Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

अमेरिकी चेस बैंकको अनलाइन सेवा अवरुद्ध हुँदा हजारौँ सेवाग्राही प्रभावित

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी चेस बैंकको अनलाइन सेवा अवरुद्ध हुँदा हजारौँ सेवाग्राही प्रभावित
Photo / Coverage: टक्सार

काठमाडौँ । अमेरिकाको चेस बैंक (Chase Bank) का हजारौं ग्राहकले सोमबार आफ्नो अनलाइन बैंक खातामा पहुँच स्थापित गर्न र बैंकिङ कारोबार गर्न समस्या भोगेका छन् । बैंकको मातृ संस्था जेपीमोर्गन चेसले यो समस्या कुनै साइबर आक्रमणका कारण नभई सफ्टवेयरमा आएको अस्थायी त्रुटिका कारण भएको जनाएको सिएनएनले उल्लेख गरेको छ । बैंकका प्रवक्ताका अनुसार कम्पनीको प्रणालीमा देखिएको एउटा सफ्टवेयर ‘बग’ का कारण केही ग्राहकलाई सेवा उपलब्ध गराउन सामान्यभन्दा बढी समय लागेको हो । सामाजिक सञ्जालमा आएका प्रतिक्रियाअनुसार केही ग्राहकले चेसका शाखा कार्यालयमै पुगेर पनि कारोबार गर्न कठिनाइ भोगेका थिए । केही शाखाले आन्तरिक प्रणालीमा समस्या रहेको जानकारीसमेत दिएका थिए । अमेरिकी सेवा निगरानी प्लेटफर्म डाउनडिटेक्टरका अनुसार सोमबार दिउँसो २ बजेसम्म ४,७०० भन्दा बढी ग्राहकले समस्या रिपोर्ट गरेका थिए । यसबिच बैंक अफ अमेरिका, वेल्स फार्गो र यू.एस. बैंक जस्ता अन्य ठूला बैंकका ग्राहकले पनि केही अवरोधको गुनासो गरेका थिए तर ती समस्याहरू मुख्यतः चेस बैंकका खातामा डिजिटल भुक्तानी सेवा जेलमार्फत रकम पठाउने वा प्राप्त गर्ने प्रक्रियासँग सम्बन्धित रहेको बताइएको छ। यु.एस. बैंकले आफ्नो प्रणाली प्रत्यक्ष रूपमा प्रभावित नभएको तर अन्य वित्तीय संस्थासँग कारोबार गर्ने ग्राहकले भुक्तानी ढिलाइ अनुभव गर्न सक्ने जनाएको छ । जेलले भने आफ्नो सेवा सामान्य रूपमा सञ्चालन भइरहेको दाबी गर्दै समस्या सम्बन्धित बैंकहरूको प्रणालीगत अवरोधका कारण उत्पन्न भएको संकेत गरेको छ। चेस बैंकले पनि यो व्यापक वित्तीय प्रणालीमा असर पार्ने खालको समस्या नभएको स्पष्ट पारेको छ । बैंकका अनुसार अन्य बैंकहरूमा देखिएको प्रभाव केवल चेससँग सम्बन्धित कारोबारहरूमा मात्र सीमित हुन सक्छ । प्रविधि प्रणालीमा लगातार अवरोधचेस बैंकको यो समस्या लगातार तेस्रो कार्यदिनमा देखिएको ठलो प्राविधिक अवरोध बनेको छ । यसअघि बिहीबार माइक्रोसफ्टको सेवामा आएको अवरोधका कारण ७४ देश तथा क्षेत्रमा लाखौं प्रयोगकर्ताले इमेल पहुँच गुमाएका थिए । शुक्रबार फेडरल एभिएसन एडमिनिस्ट्रेसनको प्रणाली त्रुटिले अमेरिकाभर उडान रोक्नुपर्ने स्थिति सिर्जना गरेको थियो। त्यस्तै सोमबार युनाइटेड एयरलाइन्सले पनि आफ्नो कम्प्युटर प्रणालीमा समस्या देखिएको र त्यसका कारण उडानहरू ढिलाइ भएको जनाएको छ । यद्यपि यी घटनाका कारणहरू फरक–फरक भए पनि विज्ञहरूले एउटा साझा समस्या औंल्याएका छन्, त्यो हो आधुनिक डिजिटल प्रणालीहरूको जटिलता र परस्पर निर्भरता ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
Latest NewsJust now

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज ठूलो गोलभेडा (नेपाली र भारतीय दुवै) को... ...

रातोपाटी
माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुल्यो
Latest NewsJust now

माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुल्यो

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाका लागि आवेदन खुलाएको छ । आयोगले मंगलबार एक सूचना प्रकाशित गर्दै न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट मंसिर ७ गतेदेखि अनलाइन दरखास्त... ...

रातोपाटी
नयाँ सञ्चार विधेयकविरुद्ध चेक गणतन्त्रमा विशाल प्रदर्शन
Latest NewsJust now

नयाँ सञ्चार विधेयकविरुद्ध चेक गणतन्त्रमा विशाल प्रदर्शन

प्राग । सार्वजनिक रेडियो र टेलिभिजनको वित्तीय व्यवस्था परिवर्तन गर्ने सरकारको योजनाविरुद्ध चेक गणतन्त्रको राजधानी प्रागमा आइतबार करिब तीन लाख ५० हजार मानिसले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री आन्द्रेज बाबिस नेतृत्वको सरकारले ल्याएको योजनाले सञ्चारमाध्यमको स्वतन्त्रता कमजोर पार्न सक्ने भन्दै प्रदर्शनकारीले विरोध गरेका हुन् । विधेयक संसद्बाट अघि बढाउने क्रममा विपक्षीको बोल्ने समय सीमित गरी बिहान ४ : ३६ बजे मतदान ...

केन्द्रबिन्दु
एमालेको स्थायी कमिटी बैठक आज बस्दै
Latest NewsJust now

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् । एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते हुँदैछ । राष्ट्रिय भेलामा प्रस्तुत गरिने विषयवस्तुमाथि आवश्यक सुझाव र छलफल गर्न अध्यक्ष केपीशर्मा ओलीले बैठक बोलाएका हुन् । भेलालगत्तै ४ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play