Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/अमेरिकामै राउटर एसेम्बल गर्ने तयारीमा टीपी–लिङ्क, सन् २०२७ देखि उत्पादन सुरु हुन सक्ने

अमेरिकामै राउटर एसेम्बल गर्ने तयारीमा टीपी–लिङ्क, सन् २०२७ देखि उत्पादन सुरु हुन सक्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामै राउटर एसेम्बल गर्ने तयारीमा टीपी–लिङ्क, सन् २०२७ देखि उत्पादन सुरु हुन सक्ने

अमेरिकाले विदेशमा बनेका नयाँ राउटरको बिक्रीमा प्रतिबन्ध लगाएपछि टीपी–लिङ्कले अमेरिकामै राउटर एसेम्बल गर्ने तयारी गरेको छ। कम्पनीले उत्पादक कम्पनी की ट्रोनिकसँग आशयपत्रमा हस्ताक्षर गरेको छ। नियामक निकायको स्वीकृति पाएमा सन् २०२७ को सुरुवातदेखि मिसिसिपीस्थित उत्पादन केन्द्रमा राउटर एसेम्बल गर्ने काम सुरु हुन सक्ने कम्पनीले जनाएको छ। इन्ग्याजेटका अनुसार उत्पादन सुरु भएपछि की ट्रोनिकले टीपी–लिङ्कका उत्पादनमध्ये सुरुमा वाइफाइ ८ राउटर एसेम्बल गर्ने अपेक्षा गरिएको छ। टीपी–लिङ्कले यो सम्झौता अमेरिकामा उच्च प्रविधियुक्त उत्पादनमा लगानी बढाउने, रोजगारी सिर्जना गर्ने र अमेरिकी भूमिमै आगामी पुस्ताका उत्पादनको डिजाइन तथा एसेम्बल गर्ने दीर्घकालीन प्रयासको हिस्सा भएको बताएको छ। यद्यपि, कम्पनीले आवश्यक पार्टपुर्जा अमेरिकाबाहिरबाटै ल्याउनुपर्ने जनाएको छ। टीपी–लिङ्कका कर्पोरेट मामिला अधिकारी स्टिभ कोभस्कीले पीसी म्यागलाई भने, “धेरै पार्टपुर्जा अमेरिकाभित्रै उपलब्ध छैनन्। यो टीपी–लिङ्कको मात्र समस्या होइन। उत्पादन अमेरिका भित्र्याउन खोजिरहेका सबै उत्पादकले सामना गरिरहेको समस्या हो।” गत मार्चमा अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले अमेरिकाबाहिर बनेका सबै उपभोक्ता राउटरलाई सुरक्षाका लागि जोखिमयुक्त ठहर गर्दै तिनको आयातमा प्रतिबन्ध लगाएको थियो। यद्यपि, खुद्रा विक्रेताहरूलाई पसलमा पहिलेदेखि मौज्दात रहेका राउटर बिक्री गर्न अनुमति दिइएको थियो। एफसीसीले जारी गरेको सूचनाअनुसार कम्पनीहरूले प्रतिबन्धबाट छुट पाउन निवेदन दिन सक्नेछन्। तर, त्यसका लागि उनीहरूले उत्पादनको कम्तीमा केही हिस्सा अमेरिकामा सार्ने योजना बनाउनुपर्नेछ। धेरै कम्पनीले यस्तो छुट पाइसकेका छन्। तर, टीपी–लिङ्कले भने हालसम्म छुट पाएको छैन। The post अमेरिकामै राउटर एसेम्बल गर्ने तयारीमा टीपी–लिङ्क, सन् २०२७ देखि उत्पादन सुरु हुन सक्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

नेटफ्लिक्सको तेस्रो त्रैमासिक नतिजा पूर्वानुमानभन्दा राम्रो, प्रयोगकर्ता टिकाइराख्ने चुनौती
प्रविधिJust now

नेटफ्लिक्सको तेस्रो त्रैमासिक नतिजा पूर्वानुमानभन्दा राम्रो, प्रयोगकर्ता टिकाइराख्ने चुनौती

नेटफ्लिक्सको तेस्रो त्रैमासिक नतिजा अधिकांश पूर्वानुमानभन्दा राम्रो देखिएको छ, तर कम्पनीले आर्थिक वर्ष २०२६ का लागि आफ्नो प्रक्षेपणमा भने केही कटौती गरेको छ। कर्मचारी कटौतीका लागि लागेको खर्च र विज्ञापन प्रविधि विकासमा भएको ढिलाइका कारण विज्ञापन बिक्री सुस्त हुनुले गर्दा यो प्रक्षेपण घटाइएको हो। यसका साथै, कम्पनीले सन् २०२७ को मार्चदेखि कोलम्बिया, पेरु र न्युजिल्यान्डमा विज्ञापन सेवा सुरु गर्ने घोषणा गरेको छ। यसअघि, ...

टेक्नोलोजी खबर
हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ
प्रविधिJust now

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी नोक्सानी पुर्याएको आरोपमा पाकिस्तानका अधिकारीहरूले ३३ वर्षीय फहीम अकरमलाई पक्राउ गरेका छन् । उनीमाथि अनलाइनमार्फत नक्कली हुलाक लेबल बिक्री गर्ने वेबसाइट सञ्चालन गरेको आरोप छ। राष्ट्रिय साइबर अपराध अनुसन्धान एजेन्सीका वरिष्ठ अधिकारी आतिफ अमीरका अनुसार अकरमलाई एक सातासम्म खोजी गरेपछि मङ्गलबार पक्राउ गरिएको हो । उनले सन् २०२३ अगस्टदेखि सन् २०२६ ...

टेक्नोलोजी खबर
गुगलको सिन्थआईडी एआई डिटेक्टर वेबसाइट कसरी प्रयोग गर्ने?
प्रविधिJust now

गुगलको सिन्थआईडी एआई डिटेक्टर वेबसाइट कसरी प्रयोग गर्ने?

पछिल्ला वर्षहरूमा तस्बिर, भिडियो र गीतसमेत तयार पार्ने जेनेरेटिभ एआई उपकरणको प्रयोग बढेसँगै इन्टरनेटमा देखिने वा सुनिने सामग्री वास्तविक हो कि होइन भन्ने छुट्याउन कठिन भएको छ। जेनेरेटिभ एआईका ठूला प्रदायकमध्ये एक गुगलले अब आफूले तयार पारेको सामग्री पहिचान गर्न सहज बनाएको छ। कम्पनीले नयाँ सिन्थआईडी डिटेक्टर सार्वजनिक गरेको छ। यसबाट जोकोहीले तस्बिर, भिडियो वा अडियो फाइल एआईबाट बनाइएको हो कि ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play