Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

अमेरिकी कङ्ग्रेसमा डेमोक्रेटको अग्रता

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी कङ्ग्रेसमा डेमोक्रेटको अग्रता
Photo / Coverage: नेपालन्युज

वासिङ्टन।अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीले रिपब्लिकनका महत्त्वपूर्ण सिट खोस्दै कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण प्राप्त गर्ने सम्भावना बलियो बनाएको छ। दक्षिण क्यारोलिनामा एनी एन्ड्र्युजले रिपब्लिकन उम्मेदवार डार्लिन ग्राहमलाई पराजित गरेकी छन्। उनी उक्त राज्यबाट सिनेटमा निर्वाचित हुने पहिलो महिला तथा दुई दशकभन्दा बढी समयपछि सिनेट सिट जित्ने पहिलो डेमोक्रेट बनेकी छन्। उत्तरी क्यारोलिना र न्यु जर्सीमा पनि डेमोक्रेटहरूले प्रतिनिधिसभाका सिट जितेका छन्। जर्जियामा सिनेटर जोन ओसोफ र न्यु ह्याम्पसायरमा क्रिस पप्पास विजयी भएका छन्। सिनेटमा बहुमतका लागि डेमोक्रेटहरूलाई चार सिटको खुद लाभ आवश्यक छ भने प्रतिनिधिसभामा तीन सिट जित्नु पर्नेछ। चुनावमा उच्च मूल्यवृद्धि, जीवनयापनको लागत र सरकारी भ्रष्टाचार मतदाताका प्रमुख चासो बनेका छन्। एसोसिएटेड प्रेसको सर्वेक्षणअनुसार करिब तीन चौथाइ मतदाता देशको वर्तमान अवस्थाप्रति असन्तुष्ट छन्। त्यति नै संख्याले अर्थतन्त्र राम्रो नभएको वा कमजोर रहेको बताएका छन्। करिब १० मध्ये आठ मतदाताले मूल्यवृद्धिका कारण आफ्नो परिवारले आर्थिक कठिनाइ भोगिरहेको जनाएका छन्। १० मध्ये ६ मतदाताले राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको बताएका छन्। ट्रम्पले मुद्रास्फीति समाधान भएको दाबी गरे पनि अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार सेप्टेम्बरमा उपभोक्ता मूल्य एक वर्षअघिको तुलनामा ३.६ प्रतिशत बढेको थियो। चुनावलाई उनको दोस्रो कार्यकालको जनमतसंग्रहका रूपमा हेरिएको छ। मङ्गलबारअघि पाँच करोड ९० लाखभन्दा बढी मतदाताले प्रारम्भिक मतदान गरिसकेका थिए। रिपब्लिकनहरूले निर्वाचन क्षेत्र पुनः निर्धारण गरेर सिट जोगाउने प्रयास गरे पनि फ्लोरिडामा चार नयाँ सिट जित्ने उनीहरूको अपेक्षा कमजोर देखिएको छ। टेक्सास र उत्तरी क्यारोलिनामा ट्रम्पले समर्थन गरेका उम्मेदवारले पनि चुनौती सामना गर्नुपरेको छ। सिनेटका अन्य प्रतिस्पर्धात्मक क्षेत्रमा ओहायो, अलास्का र मिशिगन छन्। यसैबीच, ३६ राज्यमा गभर्नरका लागि भएको चुनावमा पेन्सिलभेनिया, इलिनोइस, मेरिल्यान्ड, म्यासाचुसेट्स र न्युयोर्कका डेमोक्रेटिक गभर्नर पुनः निर्वाचित भएका छन्। जर्जियामा केइशा ल्यान्स बटम्स निर्वाचित भए अमेरिकाको पहिलो अश्वेत महिला गभर्नर बन्ने छिन्। चुनावी नतिजाले ट्रम्पको कार्यकालका अन्तिम दुई वर्षको राजनीतिक दिशा निर्धारण गर्नेछ। रिपब्लिकनको नियन्त्रणमा रहेको कङ्ग्रेसले यसअघि उनका अधिकांश योजनालाई समर्थन गरेको थियो। तर डेमोक्रेटहरूले प्रतिनिधिसभा वा सिनेटमध्ये कुनै एक सदनको नियन्त्रण लिए राष्ट्रपति प्रशासनमाथि छानबिन र सम्भावित महाभियोग प्रक्रिया अघि बढाउन सक्ने छन्। रक्षामन्त्री पीट हेगसेथ र ट्रम्पका पूर्व सल्लाहकार तथा प्रविधि उद्यमी एलन मस्क पनि सम्भावित छानबिनका विषय हुन सक्ने छन्। प्रतिनिधिसभाका डेमोक्रेटिक नेता हाकिम जेफ्रीजले पार्टीले नियन्त्रण प्राप्त गरे जीवनयापनको लागत घटाउने र ट्रम्प प्रशासनमाथि निगरानी बढाउने लक्ष्यसहित पहिलो १०० दिनको कार्ययोजना अघि सारेका छन्। उनी सभामुख निर्वाचित भए अमेरिकी इतिहासमा उक्त पदमा पुग्ने पहिलो अश्वेत व्यक्ति बन्ने छन्। डेमोक्रेटहरूको बलियो प्रदर्शनले आगामी राष्ट्रपतीय चुनावका लागि पार्टीभित्रका सम्भावित उम्मेदवारलाई बलियो बनाउनुका साथै उपराष्ट्रपति जेडी भान्सलगायत ट्रम्पनिकट रिपब्लिकन नेताहरूको राजनीतिक यात्रालाई चुनौती दिन सक्छ। –रासस /एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बझाङमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, ६ जना गम्भीर घाइते
Latest NewsJust now

बझाङमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, ६ जना गम्भीर घाइते

बझाङ।बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौरमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्। बुधबार बिहान पौने ९ बजे से ००१ च ४३७६ नम्बरको जीप सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय ४० वर्षीय गोपाल धामी र २७ वर्षीया पवित्रा धामी रहेका छन्। काँडाचौरबाट बाग्थलातर्फ आउँदै गरेको जीपमा १५ ...

नेपालन्युज
मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन :  डोनाल्ड ट्रम्प
Latest NewsJust now

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन :  डोनाल्ड ट्रम्प

वासिङ्टन डीसी । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पार्टीले मध्यावधि निर्वाचनमा व्यहोरेको हारलाई आफ्नो राष्ट्रपतीय कार्यकालप्रतिको असन्तुष्टिका रूपमा नलिएको बताएका छन् । सीएनएनका अनुसार निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा... ...

रातोपाटी
पुनर्बिमा कम्पनीमा हकप्रदमार्फत सरकारले लगानी बढाउने
Latest NewsJust now

पुनर्बिमा कम्पनीमा हकप्रदमार्फत सरकारले लगानी बढाउने

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीमा सरकारले आफ्नो लगानी बढाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बिमा कम्पनीको हकप्रद सेयरमा लगानी गर्ने प्रस्ताव स्वीकृत गरेको हो । “नेपाल पुनर्बिमा कम्पनीमा नेपाल सरकारको थप हदप्रद सेयर लगानी गर्न बैठकले स्वीकृति प्रदान गरेको छ,” निणर्यमा भनिएको छ । सरकारले हकप्रदमार्फत कम्पनीमा सेयरहिस्सा बढाउने छ । हाल कम्पनीको सबैभन्दा धेरै सेयर होल्डर नै सरकार ...

कर्पोरट खबर
जाजरकोटमा भतिजाको कोदालो प्रहारबाट काकाको मृत्यु
Latest NewsJust now

जाजरकोटमा भतिजाको कोदालो प्रहारबाट काकाको मृत्यु

वासुदेव शर्माजाजरकोट, कात्तिक १८ गते । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भतिजाले कोदालो प्रहार गर्दा काकाको मृत्यु भएको छ ।जुनीचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले जेठा ब... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play