Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/अमेरिकामा नयाँ कारखाना बनाउन चीनमा चिप उपकरण निर्यातको अनुमति खोज्दै एसके हाइनिक्स

अमेरिकामा नयाँ कारखाना बनाउन चीनमा चिप उपकरण निर्यातको अनुमति खोज्दै एसके हाइनिक्स

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामा नयाँ कारखाना बनाउन चीनमा चिप उपकरण निर्यातको अनुमति खोज्दै एसके हाइनिक्स

दक्षिण कोरियाली चिप निर्माता एसके हाइनिक्सले अमेरिकामा नयाँ कारखाना निर्माण गर्ने योजनासँगै चीनमा चिप उत्पादन बढाउन अमेरिकी उपकरण निर्यातको अनुमति मागेको छ। यस विषयमा जानकार दुई व्यक्तिका अनुसार कम्पनीले चीनस्थित कारखानामा थप उपकरण लैजान वासिङ्टनसँग स्वीकृति खोजिरहेको छ। अमेरिकी उत्पादन क्षमता पुनर्निर्माण गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एसके हाइनिक्स, सामसङ र अन्य विदेशी चिप निर्मातालाई अमेरिकामा कारखाना स्थापना गर्न दबाब दिइरहेको छ। विश्व बजारमा मेमोरी चिपको अभाव र मूल्यवृद्धि भइरहेका बेला एसके हाइनिक्सको अमेरिकी एकाइ सोलिडिग्मले चीनको डालियानस्थित कारखानामा प्रयोग नभएको ठाउँमा नयाँ उपकरण जडान गरेर न्यान्ड चिप उत्पादन गर्न चाहेको छ। न्यान्ड फ्ल्यास मेमोरी कृत्रिम बुद्धिमत्ता (एआई) र क्लाउड कम्प्युटिङका लागि डाटा सेन्टरमा प्रयोग हुने सोलिड स्टेट ड्राइभ (एसएसडी) मा प्रयोग गरिन्छ। रोयटर्सका अनुसार डालियानस्थित न्यान्ड कारखानामा ल्याम रिसर्च, एप्लाइड मटेरियल्स र केएलएजस्ता अमेरिकी सेमिकन्डक्टर उपकरण निर्माताका उपकरण प्रयोग भइरहेका छन्। चीनको डालियान कारखानाका लागि थप अमेरिकी उपकरण खरिद गर्न निर्यात अनुमति मागिएको र अमेरिकामा नयाँ न्यान्ड कारखाना बनाउने योजनालाई चीनस्थित कारखानासँग जोडिएको विषय यसअघि सार्वजनिक भएको थिएन। एसके हाइनिक्सले दिएको प्रतिक्रियामा भनेको छ, “मोड बीका लागि उपकरण जडान गर्ने काम अमेरिकी सरकारसँगको निकट परामर्श र उसको अनुमतिमा भइरहेको छ।” कम्पनीले सन् २०२३ मा निर्माण सम्पन्न भएको डालियानस्थित मोड बीको उत्पादन क्षमता विस्तार गर्न नखोजिएको पनि जनाएको छ। सोलिडिग्मले भने यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ। निर्यात नियन्त्रणको जिम्मेवारी सम्हाल्ने र सेमिकन्डक्टर उत्पादनमा लगानीसम्बन्धी वार्ता गर्ने अमेरिकी वाणिज्य मन्त्रालयले यस विषयमा टिप्पणीका लागि गरिएको अनुरोधको जवाफ दिएको छैन। अमेरिकाले एआई र सैन्य प्रयोजनमा प्रयोग हुन सक्ने अत्याधुनिक सेमिकन्डक्टर विकासलाई सुस्त बनाउने उद्देश्यले चीनमा चिप उत्पादन गर्ने उपकरण निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ। वासिङ्टनले यी प्रविधिलाई राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण मानेको छ। रोयटर्सले गत महिना सोलिडिग्मले अमेरिकामा न्यान्ड फ्ल्यास मेमोरी चिप कारखाना बनाउने सम्भावनाबारे विचार गरिरहेको समाचार सार्वजनिक गरेको थियो। सेमिकन्डक्टर उद्योगमा फ्याब भनिने यस्ता कारखाना निर्माण गर्न वर्षौं समय र अर्बौँ डलर खर्च लाग्छ। चीनमा उत्पादन बढाउन पाए सोलिडिग्मलाई अमेरिकामा न्यान्ड कारखाना निर्माणका लागि आवश्यक रकम जुटाउन सहयोग पुग्ने यस विषयमा जानकार एक व्यक्तिले बताएका छन्। यसले अमेरिकामा उत्पादन बढाउने दिशामा अघि बढ्न पनि सहयोग गर्नेछ। अर्का एक स्रोतका अनुसार सोलिडिग्मले सन् २०२७ मै प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सेयर बिक्री गर्ने सम्भावनाबारे पनि विचार गरिरहेको छ। यसबाट प्राप्त रकमले अमेरिकी कारखाना निर्माणमा सहयोग पुग्न सक्छ। केही वर्षअघि मेमोरी चिप बजारमा आएको मन्दीपछि अहिले न्यान्ड बजारमा माग बढेको छ। आगामी केही वर्षसम्म पनि आपूर्ति सीमित रहने अपेक्षा गरिएको टेकइन्साइट्सका मेमोरी उद्योग विशेषज्ञ वाल्ट कुनले बताएका छन्। उनका अनुसार सन् २०२३ को मध्ययता न्यान्डको मूल्य सात गुणाले बढेको छ। गत वर्ष अमेरिकी वाणिज्य मन्त्रालयले चीनस्थित कारखानामा अमेरिकी उपकरण प्रयोग गर्न छुट दिने एसके हाइनिक्स र सामसङका पुराना अनुमतिहरू खारेज गरेको थियो। मन्त्रालयले ती अनुमतिलाई तत्कालीन राष्ट्रपति जो बाइडेनको कार्यकालमा रहेको ‘कमजोरी’ भन्दै व्याख्या गरेको थियो। The post अमेरिकामा नयाँ कारखाना बनाउन चीनमा चिप उपकरण निर्यातको अनुमति खोज्दै एसके हाइनिक्स appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

NPL सिजन ३ का लागि हुन्डाई नेपाल र डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सबीच साझेदारी
प्रविधिJust now

NPL सिजन ३ का लागि हुन्डाई नेपाल र डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सबीच साझेदारी

३० असोज, काठमाडौं। नेपाल प्रिमियर लिग (NPL) को आगामी तेस्रो सिजनका लागि हुन्डाई नेपाल र डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सबीच “Driven by Hyundai” अन्तर्गत साझेदारी भएको छ। दोस्रो सिजनको विजेता लुम्बिनी लायन्सको उपाधि रक्षा यात्रालाई सहयोग गर्दै नेपाली क्रिकेट समुदाय र खेल प्रतिभालाई प्रोत्साहन गर्न यो रणनीतिक सहकार्य गरिएको हो। हुन्डाई नेपालले नेपाल प्रिमियर लिग (NPL) […] The post NPL सिजन ३ ...

आइसिटी फ्रेम
स्मार्ट उपकरणमा एआई मोडेल आफैँ फैलिन सक्ने जोखिम रहेको एन्थ्रोपिकको अध्ययन
प्रविधिJust now

स्मार्ट उपकरणमा एआई मोडेल आफैँ फैलिन सक्ने जोखिम रहेको एन्थ्रोपिकको अध्ययन

कृत्रिम बुद्धिमत्ता अर्थात् एआईका साना मोडेल सन् २०२६ को अन्त्यसम्ममा स्मार्ट टिभी र घरायसी उपकरणसहित इन्टरनेटमा जोडिएका विभिन्न उपकरणमा आफैँ फैलिन सक्ने क्षमताको नजिक पुग्न सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। एन्थ्रोपिकका अनुसन्धानकर्ताहरूका अनुसार यस्तो अवस्था पूर्ण रूपमा विकसित भइसकेको छैन। तर प्रयोगका क्रममा केही एआई मोडेलले मानवीय हस्तक्षेपबिना अन्य उपकरणमा आफूलाई स्थापना गर्न आवश्यक पर्ने अधिकांश चरण पूरा गर्न सक्ने देखिएको ...

टेक्नोलोजी खबर
सामसङ ग्यालेक्सी A17 5G नेपालमा सार्वजनिक: २४ महिनाको EMI अफर र एक्सचेन्ज बोनस
प्रविधिJust now

सामसङ ग्यालेक्सी A17 5G नेपालमा सार्वजनिक: २४ महिनाको EMI अफर र एक्सचेन्ज बोनस

३० असोज, काठमाडौं। सजिलो २४ महिनाको EMI प्लानमा अब सामसङ ग्यालेक्सी A17 5G उपलब्ध यस चाडपर्वको अवसरमा, मात्र रु. १,२२१ बाट सुरु हुने २४ महिनाको EMI र रु. ३,००० को एक्सचेन्ज बोनसका साथ सामसङ ग्यालेक्सी A17 5G मा अपग्रेड गर्नुहोस्। ग्राहकहरूका लागि ग्यालेक्सी स्मार्टफोनहरू अझ सहज बनाउने प्रयासलाई निरन्तरता दिँदै, सामसङ मोबाइल नेपालले चाडपर्वको अवसरमा […] The post सामसङ ग्यालेक्सी A17 ...

आइसिटी फ्रेम
सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’
प्रविधिJust now

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’

३० असोज, काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ । बैंकले एनपीएलसँगको आफ्नो सहकार्यलाई डिजिटल माध्यमसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई मनोरञ्जनसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गरेको हो। मोबाइल बैंकिङ एपको लगइन स्क्रिनमा उपलब्ध यस गेममा प्रयोगकर्ताले […] The post सिद्धार्थ बैंकको मोबाइल ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play