Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

असिना पानीले धानबालीमा क्षति

Share:WhatsAppFacebookX (Twitter)Telegram
असिना पानीले धानबालीमा क्षति
Photo / Coverage: नेपालन्युज

भोजपुर।भोजपुरका विभिन्न ठाउँमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ। धान भित्र्याउने समयमा एक्कासी असिना पानी परेपछि किसान समस्यामा परेका हुन्। जिल्लाका विभिन्न स्थानमा परेको असिना पानीले धानबालीमा क्षति पुगेको छ। भोजपुर नगरपालिका–५ का स्थानीय किसान धनबहादुर थापाले असिना पानीले धानमा क्षति पुगेको बताए। “हिजो एक्कासी असिना पानी पर्‍यो,” उनले भने, “पुनः दोहोरिने चिन्ता हामीमा बढेको छ। यही असिना पानी आएमा धानबालीमा ठूलो क्षति पुग्ने अवस्था छ।” उनका अनुसार कतिपय किसानको धान काट्न बाँकी छ भने कतिपयले काटेर खेतमै सुकाइरहेका छन्। धान पाकेर खेतमा पहेंलपुर भएको अवस्थामा मौसममा आएको परिवर्तनले किसानलाई थप चिन्तित बनाएको छ। असिना पानी दोहोरिएमा पाकेको धान झर्ने, ढल्ने तथा काटेर सुकाइएको धानमा समेत क्षति पुग्ने जोखिम रहेको किसानको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विराटनगरविरुद्ध पोखरा ब्याटिङमा, पोखरामा २ र विराटनगरमा ३ खेलाडी परिवर्तन
Latest NewsJust now

विराटनगरविरुद्ध पोखरा ब्याटिङमा, पोखरामा २ र विराटनगरमा ३ खेलाडी परिवर्तन

प्ले अफ समीकरणमा पुग्ने झिनो आशालाई जीवितै राख्न विराटनगर र पोखरा दुवैलाई यो खेल जित्नैपर्ने दबाब रहेको छ । ...

कान्तिपुर
चार दशकपछि चोरी गरिएका सन्तानले भेटे आमालाई
Latest NewsJust now

चार दशकपछि चोरी गरिएका सन्तानले भेटे आमालाई

सान्टियागो । चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकाका परिवारलाई सुम्पिएका दुई दाजुभाइले ४१ वर्षपछि आफ्नी जैविक आमासँग पुनर्मिलन गरेका छन् । लामो समयदेखि सन्तान वियोगको पीडा भोगिरहेकी ६६ वर्षीया टेरेसिटा डे जेसस पादिलाले अन्ततः छोराहरूलाई अँगालो हाल्न पाएकी हुन् । एकचालिस वर्षीय टिम रोलनिक र ३७ वर्षीय ट्राभिस मर्डोक अमेरिकामा हुर्किएका थिए । आफूहरूलाई अर्को परिवारले ...

केन्द्रबिन्दु
एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा
Latest NewsJust now

एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको खेलमा विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । पोखराका कप्तान चामिका करुणारत्नेले टस जितेर विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेका हुन् । ...

कान्तिपुर
भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा
Latest NewsJust now

भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको गाडी भीमफेदी नजिक चिसापानीगढीमा दुर्घटना हुँदा १० जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शोक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play