Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदै
Photo / Coverage: पर्दाफास

अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको दुई वर्ष पूरा हुन लाग्दा हुन लागेको यो निर्वाचनलाई उनको प्रशासनप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ । यस निर्वाचनबाट अमेरिकी संसद् कंग्रेसका दुवै सदन (प्रतिनिधि सभा र सिनेट) को शक्ति सन्तुलन निर्धारण हुनेछ । निर्वाचनको नतिजाले ट्रम्प प्रशासनले आगामी दुई वर्षमा आफ्नो नीति तथा कार्यक्रम अघि बढाउन कति सहजता पाउँछ भन्ने पनि तय गर्नेछ । अमेरिकी निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा मतदाताले आफ्नो राज्य र निर्वाचन क्षेत्रअनुसार संघीय, राज्य तथा स्थानीय तहका प्रतिनिधि चयन गर्नेछन् । यस निर्वाचनमा प्रतिनिधि सभाका सबै ४३५ सिट र सिनेटका १०० मध्ये ३५ सिटका लागि मतदान हुँदैछ । सिनेटका ३३ नियमित सिटसँगै दुई विशेष निर्वाचन पनि हुँदैछन् । त्यस्तै, ३६ राज्यमा गभर्नर चयनका लागि पनि मतदान हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
OthersJust now

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४५ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० ...

पर्दाफास
श्रम संस्कृति पार्टीद्वारा ‘श्रम ब्रिगेड’ गठन, संयोजकमा रजत किराती
OthersJust now

श्रम संस्कृति पार्टीद्वारा ‘श्रम ब्रिगेड’ गठन, संयोजकमा रजत किराती

श्रम संस्कृति पार्टीले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा ‘श्रम ब्रिगेड’ गठन गरेको छ । पार्टीको षडानन्द नगर कार्यसमितिले घोषणा गरेको श्रम ब्रिगेडको संयोजकमा रजत किराती रहेका छन् । के हो त श्रम ब्रिगेडको अवधारणा ? श्रम ब्रिगेड दक्ष श्रमदाताहरूको छरितो र प्राविधिक टिम हो। यस टिमसँग आवश्यक प्राविधिक ज्ञान, सीप र उपकरणहरू हुनेछन् । सार्वजनिक तथा भौतिक पूर्वाधारमा समस्या उत्पन्न हुँदा लामो ...

पर्दाफास
भवन तयार हुँदा पनि सञ्चालनमा आएन आठपहरिया संग्रहालय
OthersJust now

भवन तयार हुँदा पनि सञ्चालनमा आएन आठपहरिया संग्रहालय

२ करोड ५८ लाख रुपैयाँ खर्चेर बनाइएको भवनमा आँगन, भित्री व्यवस्थापन र सामग्री संकलनको काम बाँकी; सञ्चालनको जिम्मेवारी कसले लिने भन्नेमा अन्योल । ...

अनलाइन खबर
शारदा नगरपालिकाले सुरु गर्‍यो रोजगार बैंक
OthersJust now

शारदा नगरपालिकाले सुरु गर्‍यो रोजगार बैंक

१७ कात्तिक, सल्यान । सल्यानको शारदा नगरपालिकाले सिपयुक्त तथा जाँगरिला युवालाई श्रम बजारसँग जोड्ने उद्देश्यले ‘रोजगार बैंक’ सञ्चालनमा ल्याएको छ। नगरपालिकाले दक्ष, अर्धदक्ष तथा साधारण सीप भएका युवाको विवरण संकलन गरी रोजगारीका अवसरसँग जोड्ने लक्ष्य राखेको छ। रोजगार बैंकमार्फत विशेषगरी नगरपालिकाभित्रै आवश्यक जनशक्तिको व्यवस्थापन गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना रहेको नगर प्रमुख प्रकाश… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play