काठमाडौं, कात्तिक १९ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने सरकारको निर्णयको औचित्य सरकारले नै पुष्टि गर्नुपर्ने बताउनुभएको छ । चितवन पुग्नुभएका लामिछानेले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै सरकारले काम गर्न आवश्यक ठानेर चाल्ने कदमको औचित्य पुष्टि गर्ने जिम्मेवारी पनि सरकारकै भएको बताउनुभयो । आईजीपी परिवर्तन प्रकरणमा पार्टी र सरकारको धारणा बाझिएको हो कि भन्ने पत्रकारको प्रश्नमा लामिछानेले पार्टीले सरकारलाई आईजीपी, डीआईजी, प्रहरी निरीक्षक वा प्रमुख जिल्ला अधिकारी परिवर्तन गर्न नभन्ने स्पष्ट पार्नुभयो । उहाँले सरकारका निर्णयमाथि प्रश्न उठाउने, आवश्यक स्पष्टता माग्ने र सरकारको कामकारबाहीको निगरानी गर्ने जिम्मेवारी पार्टीको भएको बताउनुभयो । सरकारले बुधबार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरेपछि उक्त निर्णय राजनीतिक तथा प्रशासनिक वृत्तमा चर्चामा छ । सरकारको निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत पुग्नुभएको छ ।
आईजीपी परिवर्तनबारे सरकारले औचित्य पुष्टि गर्नुपर्छ : रवि लामिछाने

Read Complete Original Article
Published originally on जनताटाइम्स






