काठमाडौं । अमेरिकामा बस्दै आएकी नेपाली लोकगायिका अमृता लुङ्गेली मगरको स्वरमा तिहार विशेष गीत ‘झिलीमिली देउसी भैलो’ सार्वजनिक भएको छ । तिहारको सांस्कृतिक परम्परा, देउसीभैलो र दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय सम्बन्धलाई समेटेर तयार पारिएको गीत दीपावलीको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो । गीतमा राजु परियार, घमेश दुलाल, सरोज बिरही कार्की, सीता थापा, राधिका हमाल र अमृता लुङ्गेली मगरको स्वर रहेको छ । गीतका शब्द, संगीत तथा संगीत संयोजन सरोज बिरही कार्कीले गरेका हुन् । खगेन्द्र गिरीको निर्देशनमा तयार भएको गीतको भिडियोमा पीएन सापकोटा, सम्झना लामिछाने मगर र अमिस उपरकोटीले अभिनय गरेका छन् । भिडियोको छायांकन केशव विश्वकर्मा र सम्पादन कल्पेश विश्वकर्माले गरेका हुन् । गीत गायिका अमृता लुङ्गेली मगरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । करिब दुई दशकदेखि नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय लुङ्गेली मगरका ‘साली भेना’, ‘देउसी भैलो’, ‘बाच्छी कहाँ हरायो’, ‘जो धेरै नाच्छ उ धेरै बाँच्छ’, ‘सरर प्लेनमा आए’ र ‘के होला शुभ नाम’ लगायत गीत सार्वजनिक छन् । सांगीतिक क्षेत्रमा पुर्याएको योगदानका लागि उनले विभिन्न पुरस्कार तथा सम्मानसमेत प्राप्त गरेकी छन् । गायिकाका रूपमा ‘एक्स्ट्राअर्डिनरी भिसा’ प्राप्त गरेकी लुङ्गेली मगर हाल परिवारसहित अमेरिकामा बस्दै आएकी छन् । विदेशमा रहेर पनि नेपाली लोकसंगीतमा निरन्तर सक्रिय रहेकी उनले नयाँ तिहार गीतमार्फत नेपाली मौलिक संस्कृति र चाडपर्वको रौनकलाई संगीतमा उतारेकी छन् ।
अमृताको तिहार गीत सार्वजनिक

Read Complete Original Article
Published originally on नेपालन्युज






