Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

अमेरिकामा डाटा सेन्टर विस्तार रोक्न अधिकांश स्थानीय तहका प्रस्ताव पारित

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामा डाटा सेन्टर विस्तार रोक्न अधिकांश स्थानीय तहका प्रस्ताव पारित
Photo / Coverage: टेक्नोलोजी खबर

अमेरिकाका विभिन्न राज्यमा डाटा सेन्टर निर्माण तथा विस्तारलाई नियन्त्रण गर्ने पक्षमा अधिकांश मतदाताले मतदान गरेका छन्। मंगलबार सम्पन्न स्थानीय निर्वाचनमा १० राज्यका ४५ वटा मतदान प्रस्तावमार्फत डाटा सेन्टरसम्बन्धी निर्णय गरिएको थियो। मतदानको नतिजा ट्र्याक गर्ने वेबसाइट ‘डाटा सेन्टर्स अन द ब्यालट’ का अनुसार बुधबार बिहानसम्म डाटा सेन्टरलाई कुनै न कुनै रूपमा नियन्त्रण गर्ने ३३ वटा प्रस्ताव पारित भएका थिए। थप ६ वटा प्रस्ताव पनि पारित हुने अनुमान गरिएको थियो। समग्रमा नर्थ डकोटा राज्यको हारवुड सहरमा मात्रै ठूला औद्योगिक परियोजना स्वीकृत गर्नुअघि स्थानीय सरकारले सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था लागू गर्ने प्रस्ताव अस्वीकृत भएको थियो। उक्त प्रस्तावमा १०० मेगावाट क्षमताका डाटा सेन्टरजस्ता ठूला परियोजना पनि समेटिएका थिए। पाँच स्थानीय तहको मतदान परिणाम भने सार्वजनिक हुन बाँकी थियो। इन्ग्याजैटका अनुसार पारित भएका प्रस्तावमा डाटा सेन्टर निर्माणमा पूर्ण प्रतिबन्ध लगाउने, निश्चित अवधिका लागि निर्माण रोक्ने, ऊर्जा प्रयोगमा सीमा तोक्ने र परियोजना अघि बढाउनुअघि निर्वाचित जनप्रतिनिधिले स्थानीय जनताको स्वीकृति लिनुपर्ने व्यवस्था गर्नेजस्ता विषय समेटिएका छन्। डाटा सेन्टर निर्माणको विरोधमा सबैभन्दा धेरै मत ओहायो राज्यमा देखिएको छ। हाल यस राज्यमा २५७ वटा डाटा सेन्टर सञ्चालनमा छन्। मंगलबार राज्यका २० वटा मतदान प्रस्तावमा डाटा सेन्टरलाई नियन्त्रण गर्ने विषय समेटिएको थियो। ती सबैमा नियन्त्रणको पक्षमा प्रस्ताव पारित भइसकेको वा पारित हुने अनुमान गरिएको थियो। ओहायोका अर्बाना र हबर्ड सहरमा डाटा सेन्टर निर्माणमा पूर्ण प्रतिबन्ध लगाउने प्रस्तावसमेत मतदानमा राखिएको थियो। ती प्रस्तावको पक्षमा क्रमशः ७६ र ७७ प्रतिशत मत परेको थियो। ओहायोको अमेरिकी सिनेट निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार शेरोड ब्राउनले डाटा सेन्टर निर्माणको विरोधलाई आफ्नो प्रमुख चुनावी मुद्दा बनाएका थिए। उनले आफ्ना प्रतिस्पर्धी सिनेटर जोन हस्टेडलाई राज्यमा २०० भन्दा बढी डाटा सेन्टर निर्माण हुनुको जिम्मेवार भन्दै आलोचना गरेका थिए। एसोसिएटेड प्रेसले मंगलबार राति ब्राउनलाई उक्त निर्वाचनको विजेता घोषणा गरेको थियो। अमेरिकाका अन्य निर्वाचन क्षेत्रमा पनि डाटा सेन्टरप्रतिको असन्तुष्टिले चुनावी परिणाममा प्रभाव पारेको देखिएको छ। एनबीसीको निर्वाचनपछिको सर्वेक्षणअनुसार ५६ प्रतिशत मतदाताले एआई र डाटा सेन्टरलाई कंग्रेसका लागि मतदान गर्दा महत्त्वपूर्ण वा प्रमुख प्रभाव पार्ने विषयका रूपमा लिएको बताएका छन्। The post अमेरिकामा डाटा सेन्टर विस्तार रोक्न अधिकांश स्थानीय तहका प्रस्ताव पारित appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बाईदूले सार्वजनिक गर्‍यो ‘अपोलो वर्ल्ड मोडल’, एआईलाई एआईमार्फत सवारी चलाउन सिकाउन मद्दत गर्ने
TechnologyJust now

बाईदूले सार्वजनिक गर्‍यो ‘अपोलो वर्ल्ड मोडल’, एआईलाई एआईमार्फत सवारी चलाउन सिकाउन मद्दत गर्ने

बाईदूले ‘अपोलो वर्ल्ड’को अनावरण गरेको छ, जुन एक विश्व मोडेल हो जसले एआई प्रयोग गरेर अन्तरक्रियात्मक भर्चुअल ट्राफिक वातावरण सिर्जना गर्दछ जहाँ स्वायत्त ड्राइभिङ प्रणालीहरूले ड्राइभिङ रणनीतिहरूलाई तालिम दिन र प्रमाणित गर्न सक्छन्। चिनियाँ प्रविधि दिग्गजले नोभेम्बर ४ मा एक विज्ञप्तिमार्फत मोडेल पहिले नै यसको अपोलो गो रोबोट्याक्सी सेवाको विश्वव्यापी परीक्षण र प्रमाणीकरणको लागि प्रयोग भइरहेको बताएको छ। कम्पनीका अनुसार, अपोलो वर्ल्ड ...

टेक्नोलोजी खबर
एआईले मानिस होइन, मानिसले एआई चलाउन सक्नुपर्छ : विज्ञ
TechnologyJust now

एआईले मानिस होइन, मानिसले एआई चलाउन सक्नुपर्छ : विज्ञ

काठमाडौं । विभिन्न क्षेत्रका विज्ञहरूले कृत्रिम बुद्धिमत्ता (एआई) का कारण रोजगारी गुम्ने चिन्ताभन्दा यसको सही प्रयोग गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।डिजिटल मिडिया फाउन्डेसनद्वारा शनिबार राजधानीस्थित होटल हिमालयमा आयोजित ‘नेसनल एआई समिट २०२६’ मा उनीहरूले एआईलाई मानिसको विकल्पका रूपमा नभई कामलाई प्रभावकारी बनाउने उपकरणका रूपमा प्रयोग गर्नुपर्ने बताउँदै शिक्षा प्रणाली, पाठ्यक्रम र सीप विकासमा समयानुकूल ...

आइसिटी समाचार
भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क पढाइने
TechnologyJust now

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क पढाइने

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि बढाएको छ ।प्रथम चरणमा २७ जना विद्यार्थीलाई यो छात्रवृत्ति उपलब्ध गराइने निर्णय गरिएको छ भने यसपछि क्रमश: पहिचान गर्दै विभिन्न चरणमा थप विद्यार्थीलाई छात्रवृत्ति दिइँदै जाने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।मन्त्रालयले यसअघि नै ...

आइसिटी समाचार
साइबर ठगी नियन्त्रण गर्न २४ सै घण्टा सक्रिय केन्द्र सञ्चालनमा, उजुरीका लागि १२४७ मा फोन गर्न सकिने
TechnologyJust now

साइबर ठगी नियन्त्रण गर्न २४ सै घण्टा सक्रिय केन्द्र सञ्चालनमा, उजुरीका लागि १२४७ मा फोन गर्न सकिने

काठमाडौं । अनलाइन ठगी तथा साइबर अपराधका घटना तत्काल नियन्त्रण गरी पीडितलाई छिटो राहत उपलब्ध गराउने उद्देश्यले नेपाल प्रहरीले ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा ल्याएको छ । गृह मन्त्रालयको समन्वयमा स्थापना गरिएको उक्त केन्द्रले साइबर ठगीविरुद्ध चौबीसै घण्टा सेवा प्रदान गर्न थालेको हो ।सामाखुसीस्थित नेपाल प्रहरी साइबर ब्यूरोको नयाँ भवनमा स्थापना गरिएको यस केन्द्रले बैंक तथा वित्तीय संस्था, सुरक्षा ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play