चिनियाँ कम्पनीले तेस्रो मुलुकका डाटा सेन्टरमार्फत अमेरिकी उन्नत कृत्रिम बौद्धिकता (एआई) चिप्स प्रयोग गर्न नपाऊन् भन्ने उद्देश्यले अमेरिकाले नयाँ निर्यात प्रतिबन्ध लगाएपछि सिङ्गापुरले आफ्ना कम्पनीका लागि त्यस्ता प्रविधिमा विश्वसनीय पहुँच सुनिश्चित गर्न पहल थालेको छ । सिङ्गापुरका सम्बन्धित मन्त्रालयले नयाँ प्रतिबन्धको अध्ययन भइरहेको र प्रभावित कम्पनीसँग छलफल गर्नुका साथै अमेरिकी अधिकारीसँग पनि परामर्श भइरहेको जनाएको छ । नयाँ अमेरिकी नियमअनुसार चीन, मकाउ तथा अमेरिकी हतियार प्रतिबन्ध लागेका मुलुकमा मुख्यालय रहेका कम्पनीलाई विश्वका क...
अमेरिकी प्रतिबन्धपछि एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

Read Complete Original Article
Published originally on फरकधार






