धानकर्ताहरूले यसको मालिक को हो भनेर पत्ता लगाउन सकेनन्। अनुसन्धानकै क्रममा यसमाथिको पहुँच बन्द गरियो। यद्यपि, यो घटना हुनुभन्दा अगाडि कसैले यो डाटा डाउनलोड गरिसकेको थियो वा थिएन भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। अनुसन्धानकर्ताहरूका अनुसार, ती दुई डाटाबेसहरूमा कुल ३.५ अर्बभन्दा बढी रेकर्डहरू छन्; तर, यसको अर्थ ३.५ अर्ब फरक-फरक व्यक्तिहरू प्रभावित भएका छन् भन्ने होइन। एउटै व्यक्तिका धेरै खाताहरू हुन सक्छन् र उही जानकारी धेरै पटक रेकर्ड गरिएको हुन सक्छ। The post आईडी र पासवर्डहरू समावेश भएको ३ अर्ब ५० करोड रेकर्डहरू लीक, तपाईंको खाता पनि पर्यो कि? appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गुणस्तरीय सेवा दिएर मात्र नाफा कमाउनुस्, गुणस्तरमा कमजोरी स्वीकार्य हुँदैन: सञ्चारमन्त्री तिमिल्सिना
TechnologyJust now

गुणस्तरीय सेवा दिएर मात्र नाफा कमाउनुस्, गुणस्तरमा कमजोरी स्वीकार्य हुँदैन: सञ्चारमन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै पनि सम्झौता स्वीकार्य नहुने स्पष्ट पार्दै सेवा प्रदायकलाई उपभोक्ताप्रति जिम्मेवार र नियामक निकायलाई आफ्नो अधिकार प्रयोग गरी जवाफदेही बनाउन निर्देशन दिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले आज आयोजना गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक सेवा प्रदायक तथा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उनले दूरसञ्चार सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएकाले यसको गुणस्तर ...

टेक्नोलोजी खबर
विद्यालय शिक्षामा आमूल परिवर्तनको तयारी : एआई, डिजिटल प्रविधि र सीपमूलक सिकाइमा जोड
TechnologyJust now

विद्यालय शिक्षामा आमूल परिवर्तनको तयारी : एआई, डिजिटल प्रविधि र सीपमूलक सिकाइमा जोड

काठमाडौं । विद्यालय तहको शिक्षालाई समयसापेक्ष, व्यावहारिक र जीवनोपयोगी बनाउने उद्देश्यसहित सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको प्रक्रिया अघि बढाएको छ । प्रस्तावित सुधारमा कृत्रिम बौद्धिकता (एआई), सूचना प्रविधि, सीपमा आधारित शिक्षा, स्वास्थ्य, खेलकुद र नैतिक शिक्षालाई विशेष प्राथमिकता दिने तयारी गरिएको छ ।‘विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ पुनरावलोकनका क्रममा विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक सीप र जीवनमा ...

आइसिटी समाचार
एआई क्रान्तिको आर्थिक लाभ लिँदै दक्षिण कोरिया, निर्यातमा ऐतिहासिक उपलब्धि
TechnologyJust now

एआई क्रान्तिको आर्थिक लाभ लिँदै दक्षिण कोरिया, निर्यातमा ऐतिहासिक उपलब्धि

काठमाडौं । विश्व बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विस्तारसँगै सेमीकन्डक्टरको माग तीव्र बनेपछि दक्षिण कोरियाको अर्थतन्त्रले गति लिएको छ । चिप्स निर्यातमा भएको उल्लेख्य वृद्धिले आर्थिक गतिविधि बलियो बनेसँगै दक्षिण कोरियाको केन्द्रीय बैंकले आर्थिक वृद्धिको प्रक्षेपण बढाएको छ । यद्यपि, मुद्रास्फीतिको दबाब कायम रहेपछि बैंकले ब्याजदरसमेत बढाएको छ ।दक्षिण कोरियाको केन्द्रीय बैंकले बिहीबार प्रमुख ब्याजदर २५ आधार बिन्दुले बढाएर ३.२५ ...

आइसिटी समाचार
स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी
TechnologyJust now

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

१० मंसिर, काठमाडौं। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिहरूसँग थप छलफल भएको छ। यसअघि पनि मन्त्री मेहताको […] The post स्वास्थ्य बीमा ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement