Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

अमेरिकी राष्ट्रपतीय निर्वाचनका सम्भावित उम्मेदवार को-को हुन सक्छन्

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी राष्ट्रपतीय निर्वाचनका सम्भावित उम्मेदवार को-को हुन सक्छन्
Photo / Coverage: बीबीसी नेपाली

Reuters डेमोक्र्याटिक उम्मेदवार जोन ओसोफ र रिपब्लिकन उपराष्ट्रपति जेडी भान्सलाई पनि आगामी राष्ट्रपतीय निर्वाचनका सम्भावित दावेदारका रूपमा चर्चा गरिएको छ अमेरिकामा हालै सकिएको मध्यावधि निर्वाचनलाई अबको दुई वर्षपछि हुने राष्ट्रपतीय निर्वाचनसँग पनि जोडेर हेर्ने गरिएको छ।मध्यावधिले दुई वर्षपछि हुने राष्ट्रपतीय निर्वाचनमा मत कता जान्छ भनेर सङ्केत गर्ने ठानिए पनि सन् २०१० को मध्यावधिले फरक परिणाम दियो। मध्यावधिमा रिपब्लिकनहरूले राम्रो मत बढाए पनि सन् २०१२ मा भएको राष्ट्रपतीय निर्वाचनमा बराक ओबामा पुनः निर्वाचित भएका थिए। अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोगको प्रक्रिया मध्यावधि निर्वाचनको नतिजाका कारण ट्रम्पको शक्ति अमेरिकाभित्र 'खुम्चिन सक्छ', तर बाँकी विश्वमा के होला अहिलेसम्म राष्ट्रपतीय निर्वाचनको दौडमा कोही पनि नेता प्रस्ट देखिएका छैनन्। यद्यपि पर्दा पछाडि उम्मेदवारहरूले तयारी गरिरहेका हुन सक्छन्।मध्यावधि निर्वाचनमा रिपब्लिकन कहाँ चुक्यो भनेर उपराष्ट्रपति जेडी भान्सले समीक्षा गरेको विषयलाई सन् २०२८ को निर्वाचनमा उनको तयारीसँग जोडेर हेरिएको छ।डेमोक्र्याटबाट सम्भावित उम्मेदवारहरूसन् २०२६को मध्यावधि निर्वाचनमा आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न सक्ने कैयौँ नेताहरू पनि उम्मेदवार बनेका थिए। त्यसमध्ये केही यो निर्वाचनबाट थप उदाएका छन्।जोर्जाका डेमोक्र्याटिक सिनेटर जोन ओसोफले सन् २०२४ मा ट्रम्पले निर्वाचन जितेको तुलनात्मक प्रतिस्पर्धात्मक राज्यबाट फराकिलो अन्तरले चुनाव जिते।उनले यसअघि आफू राष्ट्रपतीय चुनाव लड्ने योजना नभएको बताएका भए पनि उनको सफल चुनावी प्रचार र कैयौँ भाइरल क्षणहरूले उनलाई राष्ट्रिय छवि निर्माणमा सहयोग पुर्‍याएको छ।पेन्सिलभेनियाका गभर्नर जोश शपीरो पनि अर्का सम्भावित उम्मेदवार हुन्। उनले आफ्ना प्रतिस्पर्धी रिपब्लिकन उम्मेदवारलाई ठूलो मतअन्तरले चुनावमा पराजित गरे।शपीरोले पनि आफू सन् २०२८ को चुनावमा उम्मेदवार बन्ने घोषणा गरेका छैनन्। यद्यपि विश्लेषकहरूले पेन्सिलभेनियामा उनको व्यापक प्रभावले राष्ट्रिय स्तरमा पनि उनलाई प्रतिस्पर्धी बनाउन सहयोग पुर्‍याउने बताएका छन्।इलिनोइका गभर्नर जेबी पित्स्करको जितलाई पनि राजनीतिशास्त्रीहरूले राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धाको लागि तयारीको अर्थमा विश्लेषण गरेका छन्।क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्योसम मध्यावधिमा उम्मेदवार बन्न सकेनन्। तर पनि उनलाई राष्ट्रपतीय चुनावका सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ। कुनै समय ट्रम्प प्रशासनमा प्रेस सेक्रेटरी रहेका रिपब्लिकन सिनेटर टम कटन र गभर्नर सरा हकबी स्यान्डर्स पनि यसअघिको चुनावमा भन्दा झिनो मतअन्तरले पुनः निर्वाचित हुन सफल भए।रिपब्लिकन र जेडी भान्सको तयारीमत सर्वेक्षणहरूले रिपब्लिकनहरूको मत परिवर्तन हुनुमा ट्रम्प प्रशासनविरुद्धको आक्रोश पनि कारण रहेको देखाएका छन्।यसले ट्रम्पका सम्भावित उत्तराधिकारीहरू जेडी भान्स र विदेशमन्त्री मार्को रुबिओका लागि चुनौती थपेको छ।भान्सले चुनावी नतिजालगत्तै ट्रम्प र उनको दलका लागि राजनीतिक रूपमा ठूलो क्षति पुर्‍याएको भनिएको इरानको विदेश नीतिबारे दूरी बढाएका छन्। उनले रिपब्लिकनहरूको पराजय हुनेमा युद्ध पनि कारण रहेको बताएका छन्।यद्यपि सन् २०२८ का लागि राष्ट्रपतीय उम्मेदवार बन्न पद त्याग गर्न लागेका भन्ने विवरण रुबिओले अस्वीकार गरेका छन्। सन्दिग्ध चिनियाँ जासुससँग 'सम्बन्ध' रहेको विषयमा एन्भिडिआद्वारा सीईओमाथि 'छानबिन सुरु' चीफ अफ स्टाफमा स्टीभन मिलरलाई रोजेसँगै राजनीतिक सङ्घर्षमा आफूलाई तयार पार्दै ट्रम्प रिपब्लिकन पार्टीका अरू सम्भावित उम्मेदवारहरूलाई ट्रम्प प्रशासनमा नभएका कारण फाइदा पुगेको हुन सक्छ। यो पटक उम्मेदवार नरहेका अर्का सिनेटर टेड क्रूजले मतदाताहरूले सामना गरिरहेको आर्थिक समस्यालाई धेरै रिपब्लिकन उम्मेदवारहरूले धेरै चासो नदिएको सामाजिक सञ्जा एक्समा पोस्ट गरेका छन्।सन् २०२४ को राष्ट्रपतीय चुनावअघि ट्रम्पको दबावका कारण फ्लोरिडाका गभर्नर रोन डीसान्टिसले आफ्नो दाबी फिर्ता लिएका थिए। उनले पनि रिपब्लिकनहरूपति आलोचनात्मक टिप्पणी गरेका छन्।न्यू जर्सीका पूर्व गभर्नर क्रिस क्रिस्टीले अझै आँट गरेर भनेका छन्, "ट्रम्प युग सकिएको छ।"डेमोक्र्याटमा कुन धार?सन् २०२८ को चुनावका सम्भावित उम्मेदवारको खोजी भइरहँदा डेम्रोक्र्याटिक पार्टीका वामपन्थी र दक्षिणपन्थी दुवै धारले मध्यावधि निर्वाचनको जितलाई आफ्नो पक्षको जित दाबी गरेका छन्।दर्जनौँले अहिले नै कदम चालिरहेको पूर्वराष्ट्रपति बराक ओबामाका पूर्वसल्लाहकार जिम मुसीनाले बीबीसीसँग भनेका छन्।अनिर्णित राज्य मिशिगनमा एल शईदको जित पनि वामपन्थी डेमोक्र्याटहरूका लागि ठूलो विजयको क्षण हो। उनको जितले सन् २०२८ का वामपन्थी उम्मेदवारहरूलाई बलियो बनाउने उनका समर्थकहरूले बताएका छन्। चुनावमा होमिँदै इजरेल र अमेरिका, परिणामले पार्न सक्छ विश्वव्यापी प्रभाव एमसीसीद्वारा नेपाल कम्याक्टको म्याद थप्न 'स्वीकृति', अब कार्यान्वयनको योजना कस्तो यहिलेको नतिजाले न्यूयोर्कका डेमोक्र्याटिक प्रतिनिधि अलेक्जान्ड्रिया ओकासिओ कोर्टेज्‌ जस्ता नेतालाई राष्ट्रपतीय निर्वाचनको प्राइमरीमा उम्मेदवार बनेर आफ्नो जीत परीक्षण गर्न थप हौसला दिएको प्रोग्रेसिभ चेन्ज क्याम्पेन कमिटीका सहसंस्थापक एडम ग्रीन बताउँछन्।मध्यमार्गी डेमोक्र्याटहरूले कङ्ग्रेसमा आफ्नो सिट अहिलेको भन्दा दोबरले बढाएका छन्, जसले यो धारमा रहेकाहरूलाई आफूहरूले रिपब्लिकन मतदातालाई पनि फकाउन सक्ने विश्वास बढाएको छ।अबको चुनावी मुद्दा के होला? Getty Images टेक्ससमा डेमोक्र्याटिक पार्टीकी जिन इनहोस गभर्नरमा निर्वाचित भएकी छन् जीविकोपार्जनको खर्चको विषयलाई मुख्य मुद्दा बनाएका डेमोक्र्याटहरूको जीतले अबको दुई वर्षपछि हुने चुनावमा पनि अर्थतन्त्रको मुद्दा केन्द्रमा रहने देखाएको छ।सन् २०२८ को चुनावमा थप नयाँ राजनीतिक मुद्दाहरू आउन सक्छन्। तर कुनै समय रिपब्लिकनहरूको किल्ला मानिएका स्थानमा अब त्यो पकड टिक्न कठिन हुने अहिलेको चुनावले देखायो।मध्यावधिपछि टेक्सस एक जना मात्रै रिपब्लिकन बाँकी रहेको राज्य बनेको छ। यसको अर्थ यो राज्यका ४० निर्वाचक मण्डलका भोट अब रिपब्लिकनको हातबाट फुत्किसकेका छन्।सञ्चार परामर्शदाता कम्पनी एटलस ग्लोबलका प्रमुख कार्यकारी अधिकृत तथा राजनीतिक टिप्पणीकार क्रिस्चिना पास्कुची अब राजनीतिक दलहरूका पुराना किल्ला भत्किएको बताउँछिन्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कालीमाटीमा बढ्यो छठ लक्षित व्यापार, तस्बिरमा हेर्नुहोस्
Latest NewsJust now

कालीमाटीमा बढ्यो छठ लक्षित व्यापार, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । दसैँ र तिहार सकिएसँगै तराई–मधेससहित काठमाडौं उपत्यकामा पनि छठ पर्वको रौनक सुरु भएको छ । छठ पर्व नजिकिएसँगै काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार बढेको... ...

रातोपाटी
भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या
Latest NewsJust now

भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

हेटौंडा अस्पतालमा एकपटकमा चारवटा शव राख्न सक्ने क्षमता छ ।दुर्घटनामा मृत्यु भएका १४ जनाको शव एकैपटक अस्पतालमा रहँदा व्यवस्थापनमा कठिनाइ भएको हो । ...

कान्तिपुर
आन्तरिक पर्यटनको गन्तव्य बन्दै टीकापुर पार्क, एकै दिन पुगे १० हजारभन्दा बढी पर्यटक
Latest NewsJust now

आन्तरिक पर्यटनको गन्तव्य बन्दै टीकापुर पार्क, एकै दिन पुगे १० हजारभन्दा बढी पर्यटक

कैलाली । तिहारको बिदा सकिएलगत्तै कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा पर्यटकको चहलपहल बढेको छ । बिहीबार बिहानैदेखि पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको थियो। परिवार, आफन्त र साथीभाइसँग घुमफिर गर्न पुगेका पर्यटकका कारण पार्क दिनभरजसो भरिभराउ बनेको थियो । पार्कको टिकट बिक्री काउन्टरका विनोद चौधरीका अनुसार बिहीबार मात्रै २ लाख ६० हजार रुपैयाँ बराबरको टिकट बिक्री भएको हो । उनका अनुसार ...

केन्द्रबिन्दु
श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध
Latest NewsJust now

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। टप अर्डरमा ब्याटिङ गर्ने दबारेले श्रीलंकाका लागि घरेलु तथा विभिन्न प्रतियोगितामा आफ्नो क्षमता देखाउँदै आएका छन्। उनले प्रथम श्रेणी, लिस्ट ए र टी–२० गरी तीनै प्रारूपमा खेलेका छन्। दबारेले ५० टी–२० खेलमा ९२३ रन बनाएका छन्। यस क्रममा उ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play