Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

असिनासहितको भारी वर्षाले त्रिभुवन विमानस्थल अस्तव्यस्त, धावनमार्गदेखि टर्मिनल भवनसम्म जलमग्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
असिनासहितको भारी वर्षाले त्रिभुवन विमानस्थल अस्तव्यस्त, धावनमार्गदेखि टर्मिनल भवनसम्म जलमग्न
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । बुधबार दिउँसो काठमाडौंमा अचानक परेको असिनासहितको भारी वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ। बाक्लो असिना परेर धावनमार्ग र ट्याक्सी वे ढाकिएपछि दिउँसो करिब २ बजेदेखि विमानस्थलको उडान सञ्चालन अस्थायी रूपमा रोकिएको हो। असिना र वर्षाका कारण विमानस्थलमा अवतरण गर्नुपर्ने कम्तीमा आठवटा विमान आकाशमै होल्डमा परेका छन्। तीमध्ये चारवटा अन्तर्राष्ट्रिय र चारवटा आन्तरिक उडानका विमान रहेको विमानस्थलले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सञ्जय कुमारका अनुसार बाक्लो असिनाले धावनमार्ग ढाकेपछि सुरक्षित उडान तथा अवतरणका लागि विमानस्थलको सञ्चालन रोक्नुपरेको हो। धावनमार्गमा जमेको असिना हटाउन विमानस्थलको उद्धार तथा अग्निनियन्त्रण सेवा (आरएफएफ) का दमकल परिचालन गरिएको छ। असिना हटाउने छुट्टै उपकरण नभएकाले दमकलको सहायतामा धावनमार्ग सफा गर्ने काम भइरहेको उनले जानकारी दिए। प्रतिकूल मौसमका कारण राजविराज उड्ने तयारीमा रहेको बुद्ध एयरको विमान र बैंकक प्रस्थान गर्न लागेको थाई एयरको विमानसमेत पार्किङ क्षेत्रमा फर्किएका छन्। असिनासहितको वर्षाले विमानस्थलको आन्तरिक टर्मिनल भवनभित्र समेत पानी पसेको छ। आन्तरिक टर्मिनलको चेक इन काउन्टरबाट भित्र जाने क्षेत्रमा पानी जमेर भुइँ जलमग्न भएको छ। यसका कारण विभिन्न गन्तव्यका लागि उडानको प्रतीक्षामा रहेका यात्रुलाई आवतजावत गर्नसमेत समस्या भएको छ। त्यस्तै, सुरक्षा जाँच हुने क्षेत्रको छतमा जडान गरिएका प्यानल लाइटबाट समेत पानी चुहिएको विमानस्थलका अधिकारीहरूले बताएका छन्। विमानस्थल सञ्चालक नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीका अनुसार कमसल छानाबाट पानी चुहिएर टर्मिनल भवनभित्र समस्या भएको हो। जमेको पानी हटाएर यात्रुको आवतजावत सहज बनाउने काम भइरहेको उनले बताए। त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनमा गत वर्षको बर्खायाममा पनि यसैगरी पानी पसेर जलमग्न भएको थियो। अचानक आएको असिना र भारी वर्षाले विमानस्थलको उडान व्यवस्थापनदेखि यात्रुको आवतजावतसम्म प्रभावित भएको छ। विमानस्थल प्रशासनले धावनमार्ग सफा गरी सुरक्षित उडान तथा अवतरणको वातावरण बनाउन काम गरिरहेको जनाएको छ। नियमित उडान कहिलेदेखि सुचारु हुन्छ भन्नेबारे भने स्पष्ट भइसकेको छैन।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सर्वाधिक विकेट हरमितको नाममा, प्रतिस्पर्धामा को-को?
Latest NewsJust now

सर्वाधिक विकेट हरमितको नाममा, प्रतिस्पर्धामा को-को?

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा अहिलेसम्म सबैभन्दा विकेट हरमित सिंहले लिएका छन्।  जनकपुर बोल्ट्सबाट खेलिरहेका सिंहले ६ खेलमा ११ विकेट लिएका छन्। यसका लागि उनले १३७ रन खर्चिएका छन्। उनको इकोनमी ५.८२ रहेको छ।  उनलाई चितवन राइनोजका रिजन ढकालले पछ्याइरहेका छन्। ढकालले चार खेलमा १० विकेट लिएका छन्। उनको इकोनमी ६.७५ रहेको छ।  ... ...

नेपालखबर
सर्वोच्च सगरमाथाको काखमा रहेको गाउँ भयो हिउँले सेताम्य
Latest NewsJust now

सर्वोच्च सगरमाथाको काखमा रहेको गाउँ भयो हिउँले सेताम्य

चाँदनी हमाल काठमाडौ, कात्तिक २५ गते । यो हो सर्वोच्च शिखर सगरमाथा आधारशिविर छेउको सुन्दर गोरेछाप गाउँ । सगरमाथा नजिकको अन्तिम गाउँ हो गोरेछाप । पाँच हजार मिटरमाथि पनि जीवन चल्छ भन्... ...

गोरखापत्र
पोखराको भाइटीका महोत्सवमा १७ देशका ५१ विदेशी पर्यटकले लगाए भाइटीका
Latest NewsJust now

पोखराको भाइटीका महोत्सवमा १७ देशका ५१ विदेशी पर्यटकले लगाए भाइटीका

नेपाली संस्कृति र परम्परासँग विदेशी पर्यटकलाई जोड्ने उद्देश्यले आयोजित महोत्सवमा रेन्वो चिल्ड्रेन होम्सका बालिकाले पर्यटकलाई भाइटीका लगाइदिएका थिए । सेलरोटी र देउसी–भैलोसहित महोत्सव मनाइएको थियो । ...

कान्तिपुर
चेलीबेटीसँग टीका लगाउँदै डा. सुनील शर्मा, देशभरका दिदीबहिनीलाई तिहारको शुभकामना
Latest NewsJust now

चेलीबेटीसँग टीका लगाउँदै डा. सुनील शर्मा, देशभरका दिदीबहिनीलाई तिहारको शुभकामना

विराटनगर । नेपाली कांग्रेसका नेता तथा जीपी कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्माले तिहारको अवसरमा आफ्ना चेलीबेटीहरूसँग भाइटीका लगाउँदै खुसी साटासाट गरेका छन्। उनले विराटनगरस्थित आफ्नै निवाससँगै मोरङको लेटाङस्थित फडानीमा पनि चेलीबेटीहरूसँग टीका लगाएका छन्। डा. शर्माले बिहान ११ः०७ बजे विराटनगरस्थित निवासमा टीका लगाउँदै देशभरका सम्पूर्ण दिदीबहिनी तथा चेलीबेटीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन्। उनले भाइटीका ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play