Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा
Photo / Coverage: केन्द्रबिन्दु

क्यानबेरा । अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार सार्वजनिक सरकारी तथ्यांकअनुसार सन् २०२६ को अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.९ प्रतिशत पुगेको हो। यो सन् २०२१ को अक्टोबरयताकै उच्च बेरोजगारी दर हो । अस्ट्रेलियाली तथ्यांक विभाग (एबीएस) का अनुसार सेप्टेम्बरमा ४.७ प्रतिशत रहेको बेरोजगारी दर अक्टोबरमा बढेर ४.९ प्रतिशत पुगेको हो । अर्थशास्त्रीहरूले बेरोजगारी दर ४.७ प्रतिशतमै स्थिर रहने अनुमान गरेका थिए । तर सार्वजनिक तथ्यांकले उनीहरूको अनुमानभन्दा फरक अवस्था देखाएको छ । तथ्यांक विभागका अनुसार सेप्टेम्बरदेखि अक्टोबरसम्मको अवधिमा रोजगारीमा रहेका अस्ट्रेलियाली नागरिकको संख्या ४३ हजार ५०० ले घटेको छ । यसै अवधिमा बेरोजगार व्यक्तिको संख्या भने १७ हजार ८०० ले बढेको छ । अस्ट्रेलियन एसोसिएटेड प्रेसका अनुसार अर्थशास्त्रीहरूले अक्टोबरमा अर्थतन्त्रमा २० हजार नयाँ रोजगारी थपिने अपेक्षा गरेका थिए । यसअघि सेप्टेम्बरमा रोजगारीमा रहेका व्यक्तिको संख्या ३९ हजार ३०० ले घटेको थियो । यसैबीच, अस्ट्रेलियाको केन्द्रीय बैंक (रिजर्भ बैंक अफ अस्ट्रेलिया) ले नोभेम्बरको सुरुतिर सार्वजनिक गरेको प्रक्षेपणमा बेरोजगारी दर क्रमशः बढ्ने अनुमान गरेको थियो । बैंकका अनुसार सन् २०२६ को जुनमा ४.४ प्रतिशत रहेको बेरोजगारी दर डिसेम्बरसम्म ४.७ प्रतिशत पुग्ने र सन् २०२८ को मध्यतिर पाँच प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको थियो । अस्ट्रेलियाली तथ्यांक विभागका श्रम तथ्यांक प्रमुख शन क्रिकले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १५ देखि २४ वर्ष उमेर समूहका युवामा पनि बेरोजगारी बढेको छ। उक्त उमेर समूहको बेरोजगारी दर सेप्टेम्बरको ११.१ प्रतिशतबाट बढेर अक्टोबरमा ११.३ प्रतिशत पुगेको छ। यो पनि पाँच वर्षयताकै उच्च दर हो । त्यस्तै, अक्टोबरमा रोजगारीमा रहेको जनसंख्याको अनुपात ०.३ प्रतिशत विन्दुले घटेर ६३.३ प्रतिशतमा झरेको छ । यो सन् २०२१ को डिसेम्बरयताकै न्यून स्तर हो ।श्रमशक्ति सहभागिता दर पनि ०.२ प्रतिशत विन्दुले घटेर ६६.६ प्रतिशतमा पुगेको तथ्यांक विभागले जनाएको छ । यस दरले काम गर्ने उमेरका जनसंख्यामध्ये कति व्यक्ति रोजगारीमा छन् वा रोजगारी खोजिरहेका छन् भन्ने देखाउँछ । यसैगरी, अक्टोबरमा अस्ट्रेलियाली नागरिकले काम गरेको कुल समय अघिल्लो महिनाको तुलनामा ०.२ प्रतिशतले घटेको छ । लगातार दुई महिनासम्म रोजगारीमा रहेका व्यक्तिको संख्या घट्नु, बेरोजगारी दर बढ्नु तथा श्रमशक्ति सहभागिता दरमा कमी आउनुले अस्ट्रेलियाको श्रम बजारमा आएको परिवर्तनलाई संकेत गरेको छ । विशेषगरी युवा उमेर समूहमा बेरोजगारी बढ्नु रोजगार बजारका लागि चुनौतीका रूपमा देखिएको छ । -सिन्ह्वा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा
Latest NewsJust now

सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा

काठमाडौं। चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को लगातार तेस्रो सिजन फाइनलमा प्रवेश गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो क्वालिफायरमा चितवनलाई हराउँदै सुदूरपश्चिमले फाइनलमा स्थान सुरक्षित गरेको हो । अब उपाधिका लागि सुदूरपश्चिमले शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । यसअघि दोस्रो संस्करणको फाइनलमा पनि यी दुई टोली आमनेसामने भएका थिए । उक्त ...

नेपालन्युज
एनपीएल-३ दोस्रो क्वालिफायर : थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा
Latest NewsJust now

एनपीएल-३ दोस्रो क्वालिफायर : थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा चितवनले प्रस्तुत गरेको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर १ बल बाँकी छँदै पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा श्रीलंकाली खेलाडी थरिन्दु रत्नायके मुख्य ...

विश्वखबर
दूधको मूल्य बढाउन सरोकारवाला एकमत
Latest NewsJust now

दूधको मूल्य बढाउन सरोकारवाला एकमत

छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरूले उत्पादन तथा प्रशोधन लागतका आधारमा वैज्ञानिक ढङ्गले मूल्य वृद्धि गर्नुपर्ने निष्कर्ष निकालेका हुन्। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play