Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

अल्टिच्युड एयरको १० वर्षे यात्रामा नयाँ उपलब्धि, थपियो अत्याधुनिक एयरबस एच–१२५ हेलिकोप्टर

Share:WhatsAppFacebookX (Twitter)Telegram
अल्टिच्युड एयरको १० वर्षे यात्रामा नयाँ उपलब्धि, थपियो अत्याधुनिक एयरबस एच–१२५ हेलिकोप्टर
Photo / Coverage: पर्दाफास

नेपालको हवाई सेवा तथा साहसिक पर्यटन क्षेत्रमा सक्रिय अल्टिच्युड एयरले आफ्नो स्थापनाको १० वर्ष पूरा गरेको अवसरमा कम्पनीको हेलिकोप्टर बेडामा नयाँ अत्याधुनिक हेलिकोप्टर थप गरेको छ । कम्पनीले नयाँ एयरबस एच–१२५ बी३ई प्लस ९ल्–ब्इथ्) हेलिकोप्टर भित्र्याएको हो । उक्त हेलिकोप्टर सन् २०२७ को मार्च महिनाको सुरुवातदेखि नेपालमा व्यावसायिक उडानमा सञ्चालन हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । नयाँ हेलिकोप्टर थपिएसँगै नेपालको हवाई सेवा, पर्वतीय पर्यटन तथा उद्धार कार्यमा कम्पनीको क्षमता अझ विस्तार हुने विश्वास गरिएको छ । उक्त हेलिकोप्टरले साहसिक पर्यटन तथा व्यावसायिक उडान, हिमाली दृश्यावलोकन, धार्मिक तीर्थयात्रा, आपत्कालीन उद्धार तथा हेलिकोप्टर रेस्क्युमा महत्वपूर्ण भूमिका खेल्नेछ । त्यसैगरी, कठिन भौगोलिक क्षेत्रमा लामो डोरी (लङलाइन) प्रयोग गरी गरिने उद्धार, स्थानीयस्तरमा आवश्यक सामग्री ढुवानी, जलविद्युत् आयोजनाका लागि निर्माण सामग्री, भारी उपकरण तथा औजार ओसारपसारमा समेत नयाँ हेलिकोप्टर उपयोगी हुने कम्पनीको भनाइ छ । विभिन्न प्रकृतिका उडान तथा चुनौतीपूर्ण कार्य सञ्चालन गर्न आवश्यक उपकरण र क्षमतासहितको उक्त हेलिकोप्टरले नेपालको दुर्गम तथा हिमाली क्षेत्रमा हवाई सेवाको पहुँच र प्रभावकारिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । कम्पनीको १० वर्षे यात्रालाई महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै अल्टिच्युड एयरले सञ्चालक समितिका सदस्य, व्यवस्थापन समूह तथा यात्राका विभिन्न चरणमा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । कम्पनीले सञ्चालक समिति र व्यवस्थापन टोलीको प्रतिबद्धता, समर्पण र निरन्तर मेहनतका कारण नयाँ एयरबस हेलिकोप्टरसहित आफ्नो सेवा तथा उडान क्षमता विस्तार गर्न सफल भएको जनाएको छ । अल्टिच्युड एयरले सुरक्षालाई मूलमन्त्र र विश्वसनीयतालाई प्रतिबद्धता बनाउँदै आगामी दिनमा अझ गुणस्तरीय, सुरक्षित र प्रभावकारी हवाई सेवा प्रदान गर्ने लक्ष्यसमेत अघि सारेको छ । ‘सेफ्टी इज आवर मोट्टो, रिलायबिलिटी इज आवर कमिटमेन्ट’ अर्थात् सुरक्षा हाम्रो मूलमन्त्र र विश्वसनीयता हाम्रो प्रतिबद्धता भन्ने नारासहित कम्पनीले नेपालको आकाशमा सुरक्षित उडान र पर्यटन प्रवद्र्धनमा निरन्तर योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ । मार्च १५ देखि व्यावसायिक उडान गर्ने तयारी अल्टिच्युड एयरका बोर्ड डाइरेक्टर तथा फाइनान्स डाइरेक्टर जीवन घिमिरेका अनुसार कम्पनीले नयाँ हेलिकोप्टर फ्रान्समा हस्तान्तरण प्रक्रिया पूरा गरेको छ । उक्त हेलिकोप्टर करिब साढे दुईदेखि तीन महिनाभित्र नेपाल आइपुग्ने अपेक्षा गरिएको छ । हेलिकोप्टर पानीजहाजमार्फत भारतको कोलकाता ल्याइने र त्यहाँबाट सडकमार्ग हुँदै नेपाल भित्र्याइने घिमिरेले जानकारी दिए । नेपाल ल्याएपछि आवश्यक जडान तथा प्राविधिक प्रक्रिया पूरा गरी आगामी मार्च १५ तारिखदेखि व्यावसायिक उडान सञ्चालन गर्ने कम्पनीको तयारी छ । घिमिरेका अनुसार नयाँ हेलिकोप्टर यसअघिका संस्करणभन्दा पछिल्लो तथा अत्याधुनिक प्रविधियुक्त छ । यसमा डिजिटल ड्यासबोर्ड, इनबिल्ट गार्मिन प्रणाली तथा उडानका क्रममा भूभागको अवस्थाबारे जानकारी लिन सकिने सुविधा रहेको छ । यस हेलिकोप्टरको अर्को विशेषता स्लिङ फ्लाइट तथा लङलाइन उद्धारमा प्रयोग गर्न सकिने प्रविधि हो । हेलिकोप्टरबाट सामान ओसारपसार गर्दा तलको अवस्था हेर्न मिल्ने भर्टिकल विन्डो राखिएको छ । त्यस्तै, हाइड्रोलिक प्रणालीमार्फत बटन थिचेर सामान बोक्ने डोरी छुटाउन सकिने सुविधा पनि रहेको घिमिरेले बताए । नयाँ प्रविधिले विशेषगरी हिमाली तथा दुर्गम क्षेत्रमा उद्धार, सामान ढुवानी र कठिन भौगोलिक क्षेत्रमा गरिने हवाई सेवामा सहजता ल्याउने कम्पनीको अपेक्षा छ । कम्पनीले हाल दुईवटा हेलिकोप्टर सञ्चालन गरिरहेको छ । तेस्रो हेलिकोप्टर थपिएसँगै पर्यटन प्रवद्र्धन, पर्वतीय दृश्यावलोकन, साहसिक पर्यटन तथा आपत्कालीन उद्धार सेवामा आफ्नो क्षमता विस्तार हुने अल्टिच्युड एयरको विश्वास छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बक्स अफिसमा कमजोर देखियो ‘हिमालयन गोल्ड’ र ‘जलाकी’
OthersJust now

बक्स अफिसमा कमजोर देखियो ‘हिमालयन गोल्ड’ र ‘जलाकी’

गत शुक्रबारदेखि नेपालमा प्रदर्शन भएको दुई फिल्म ‘हिमालयन गोल्ड’ र ‘जलाकी’ ले घरेलुबजारमा दर्शक आकर्षित गर्न सकिरहेको छैन । सुरुआती व्यापार दुवै फिल्मको कमजोर देखिएको छ । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको फिल्म ‘जलाकी’लाई विषयगत रुपमा राम्रो भनिएता पनि दर्शकले हेर्न जाँगर देखाएका छैनन् । बक्स अफिस स्रोतका अनुसार गत मङ्सिर ४ गतेदेखि प्रदर्शन भएको फिल्मले मङ्सिर ७ गते ...

पर्दाफास
संघीय निर्वाचनको जस्तो हुरी बतास स्थानीयमा चल्दैन : प्रचण्ड
OthersJust now

संघीय निर्वाचनको जस्तो हुरी बतास स्थानीयमा चल्दैन : प्रचण्ड

८ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरी बतास सम्भव नरहेको बताएका छन् । मंगलबार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । स्थानीय तहमा प्रतिनिधि सभाको जस्तो हुरीबतास आउन सम्भव नरहेको जिकिर उनको थियो । ‘स्थानीय तहमा… ...

अनलाइन खबर
५० लाख पर्यटक भित्र्याउन पोखरा र गौतमबुद्ध विमानस्थलको उपयोगमा जोड
OthersJust now

५० लाख पर्यटक भित्र्याउन पोखरा र गौतमबुद्ध विमानस्थलको उपयोगमा जोड

रेमिट्यान्समा आधारित नेपालको अर्थतन्त्रलाई उत्पादन र रोजगारी सिर्जनातर्फ रूपान्तरण गर्न पर्यटन क्षेत्रलाई प्रमुख आर्थिक आधार बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । त्यसका लागि पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी उपयोग गर्दै क्षेत्रीय हवाई सम्पर्क विस्तार गर्नुपर्ने उनीहरूको भनाइ छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पर्यटनविद् ज्ञानेश्वर महतो, बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर ...

पर्दाफास
काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो
OthersJust now

काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागीश्री कक्षपति श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये ३० पुरुष र २४ महिला रहेका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement