Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का
Photo / Coverage: केन्द्रबिन्दु

वासिङ्टन । अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले आफ्नो नियन्त्रणमा रहेको महत्त्वपूर्ण राष्ट्रिय आपराधिक सूचना प्रणाली ह्याक भएको आशंकामा अनुसन्धान सुरु गरेको छ । घटनाबारे जानकार एक व्यक्तिका अनुसार एफबीआईले शनिबार उक्त साइबर आक्रमणको अनुसन्धान गरिरहेको छ । ती व्यक्तिले नाम सार्वजनिक नगर्ने सर्तमा एसोसिएटेड प्रेस (एपी) लाई यसबारे जानकारी दिएका हुन् । यसअघि सीएनएनले पनि सम्भावित ह्याकिङबारे समाचार प्रकाशित गरेको थियो । नेसनल क्राइम इन्फर्मेसन सेन्टर (एनसीआईसी) नामक उक्त कम्प्युटर प्रणालीमा आपराधिक न्यायसँग सम्बन्धित महत्त्वपूर्ण सूचना सङ्ग्रह गरिन्छ । यसमा फरार अभियुक्त, बेपत्ता व्यक्ति, आपराधिक इतिहास, चोरी भएका सम्पत्ति तथा अन्य कानुन कार्यान्वयनसम्बन्धी विवरण समावेश छन् । उक्त प्रणाली स्थानीय, राज्य तथा संघीय तहका कानुन कार्यान्वयन निकायहरूले प्रयोग गर्दै आएका छन् । सम्भावित साइबर आक्रमणबारे शनिबार प्रतिक्रिया माग्दा एफबीआईले टिप्पणी गर्न अस्वीकार गरेको एपीले जनाएको छ । एनसीआईसी अमेरिकाको कानुन कार्यान्वयन प्रणालीका लागि महत्त्वपूर्ण सूचना स्रोत भएकाले यसमा भएको सम्भावित अनधिकृत प्रवेशले आपराधिक सूचना तथा सुरक्षा व्यवस्थासम्बन्धी गम्भीर चासो उत्पन्न गरेको छ । यद्यपि, ह्याकिङको प्रकृति, यसमा संलग्न पक्ष तथा कुन–कुन सूचना प्रभावित भए भन्नेबारे हालसम्म आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
२५० करोड भारु खर्चेर ‘रेनोभेट’ गरेको दिल्लीको ताज महल : जहाँ बस्दै छन् प्रधानमन्त्री शाह
Latest NewsJust now

२५० करोड भारु खर्चेर ‘रेनोभेट’ गरेको दिल्लीको ताज महल : जहाँ बस्दै छन् प्रधानमन्त्री शाह

भारतको २ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई राखिएको प्रसिद्ध होटल ताज महल विश्वकै चर्चित व्यावसायिक घराना टाटा समूहको हो। टाटा समूहको स्वामित्वमा रहेको इन्डियन होटल्स कम्पनी लिमिटेड (आईएचसीएल)ले ३ वर्ष अगाडि करिब २५० करोड भारतीय रुपैयाँ खर्चेर होटलको पुनर्निर्माण गरेको थियो। ताज मानसिंहका नामले समेत परिचित यो होटल दिल्लीको विलासी आतिथ्य क्षेत्र... ...

नेपालखबर
नयाँ दिल्लीमा प्रधानमन्त्री बालेनसँग भेटघाट सुरु
Latest NewsJust now

नयाँ दिल्लीमा प्रधानमन्त्री बालेनसँग भेटघाट सुरु

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहसँग नयाँ दिल्लीमा भेटघाट सुरु भएको छ । आइतबार साँझ प्रधानमन्त्री शाह र भारतीय नेताहरूबिच भेटघाट सुरु भएको हो । नयाँदिल्लीस्थित होटल ताजमहलमा... ...

रातोपाटी
कीर्तिपुरको सिरक–डसना उद्योगमा आगलागी, २५ लाखको क्षति
Latest NewsJust now

कीर्तिपुरको सिरक–डसना उद्योगमा आगलागी, २५ लाखको क्षति

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–९ ढल्पास्थित सिरक–डसना उद्योगमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। विकास चौधरीले सञ्चालन गर्दै आएको उद्योगमा आइतबार दिउँसो करिब २ः३० बजे आगलागी भएको हो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको देखिएको छ। आगलागीबाट उद्योगमा रहेका तीनवटा मेसिन तथा गोदाममा भण्डारण गरिएका सिरक–डसना जलेर क्षति पुगेको उद्योग सञ्चालक चौधरीले जानकारी दिए। उनका अनुसार ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement