अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी सङ्घीय निर्वाचन आयोग (एफइसी) को विद्युतीय फाइलिङ प्रणालीमा ह्याकरहरूले अवरोध पुर्याएका छन्। रोयटर्सका अनुसार यसका कारण राजनीतिक दल तथा समितिहरूलाई चुनावी खर्चको अनिवार्य विवरण बुझाउन समस्या भएको छ। आयोगले प्रणालीमा अनधिकृत प्रवेशको प्रयास भएपछि अनलाइन सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको छ। सूचना प्रविधि कर्मचारीले सेवा पुनः सञ्चालन गर्न काम गरिरहेका छन्। अवरोधका कारण २४ घण्टा र ४८ घण्टाभित्र बुझाउनुपर्ने चुनावी खर्च विवरण दर्ता गर्न समस्या भए पनि पुराना विवरण वेबसाइटमा हेर्न सकिनेछ। एफइसीले उम्मेदवार तथा राजनीतिक समितिको खर्च अभिलेख राख्ने भए पनि निर्वाचन सञ्चालन गर्दैन। त्यसैले यो घटनाले मतदाताको मतदान गर्ने क्षमतामा असर पर्ने अपेक्षा गरिएको छैन। राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले कङ्ग्रेसमा बहुमत कायम राख्न सक्ने वा नसक्ने निर्धारण गर्ने निर्वाचनअघि साइबर घटना भएको हो। ट्रम्पले निर्वाचन निष्पक्ष भए परिणाम स्वीकार गर्ने बताउँदै आवश्यक परे राष्ट्रपतीय निषेधाधिकार प्रयोग गर्न सक्ने उल्लेख गरेका छन्। उनले मतदाता ठगीसम्बन्धी सूचना दिएर दोषीलाई पक्राउ तथा सजाय दिलाउन सहयोग गर्नेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा पनि गरेका थिए। निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ र सिनेटका करिब एकतिहाइ सिटका लागि प्रतिस्पर्धा हुँदैछ। सीबीएस न्युजको सर्वेक्षणले डेमोक्रेटहरूले प्रतिनिधिसभामा २२९ सिट जित्न सक्ने अनुमान गरेको छ। अक्टोबर २१ देखि २३ सम्म दुई हजार ३५५ अमेरिकी वयस्कबीच गरिएको सर्वेक्षणमा मुद्रास्फीति, बढ्दो मूल्य र आर्थिक चिन्ता मतदाताका प्रमुख मुद्दा देखिएका छन्। डेमोक्रेट मतदातामा मतदानप्रतिको प्रतिबद्धता बढी देखिएकाले सहभागिताले निर्वाचन परिणाममा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सर्वेक्षणले सङ्केत गरेको छ।–रासस The post अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

१०८ मेगापिक्सेल क्यामरा र ७,७०० एमएएच ब्याट्रीसहित अनर एक्स८ई ४जी सार्वजनिक
अनरले नयाँ स्मार्टफोन अनर एक्स८ई ४जी सार्वजनिक गरेको छ। यो फोन गत अगस्टमा सार्वजनिक भएको अनर एक्स७ई प्लस ४जीसँग लगभग समान छ। यस फोनको सबैभन्दा आकर्षक विशेषता १०८ मेगापिक्सेलको क्यामेरा हो। यो सुरुवाती मूल्य श्रेणीको स्मार्टफोन हो, जुन अनरको अजरबैजानस्थित वेबसाइटमा देखिएको छ। स्थानीय खुद्रा विक्रेताहरूले यसलाई ८२० अजरबैजानी मनातमा बिक्री गरिरहेका छन्। यो करिब ४८० अमेरिकी डलर बराबर हो। तुलनाका लागि ...

बजाजको चाडपर्व विशेष योजना सार्वजनिक
बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले नेपाली ग्राहकहरूका लागि नयाँ बजाज विगो इलेक्ट्रिक तीनपाङ्ग्रे सवारीसाधनमा चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ। ‘चाडपर्वको बहार, विगो मा ५० हजार!’ नारासहित ल्याइएको यस योजनाअन्तर्गत ग्राहकहरूले बजाज विगो खरिदमा ५० हजारको छुट प्राप्त गर्न सक्नेछन्। यस योजनालाई अझ आकर्षक बनाउँदै कम्पनीले पुरानो सवारीसाधन एक्सचेन्ज गरी नयाँ बजाज विगो खरिद गर्ने ग्राहकहरूका लागि रु. ...

कात्तिक १४ गते ‘पल्सर आरपीएम’ पोखरामा आयोजना हुदैँ
मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजना हुने कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीत तथा अन्य मनोरञ्जनात्मक गतिविधि समावेश हुनेछन्। कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ। काठमाडौं र बुटवलमा सफलतापूर्वक सम्पन्न भएका संस्करणपछि पोखरा आइपुग्न लागेको पल्सर आरपीएमले यसपटक सहरका युवा, खेलप्रेमी र ...

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका छन्। प्रस्तावित आमसञ्चारसम्बन्धी विधेयक, २०८३ को मस्यौदाउपर आज मन्त्रालयमा आयोजित सरोकारवाला निकाय तथा पदाधिकारीसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले प्रेस स्वतन्त्रता र त्यसको दुरुपयोगबीचको सीमालाई स्पष्ट पार्न त्यसै बमोजिमको कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन्। कानुन र सञ्चारमाध्यम लोकतान्त्रिक ...


