Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

आइसिसीद्वारा विश्वकप छनोटको नयाँ ढाँचा सार्वजनिक, सुपर सिक्स चरण हटाइयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
आइसिसीद्वारा विश्वकप छनोटको नयाँ ढाँचा सार्वजनिक, सुपर सिक्स चरण हटाइयो
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२७ मा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्रतियोगिताको खेल संरचनामा परिवर्तन गरेको छ । आइसिसीले यसअघिका संस्करणमा प्रचलनमा रहेको सुपर सिक्स चरण हटाउँदै नयाँ प्रतिस्पर्धात्मक ढाँचा सार्वजनिक गरेको हो । नयाँ व्यवस्थाअनुसार आगामी वर्ष फेब्रुअरी-मार्चमा हुने छनोट प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूह चरणका खेलपछि प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलका विजेताबीच उपाधिका लागि फाइनल खेल हुनेछ । यसअघि समूह चरणपछि सुपर सिक्स चरण सञ्चालन हुँदै आएको थियो । पुरानो संरचनाअनुसार प्रतियोगितामा कुल ३४ खेल हुने गरेकामा नयाँ ढाँचामा खेल संख्या घटाएर २३ मा सीमित गरिएको छ । आइसिसीले इण्डोनेसियाको बालीमा सम्पन्न बैठकपछि प्रतियोगिताको नयाँ संरचना सार्वजनिक गरेको हो । छनोट प्रतियोगिताका लागि हालसम्म वेष्ट इण्डिज, आयरल्याण्ड, अमेरिका, नेदरल्याण्ड्स, स्कटल्याण्ड र ओमानले स्थान पक्का गरिसकेका छन् । बाँकी चार टोलीको टुंगो नेपालमा आयोजना हुने छनोट प्लेअफ प्रतियोगिताबाट लाग्नेछ । नयाँ छनोट संरचनाअनुसार प्रतियोगिताको विजेता टोलीले १४ टोली सहभागी हुने सन् २०२७ को एकदिवसीय विश्वकपमा सिधा स्थान बनाउनेछ । दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले भने विश्वकप प्रवेशका लागि सुपर सिरिजको पहिलो चरण खेल्नुपर्नेछ । यसैबीच, आइसिसीले सन् २०२८ मा आयोजना हुने पुरुष तथा महिला टी-२० विश्वकपको छनोट प्रक्रिया पनि सार्वजनिक गरेको छ । पुरुषतर्फ १६ टोलीबीच प्रतिस्पर्धा हुने र त्यसमध्ये आठ टोलीले विश्वकपमा स्थान बनाउनेछन् । महिलातर्फ भने १० टोलीले विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् । बाँकी दुई स्थानका लागि १० टोलीबीच विश्वव्यापी छनोट प्रतियोगिता सञ्चालन गरिने आइसिसीले जनाएको छ । आइसिसीको नयाँ निर्णयले विश्वकप छनोट प्रतियोगितालाई छोटो, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ । साथै, नेपालमा आयोजना हुने प्लेअफ प्रतियोगिता पनि सन् २०२७ को विश्वकप यात्राका लागि महत्त्वपूर्ण बन्ने देखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
Latest NewsJust now

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

बाँके । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगन्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । उपमहानगरपालिकाले ठुलो लगानी... ...

रातोपाटी
पुरानाकै बाटोमा
Latest NewsJust now

पुरानाकै बाटोमा

सत्तारुढ दलका सांसदहरू यतिबेला विश्वका विभिन्न मुलुकको भ्रमणमा रहनुभएको छ । भ्रमणका उद्देश्य फरक-फरक होलान् र उहाँहरू फरक-फरक मुलुकको भ्रमण गरिरहनु भएको छ तर यसले नयाँहरू पनि पुरानै सरकार र दलहरूको पदचाप पछ्याउँदै अगाडि बढिरहनु भएको छ भन्ने पुष्टि गर्छ । सत्ता परिवर्तन भएर ३५ वर्षदेखिका निरन्तर पालोफेरोमा दोहोरिने तीन दलहरूभन्दा भिन्न लक्ष्य, उद्देश्य र मार्ग तयार गर्ने प्रतिबद्धताकासाथ आएको ...

हिमालय टाइम्स
बक्स अफिसमा फराकिलो दूरी, नयाँ चलचित्रलाई दर्शकको खडेरी
Latest NewsJust now

बक्स अफिसमा फराकिलो दूरी, नयाँ चलचित्रलाई दर्शकको खडेरी

काठमाडौं । बडादशैँ र तिहारको अवसर पारेर प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये केहीले बक्स अफिसमा उत्साहजनक सुरुवात गरे पनि अधिकांशको व्यापार अपेक्षानुसार हुनसकेको छैन । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरणानुसार प्रदर्शनरत नेपाली चलचित्रको कमाइमा ठूलो अन्तर देखिएको छ । एकातिर ‘कबड्डी ५-आफ्टर द फाइनल म्याच’ बक्स अफिसमा अग्रस्थानमा रहँदा अर्कोतिर नयाँ चलचित्र ‘पाँच पाण्डव’को व्यापार ४३ लाख रुपैयाँमा ...

हिमालय टाइम्स
घट्यो अमेरिकन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य
Latest NewsJust now

घट्यो अमेरिकन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य

नेपाल राष्ट्र बैंकले आज मंसिर १ गते मंगलरबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकन डलर, युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङलगायत सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हेर्नुहोस् सूची ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play