Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

अवैध फूलमाला भित्र्याउने प्रयास, ३९ लाख ७८ हजारको बरामद

Share:WhatsAppFacebookX (Twitter)Telegram
अवैध फूलमाला भित्र्याउने प्रयास, ३९ लाख ७८ हजारको बरामद
Photo / Coverage: केन्द्रबिन्दु

झापा । सशस्त्र प्रहरी बलले झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट रु ३९ लाख ७८ हजार ७०० मूल्य बराबरका अवैध भारतीय फूलमाला बरामद गरेको छ । काँकडभिट्टा, भद्रपुर र केचनालगायत भारतसँग सीमा जोडिएका क्षेत्रबाट नेपालतर्फ अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती तथा चेकजाँच टोलीले दुई दिनमा उक्त फूलमाला नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण भद्रपुरका गणपति सचिन कर्माचार्यले जानकारी दिए । उनका अनुसार आज रु १४ लाख १५ हजार ३०० र सोमबार रु २५ लाख ६३ हजार ४०० मूल्य बराबरका फूलमाला बरामद गरिएको हो । जिल्ला प्रशासन कार्यालय झापाले भारतबाट फूलमाला आयातमा रोक लगाउँदै यस वर्षको पर्वमा स्वदेशी फूल प्रयोग गर्न आग्रह गर्दै आएको छ । प्रशासनले अवैध रूपमा भित्र्याइएका फूलमाला नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको थियो । बरामद गरिएका फूलमाला जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, प्लान्ट क्वारेन्टिन, जनप्रतिनिधि तथा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको उपस्थितिमा नष्ट गरिएको जनाइएको छ । जुवा खेल्ने २२ जना पक्राउ यसैबीच, झापामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले दुई स्थानमा छापा मारेर २२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दमक नगरपालिका–१० स्थित स्वास्थ्यचौकी नजिकैको गोठमा जुवा खेलिरहेको अवस्थामा आज बिहान १० जनालाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट १५ थान कौडा, नौ थान मोबाइल र रु ८९ हजार ७१० नगद बरामद गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी, कमल गाउँपालिका–५ स्थित गीता भट्टराईको घरमा हारजित हुने गरी तास खेलिरहेको अवस्थामा घरधनी भट्टराईसहित १२ जनालाई पक्राउ गरिएको बुढाथोकीले जानकारी दिए । उनीहरूको साथबाट पाँच बुङ तास र नौ थान मोबाइल बरामद भएको छ । पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शंखधर साख्वाको परोपकारी भावना आत्मसात गर्दै लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्छ : सुनिता डंगोल
Latest NewsJust now

शंखधर साख्वाको परोपकारी भावना आत्मसात गर्दै लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्छ : सुनिता डंगोल

काठमाडौं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाको परोपकारी भावना आत्मसात गर्दै नागरिक केन्द्रित लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्ने बताएकी छन्। नेपाल संवत् ११४७ को अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले शंखधर साख्वालाई नेपाल संवत्का संस्थापकका रूपमा मात्र नभई समाजप्रतिको उत्तरदायित्व र परोपकारका प्रतीकका रूपमा स्मरण गर्नुपर्ने बताइन्। व्यक्तिगत सम्पत्ति र सुखसुविधा आर्जन गर्नुभन्दा समाजको हित, नागरिकको दुःख निवारण र ...

लुम्बिनी सञ्चार
आधुनिकताले फेरिँदै तिहारको संस्कृति
Latest NewsJust now

आधुनिकताले फेरिँदै तिहारको संस्कृति

डडेल्धुरा । तिहार भन्नेबित्तिकै घरघरमा माटाका दियो बाल्ने, समूहमा देउसीभैलो खेल्ने र मौलिक लोकभाकामा गीत गुञ्जिने दृश्य सम्झनामा आउँछ । तर पछिल्लो समय तिहार मनाउने शैलीमा आएको परिवर्तनसँगै सुदूरपश्चिमको मौलिक देउसीभैलो परम्परा पनि विस्तारै हराउँदै जान थालेको छ । आधुनिक झिलीमिली बत्ती, डिजे र नयाँ मनोरञ्जनका माध्यमप्रति बढ्दो आकर्षण तथा युवाको पलायन र बसाइँसराइले परम्परागत देउसीभैलोको रौनक घट्दै गएको स्थानीयको अनुभव ...

केन्द्रबिन्दु
नेपाल संवत् कुनै एक जात वा भाषा विशेषको मात्रै होइन, सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल
Latest NewsJust now

नेपाल संवत् कुनै एक जात वा भाषा विशेषको मात्रै होइन, सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानसँग जोडिएको सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको बताएका छन्। नेपाल संवत् ११४७ को अवसरमा मंगलबार आयोजित कार्यक्रममा सभामुख अर्यालले नेपाल संवत् कुनै एक जात वा भाषा विशेषमा सीमित नभएको बताए। उनले नेपाल संवत् केवल समय गणना गर्ने पात्रो नभई नेपालको मौलिक इतिहास, सभ्यता र सांस्कृतिक पहिचानको महत्वपूर्ण ...

लुम्बिनी सञ्चार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play