Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

अर्घाखाँचीमा पहिलो पटक देखियो नेपालकै दुर्लभ चरा ‘काँडे भ्याकुर’

Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्घाखाँचीमा पहिलो पटक देखियो नेपालकै दुर्लभ चरा ‘काँडे भ्याकुर’
Photo / Coverage: केन्द्रबिन्दु

अर्घाखाँची । नेपालमा मात्र पाइने दुर्लभ तथा मौलिक प्रजातिको चरा काँडे भ्याकुर अर्घाखाँचीको शितगंगा नगरपालिका–स्थित ठाडादह क्षेत्रमा पहिलो पटक देखिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पहिलो पटक यो चरा अभिलेख हुनु यहाँको जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण उपलब्धि मानिएको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर देखिएको अभिलेख वा जानकारी थिएन । ठाडादह क्षेत्रमा यसको उपस्थिति पुष्टि हुनुले अर्घाखाँचीको वन तथा प्राकृतिक वासस्थानमा पाइने चराहरूको विविधता थप उजागर गरेको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी केसर खड्काले नेपालबाहेक विश्वका अन्य कुनै पनि देशमा प्राकृतिक रूपमा नपाइने काँडे भ्याकुर ठाडादह क्षेत्रमा देखिनु जिल्लाका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । यसअघि दक्षिणखाँची क्षेत्रमा यो प्रजाति अभिलेख भएको जानकारी थिएन । अङ्ग्रेजीमा ‘स्पाइनी ब्याब्लर’ नामले चिनिने काँडे भ्याकुर नेपालको मौलिक जैविक सम्पदाका रूपमा परिचित छ । यसको वैज्ञानिक नाम ब्अबलतजयउतष्बि लष्उबभिलकष्क हो । नेपालमा मात्र पाइने यो चरा विश्वकै दृष्टिले पनि विशेष महत्त्व राख्ने प्रजातिमध्ये एक हो । काँडे भ्याकुर सामान्यतया घना झाडी, वनका झाडीदार क्षेत्र तथा प्राकृतिक वनस्पतिले ढाकिएका स्थानमा बसोबास गर्ने लजालु स्वभावको चरा हो । झाडीभित्र लुकेर बस्ने यसको स्वभावका कारण यसलाई सहजै देख्न कठिन हुन्छ । त्यसैले नयाँ क्षेत्रमा यसको उपस्थिति देखिनु पक्षी अध्ययन र जैविक विविधताको अभिलेखीकरणका दृष्टिले महत्त्वपूर्ण मानिन्छ । प्राकृतिक सुन्दरता र जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण मानिने शितगंगा नगरपालिका–ठाडादह क्षेत्रमा काँडे भ्याकुर देखिनुले यस क्षेत्रको पर्यावरणीय महत्वलाई थप उजागर गरेको छ । यहाँका वन, झाडी तथा प्राकृतिक वासस्थानमा विभिन्न प्रजातिका चराहरूको उपस्थिति हुन सक्ने सम्भावनालाई समेत यसले सङ्केत गरेको छ । नेपालका लागि विशेष महत्त्व राख्ने यस्तो दुर्लभ चराको संरक्षणका लागि यसको प्राकृतिक वासस्थान जोगाउनु आवश्यक छ । वन विनाश, झाडी तथा प्राकृतिक वनस्पतिको विनाश र मानवीय गतिविधिले यस्ता चराको वासस्थानमा असर पार्न सक्ने भएकाले संरक्षणमा विशेष ध्यान दिनुपर्ने डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी खड्काको भनाई छ । ठाडादह क्षेत्रमा काँडे भ्याकुर देखिनु केवल एउटा दुर्लभ चराको उपस्थितिको विषय मात्र नभई अर्घाखाँचीको प्राकृतिक सम्पदा र जैविक विविधताको पहिचानसँग जोडिएको विषय पनि हो । यसले जिल्लामा पक्षी अवलोकन, अनुसन्धान तथा पर्यापर्यटनको सम्भावनालाई समेत थप उजागर गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्थायी कमिटीको बैठकमा सहभागी हुन नेताहरू च्यासलमा, तस्बिरहरू
Latest NewsJust now

स्थायी कमिटीको बैठकमा सहभागी हुन नेताहरू च्यासलमा, तस्बिरहरू

काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटीको दोस्रो बैठक आज बस्दैछ। भोलिदेखि सुरु हुने राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा पार्टीले आज स्थायी कमिटी बैठक बोलाएको हो । पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज... ...

रातोपाटी
अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’
Latest NewsJust now

अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’

अर्घाखाँची। नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’ अर्घाखाँचीको शितगङ्गा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलोपटक अभिलेख गरिएको छ। जिल्लाको दक्षिणी क्षेत्रमा यो प्रजाति देखिनु जैविक विविधताको अध्ययन र अभिलेखीकरणका दृष्टिले महत्वपूर्ण मानिएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर देखिएको अभिलेख थिएन। ठाडादहमा यसको उपस्थिति पुष्टि भएपछि जिल्लाको वन तथा प्राकृतिक बासस्थानमा पाइने चराको विविधताबारे थप जानकारी प्राप्त ...

नेपालन्युज
एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन पुगिन् विद्या भण्डारी
Latest NewsJust now

एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन पुगिन् विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा सहभागी हुन वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेकी छन् । एमालेको स्थायी कमिटीको दोस्रो बैठक आज दिउँसो केहीबेरमा पार्टी... ...

रातोपाटी
प्रधानसेनापतिविरुद्ध मुद्दा हाल्ने कार्की रथी हुँदै प्रधानसेनापतिको दाबेदारसम्म !
Latest NewsJust now

प्रधानसेनापतिविरुद्ध मुद्दा हाल्ने कार्की रथी हुँदै प्रधानसेनापतिको दाबेदारसम्म !

• उपरथी मधुकरसिंह कार्कीले आफ्नै प्रधानसेनापति र जंगी अड्डाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्, जसले नेपाली सेनाको बढुवा प्रणाली र नेतृत्व छनोटमा प्रश्न उठाएको छ। • कार्कीको नाम २३ लाख डलरको परामर्श खरिद विवादसँग पनि जोडिएको छ, जसको कारणले उनलाई रथी पदको बढुवामा चासोको विषय बनेको छ। • बढुवा प्रक्रियामा कार्कीको कानुनी स्थिति र संस्थागत विश्वासको मूल्यांकन आवश्यक रहेको ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play