Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

चेलीबेटीसँग टीका लगाउँदै डा. सुनील शर्मा, देशभरका दिदीबहिनीलाई तिहारको शुभकामना

Share:WhatsAppFacebookX (Twitter)Telegram
चेलीबेटीसँग टीका लगाउँदै डा. सुनील शर्मा, देशभरका दिदीबहिनीलाई तिहारको शुभकामना
Photo / Coverage: केन्द्रबिन्दु

विराटनगर । नेपाली कांग्रेसका नेता तथा जीपी कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्माले तिहारको अवसरमा आफ्ना चेलीबेटीहरूसँग भाइटीका लगाउँदै खुसी साटासाट गरेका छन्। उनले विराटनगरस्थित आफ्नै निवाससँगै मोरङको लेटाङस्थित फडानीमा पनि चेलीबेटीहरूसँग टीका लगाएका छन्। डा. शर्माले बिहान ११ः०७ बजे विराटनगरस्थित निवासमा टीका लगाउँदै देशभरका सम्पूर्ण दिदीबहिनी तथा चेलीबेटीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन्। उनले भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको प्रतीक भएको उल्लेख गर्दै यस पर्वले पारिवारिक सम्बन्धसँगै सामाजिक सद्भाव र एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। तिहार उज्यालो, उमंग र आत्मीयताको पर्व भएकाले यसले परिवार र समाजमा प्रेम, सद्भाव तथा सहयोगको भावना थप प्रगाढ बनाउने सन्देश दिने शर्माको भनाइ छ। राजनीतिसँगै सामाजिक सेवामा सक्रिय शर्मा आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न निरन्तर पहल गर्दै आएका छन्। उनको पहलमा विभिन्न जिल्लाका विपन्न तथा असहाय नागरिकले काठमाडौं मेडिकल कलेजलगायत स्वास्थ्य संस्थामा उपचार सहुलियत र निःशुल्क उपचारको सुविधा पाउँदै आएका छन्। तिहारको उज्यालोले सबैको जीवनमा खुसी र उमंग ल्याओस्, कुनै पनि दिदीबहिनीले अभाव र पीडा भोग्न नपरोस् तथा समाजमा प्रेम, सहयोग र मानवीयताको भावना अझ विस्तार होस् भन्ने कामनासहित उनले सम्पूर्ण नेपालीमा तिहारको शुभकामना व्यक्त गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बालगृहका बालबालिकाको सामूहिक भाइटीका
Latest NewsJust now

बालगृहका बालबालिकाको सामूहिक भाइटीका

म्याग्दी – यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएर भाइटीका मनाएका हुन् । बालबालिकालाई तिहारमा एक्लोपन महसूस हुन नदिन सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको नेपाल बाल संगठन म्याग्दीका सभापति […] ...

काठमाण्डुपाटी
भारत–पाकिस्तान सम्बन्ध नसुध्रिएसम्म सार्क सक्रिय हुन कठिन : शम्भुराम सिम्खडा
Latest NewsJust now

भारत–पाकिस्तान सम्बन्ध नसुध्रिएसम्म सार्क सक्रिय हुन कठिन : शम्भुराम सिम्खडा

भारत र पाकिस्तानबीचको समझदारीबिना सार्कलाई सक्रिय बनाउन कठिन हुने र सदस्य राष्ट्रका नेताहरूले क्षेत्रीय सहयोगको अवधारणालाई आत्मसात् गर्नुपर्ने पूर्वराजदूत डा. शम्भुराम सिम्खडाको भनाइ छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play