Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

आईएमई ग्रुपको ‘ग्रुप भाइस प्रेसिडेन्ट’ पदमा जगदीश खड्का नियुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईएमई ग्रुपको ‘ग्रुप भाइस प्रेसिडेन्ट’ पदमा जगदीश खड्का नियुक्त
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुपको ‘ग्रुप भाइस प्रेसिडेन्ट’ पदमा नियुक्त गरेको छ । भाइस प्रेसिडेन्ट खड्काले आईएमई समूहका विभिन्न व्यवसायहरूबीच रणनीतिक सहकार्यको नेतृत्व गर्नेछन् । समूहका कम्पनीहरूबीचको विशेषज्ञता, प्रविधि, बजार पहुँच र वितरण सञ्जाललाई जोडेर प्रत्येक व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने र समग्र समूहको दीर्घकालीन ब्रान्ड भ्यालु बढाउने खड्काको प्रमुख जिम्मेवारी हुनेछ । यसअन्तर्गत नयाँ सेवा र साझेदारी विकास गर्न, ग्राहक अनुभव सुधार गर्न र नेपालको डिजिटल अर्थतन्त्रमा समूहको योगदान विस्तारको कार्य प्राथमिकतामा रहने छ । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खड्कासँग १५ वर्षभन्दा बढीको कार्य अनुभव छ । ईसेवाको प्रमुख कार्यकारी अधिकृत रहिसकेका खड्कासँग विभिन्न डिजिटल वित्तीय सेवा व्यवसायको जिम्मेवारीमा रहेर काम गरेको अनुभव समेत छ । आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले नवनियुक्त ‘ग्रुप भाइस प्रेसिडेन्ट’ खड्कालाई स्वागत गर्दै आईएमई समूहका हरेक कम्पनीलाई अझ बलियो बनाउने र डिजिटल रूपान्तरणलाई विस्तार तथा सुदृढ गर्दै नयाँ अवसर सिर्जना गर्न सक्नेमा विश्वस्त रहेको बताए । नवनियुक्त ‘ग्रुप भाइस प्रेसिडेन्ट’ खड्काले आईएमई ग्रुपका प्राथमिकता र सरोकारवालाहरूसँगको सहकार्यमा नतिजा निकाल्न आफ्नो ध्यान केन्द्रित रहने बताए । नेपालको अग्रणी व्यावसायिक समूहको रुपमा रहेको आईएमई ग्रुपले रेमिट्यान्स, बैंकिङ तथा बीमा, डिजिटल वित्तीय सेवा, पर्यटन तथा आतिथ्यता, केबलकार, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, खेलकुद, उत्पादन तथा व्यापारलगायतका विविध क्षेत्रमा लगानी र व्यवसाय विस्तार गर्दै आएको छ । The post आईएमई ग्रुपको ‘ग्रुप भाइस प्रेसिडेन्ट’ पदमा जगदीश खड्का नियुक्त appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एसिया–प्रशान्त आर्थिक सहकार्यमा चीन वकालतकर्ता, प्रवर्द्धन र अग्रणी: सी
Latest NewsJust now

एसिया–प्रशान्त आर्थिक सहकार्यमा चीन वकालतकर्ता, प्रवर्द्धन र अग्रणी: सी

सेन्जेन (चीन), मङ्सिर ३ गते । चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) मा चीन वकालतकर्ता, प्रवर्द्धक र अग्रणीको भूमिकामा रहेको बताउनुभएको छ ।दक्षिण चीनको... ...

गोरखापत्र
अनुमतिपत्र ‘रिनु’ नगर्ने २० र बक्यौता नतिर्ने ९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिने अल्टिमेटम
Latest NewsJust now

अनुमतिपत्र ‘रिनु’ नगर्ने २० र बक्यौता नतिर्ने ९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिने अल्टिमेटम

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो समयदेखि बक्यौता रकम नतिरेका नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ। प्राधिकरणले तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेमा र बक्यौता रकम नबुझाएमा अनुमतिपत्र खारेजी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ। प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित... ...

नेपालखबर
विश्वका प्रदूषित सहरमध्ये काठमाण्डु तेस्रो स्थानमा (तस्बिरहरु)
Latest NewsJust now

विश्वका प्रदूषित सहरमध्ये काठमाण्डु तेस्रो स्थानमा (तस्बिरहरु)

काठमाण्डु– विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाण्डु तेस्रो स्थानमा परेको छ। वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाण्डु विश्वकै तेस्रो प्रदूषित सहर बनेको हो। आईक्यूएयरको बिहान ८ः४५ देखि ९ः४५ बजेसम्मको प्रत्यक्ष तथ्यांकअनुसार काठमाण्डुको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८३ पुगेको छ। यो स्तरलाई अस्वस्थकर मानिन्छ। उक्त सूचीको पहिलो स्थानमा […] ...

काठमाण्डुपाटी
एसिया–प्रशान्त आर्थिक सहकार्यमा चीन अग्रणी भूमिकामा छ  :  राष्ट्रपति  सी
Latest NewsJust now

एसिया–प्रशान्त आर्थिक सहकार्यमा चीन अग्रणी भूमिकामा छ : राष्ट्रपति सी

सेन्जेन । चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) मा चीन वकालतकर्ता, प्रवर्द्धक र अग्रणीको भूमिकामा रहेको बताएका छन् । दक्षिण चीनको गुआङडोङ प्रान्तस्थित सेन्जेनमा बिहीबार आयोजित एपेकका ३३औँ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play