आइएचएफ नेसन्स वुमेन्स ट्रफी शुरुः नेपाल बंगालादेशसँग पराजित

काठमाडौं । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघको आयोजनामा आइतबारबाट बंगालादेशको राजधानी ढाकामा जोन २ अन्तर्गत आइएचएफ नेसन्स वुमेन्स ट्रफी २०२६ शुरु भएको छ । ढाकास्थित नेशनल ह्याण्डबल स्टेडियममा प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल महिला राष्ट्रिय ह्याण्डबल टोली आयोजक बंगालादेशसँग ३३–२० गोल अन्तरले पराजित भएको छ । अन्तर्राष्ट्रिय ह्याण्डबल ऐरिनामा नेपाली महिला राष्ट्रिय टोली लामो अन्तराल पछि उत्रिएको हो । खेल पछि कुरा गर्दै नेपाली टोलीका प्रशिक्षक शुसिल अधिकारीले नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि म्याच एक्सपिरियन्स नहुँदा पराजित हुन पुगेको बताए । उनले भने,‘हामी लामो समय पछि मैदानमा उत्रिएका छौँ । आज पहिलो खेल थियो । हाम्रो म्याच एक्सपिरियन्स पनि छैन । तर हामीले उत्कृष्ट खेल प्रदर्शन गरेका छौँ । नेपाली राष्ट्रिय टोलीले भोली मालदिभ्ससँग खेल्ने छ । कार्तिक ६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित चार देशको सहभागिता रहेको छ । यस अघि एक भव्य कार्यक्रमबा बीच सो प्रतियोगिताको बंगालादेशका युवा तथा खेलकुद राज्य मन्त्री अमिनुल हकले उद्घाटन गरेका थिए । उनले सो अवसरमा यो प्रतियोगिताले दक्षिण एशियाली राष्ट्रहरुका बीचको सम्वन्ध प्रगाढ बनाउन सहयोग पुग्ने बताए । The post आइएचएफ नेसन्स वुमेन्स ट्रफी शुरुः नेपाल बंगालादेशसँग पराजित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
मुस्ताङ । यसपालिको दसैँको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएको छ । कृषि तथा पशु विकास कार्यालयका अनुसार यस वर्ष उक्त मूल्य बराबरका... ...
_fam6WtIhIE.jpg)
१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– १. कोशीका अर्बौँका गेमचेन्जर आयोजना कोशी प्रदेशका ‘गेमचेन्जर’ आयोजनामध्ये केही निर्माणको अन्तिम चरणमा... ...

बाढीमा बेपत्ता भएकाहरूको विवरण बुझाउन आग्रह
पर्सा । परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण सङ्कलन तथा प्रमाणीकरणका लागि सम्बन्धित परिवारलाई निवेदन पेस गर्न आग्रह गरेको छ । बाढीमा बेपत्ता... ...

दसैंको अर्थशास्त्र
दसैंमा भरिभराउ हुने घर–आँगन र चहलपहल हुने बस्तीको ठाउँमा सुनसान घर र रित्तिँदा गोठ देखिनु ग्रामीण अर्थतन्त्रको क्षयको प्रतीक बनेको छ। ...


