काठमाडौँ। अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयक, २०८३ माथिको दफावार छलफल प्रतिनिधिसभाको अर्थ समितिमा सर्वसम्मतिले सम्पन्न भएको छ। समितिको आजको बैठकमा विधेयकका विभिन्न दफामाथि विस्तृत छलफल गरी आवश्यक संशोधनसहित सर्वसम्मत रूपमा पारित गरिएको समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिए। उनका अनुसार विधेयकमा राजस्व प्रशासनको आधुनिकीकरण, कर तथा भन्सार प्रणालीमा सुधार, राजस्व चुहावट नियन्त्रण, गैरकर राजस्व व्यवस्थापन, आर्थिक गतिविधिमा सहजीकरण तथा समयसापेक्ष नरहेका कानुनी व्यवस्था खारेज गर्ने प्रावधान समेटिएका छन्। विधेयकले राजस्व प्रशासनलाई थप पारदर्शी, प्रविधिमैत्री, व्यवस्थित र प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिएको छ। समितिले विधेयकसम्बन्धी प्रतिवेदन तयार गरी आगामी बैठकमा पेस गर्न समिति सचिवालयलाई निर्देशनसमेत दिएको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायत सहभागी थिए।
अर्थसम्बन्धी विधेयक समितिबाट सर्वसम्मत पारित

Read Complete Original Article
Published originally on नेपालन्युज




%20(1)-f4429fdd-1866-4975-acd0-a0308fb52b1e.jpeg&w=1200&q=75)

