Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/अर्को वर्ष एआईमार्फत गीत रिमिक्स गर्ने सेवा ल्याउने तयारीमा स्पोटीफाई

अर्को वर्ष एआईमार्फत गीत रिमिक्स गर्ने सेवा ल्याउने तयारीमा स्पोटीफाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्को वर्ष एआईमार्फत गीत रिमिक्स गर्ने सेवा ल्याउने तयारीमा स्पोटीफाई

संगीत स्ट्रिमिङ प्लेटफर्म स्पोटीफाईले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर गीत रिमिक्स गर्न सकिने सेवा सन् २०२७ को पहिलो त्रैमासिकमा सार्वजनिक गर्ने तयारी गरेको छ। फाइनान्सियल टाइम्स (एफटी) का अनुसार कम्पनीले फेब्रुअरीमा हुने ग्रामी अवार्डको आसपास उक्त सेवा सार्वजनिक गर्ने योजना बनाएको छ। यसका लागि प्रिमियम ग्राहकसँग मासिक थप ४ देखि ५ अमेरिकी डलर शुल्क लिने विकल्पमा पनि कम्पनीले विचार गरिरहेको छ। रोयटर्सका अनुसार नयाँ सेवामार्फत सशुल्क ग्राहकले आफूलाई मनपर्ने गीतको नयाँ संस्करण एआईको सहयोगमा तयार गर्न सक्नेछन्। उदाहरणका लागि, लोकगीतलाई डान्स ट्र्याकमा रूपान्तरण गर्ने वा एउटा कलाकारको स्वरमा अर्को कलाकारको गीत प्रस्तुत गराउने जस्ता सुविधा उपलब्ध हुनेछन्। एफटीका अनुसार स्पोटीफाईको योजनामा प्रयोगकर्ताले तयार पारेका रिमिक्सबाट प्राप्त हुने रोयल्टी मूल कलाकारलाई उपलब्ध गराउने व्यवस्था पनि छ। त्यस्ता रिमिक्समा हुने स्ट्रिमिङलाई मूल गीतकै स्ट्रिमिङ संख्यामा गणना गर्ने कम्पनीको योजना रहेको समाचारमा उल्लेख छ। यस सेवाका लागि स्पोटीफाईले युनिभर्सल म्युजिक ग्रुप, स्वतन्त्र रेकर्ड लेबलहरूको समूह मर्लिन र फ्रान्सेली संगीत कम्पनी बिलिभसँग अनुमति तथा लाइसेन्ससम्बन्धी सम्झौता गरिसकेको एफटीले जनाएको छ। तर सोनी म्युजिक र वार्नर म्युजिकसँग भने कम्पनीको छलफल जारी रहेको समाचारमा उल्लेख छ। रोयटर्सले यस विषयमा प्रतिक्रिया माग्दा स्पोटिफाइले तत्काल कुनै जवाफ नदिएको जनाएको छ। The post अर्को वर्ष एआईमार्फत गीत रिमिक्स गर्ने सेवा ल्याउने तयारीमा स्पोटीफाई appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

नेपाल टेलिकमले माग्यो ८० पदका लागि कर्मचारी, लोकसेवामार्फत परीक्षा हुने
प्रविधिJust now

नेपाल टेलिकमले माग्यो ८० पदका लागि कर्मचारी, लोकसेवामार्फत परीक्षा हुने

नेपाल टेलिकमले विभिन्न पदमा ८० जना कर्मचारी माग गरेको छ। कम्पनीले २०८३ कात्तिक आज एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्ने जनाएको हो। माग गरिएका पदमध्ये खुलातर्फ ४३ पद रहेका छन् भने बाँकी पद समावेशी समूहका लागि छुट्याइएको छ। प्रकाशित सूचनाअनुसार सहायक पदमा ९ जना, टेलिकम इन्जिनियर (कम्प्युटर) मा ६ जना, सहायक प्रशासनिक अधिकृतमा ५ जना र ओभरसियरमा ...

टेक्नोलोजी खबर
नेपाल पर्यटन बोर्डले माग्यो भिडियो तथा फोटो कन्टेन्ट क्रियटर, कात्तिक २० गतेसम्म आवेदन दिन सकिने
प्रविधिJust now

नेपाल पर्यटन बोर्डले माग्यो भिडियो तथा फोटो कन्टेन्ट क्रियटर, कात्तिक २० गतेसम्म आवेदन दिन सकिने

नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका लागि भिडियो निर्माता, फोटोग्राफर तथा डिजिटल कन्टेन्ट क्रियटरलाई आह्वान गरेको छ। बोर्डले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, परम्परा र साहसिक पर्यटनका गतिविधिलाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले कन्टेन्ट क्रियटरलाई सहभागी हुन आग्रह गरेको हो। बोर्डले सार्वजनिक गरेको सूचनाअनुसार इच्छुक भिडियोग्राफर, फोटोग्राफर तथा कन्टेन्ट क्रिएटरले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर र सामाजिक सञ्जाल वा पोर्टफोलियोको लिंक इमेलमार्फत पठाउनुपर्नेछ। इच्छुकले ...

टेक्नोलोजी खबर
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
प्रविधिJust now

नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने

१३ कात्तिक, काठमाडौं। जाेरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजले विभिन्न शैक्षिक, प्राविधिक, नर्सिङ तथा प्रशासनिक पदमा कर्मचारी माग गरेको छ । कलेजले योग्य तथा इच्छुक उम्मेदवारलाई लक्षित गर्दै रिक्त पदहरूमा आवेदन आह्वान गरेको हो । कलेजद्वारा प्रकाशित सूचना अनुसार सहायक प्राध्यापक तथा लेक्चरर, स्टाफ नर्स, आईटी सहायक, क्याथ ल्याब टेक्निसियन, डेन्टल ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट, […] The post नेपाल मेडिकल ...

आइसिटी फ्रेम
शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, शैक्षिक सहकार्यमा जोड
प्रविधिJust now

शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, शैक्षिक सहकार्यमा जोड

१३ कात्तिक, काठमाडौं। नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलबीच शिष्टाचार भेटवार्ता भएको छ। शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयमा मन्त्री पोखरल र कार्यवाहक राजदूत मेगन बोल्डिनबीच आपसी शैक्षिक सहकार्य र खेल कुटनीतिबारे छलफल भएको हो। उक्त भेटका क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूबारे विस्तृत […] The post शिक्षा तथा ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play