Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

अमेरिकी डलर र साढे ९ लाख नगदसहित २४ जना जुवाडे मैपीबाट पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी डलर र साढे ९ लाख नगदसहित २४ जना जुवाडे मैपीबाट पक्राउ
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । काठमाडौंको मैपीस्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भद्रकालीबाट खटिएको प्रहरी टोलीले हारजित हुनेगरी कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा निरज निरौला, वसन्त अधिकारी, सुजन श्रेष्ठ, नारायण श्रेष्ठ, राजेश केसी, विनोद घिमिरे, रामकृष्ण कार्की, जलेश पाण्डे, दिनेश भट्टराई, प्रदीप कँडेल, माधव विष्ट, शालिग्राम वाग्ले, जयराम पाण्डे, शिव भट्ट, सन्दीप पौडेल, सुनिल श्रेष्ठ, प्रेम श्रेष्ठ, महेश दाहाल, श्याम शर्मा, अरुण बस्नेत, सुमन रिजाल, प्रदीप गौतम, आनन्दराज त्रिपाठी र अनिल सिलवाल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेकाहरूको साथबाट नेपाली नौ लाख ६० हजार ५००, अमेरिकी डलर ४६०, भारतीय रुपैयाँ ५०० र कौडा १६ थान बरामद गरिएको छ । पक्राउ परेकाहरूविरुद्ध जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । The post अमेरिकी डलर र साढे ९ लाख नगदसहित २४ जना जुवाडे मैपीबाट पक्राउ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कालीमाटीमा महँगियो प्याज र साग, लोकल गोलभेँडा प्रतिकिलो १६ रुपैयाँ ५० पैसा
Latest NewsJust now

कालीमाटीमा महँगियो प्याज र साग, लोकल गोलभेँडा प्रतिकिलो १६ रुपैयाँ ५० पैसा

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजारमा हरियो प्याज, विभिन्न सागसब्जी र केही तरकारीको मूल्य उच्च देखिएको छ । बजार विकास समितिले सार्वजनिक गरेको मङ्सिर ...

कृषि ज्ञान
चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो
Latest NewsJust now

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

नाम्चे क्षेत्रमा रातको तापक्रम माइनसमा झर्न थालेपछि शरद् पर्यटन सिजन अन्त्यतिर पुगेको र पर्यटक तल्लो क्षेत्रमा फर्किन थालेका छन्। ...

कान्तिपुर
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

सुर्खेत । बहुप्रतिक्षित दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा ‘मुकाम’ राखेर तयारी समितिका बैठकहरू चलिरहेका छन् । दसौँ राष्ट्रिय... ...

रातोपाटी
इन्टर मियामी एमएलएस प्लेअफको पहिलो खेलमा कोलम्बस क्रुसँग पराजित
Latest NewsJust now

इन्टर मियामी एमएलएस प्लेअफको पहिलो खेलमा कोलम्बस क्रुसँग पराजित

काठमाडौं । अमेरिकी मेजर लिग सकर (एमएलएस) को प्लेअफअन्तर्गत पहिलो चरणको खेलमा लियोनल मेसीको टोली इन्टर मियामी कोलम्बस क्रुसँग ३–० गोल अन्तरले पराजित भएको छ । आइतबार बिहान भएको खेलमा कोलम्बस क्रुले इन्टर मियामीलाई उसकै घरेलु मैदानमा स्तब्ध बनाएको हो । जितसँगै कोलम्बसले प्लेअफको पहिलो खेलमा महत्त्वपूर्ण अग्रता बनाएको छ । खेलको नवौँ मिनेटमा गोन्जालो तापियाले पेनाल्टीमार्फत गोल गर्दै कोलम्बसलाई अग्रता दिलाएका ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play