Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

अभिनव साहित्य समाजको २९८औं शृंखला सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
अभिनव साहित्य समाजको २९८औं शृंखला सम्पन्न
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । अभिनव साहित्य समाजको २९८औं शृंखलाअन्तर्गत यस वर्षको हरि अभिनव पुरस्कार तथा सम्मानपत्र संशोधन मण्डललाई अर्पण गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औं जन्मजयन्ती विशेष कार्यक्रम तथा नियमित मासिक कविगोष्ठीसहितको साहित्यिक समारोह सम्पन्न भएको हो । समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व महानिर्देशक (भूमिसुधार विभाग) तथा पूर्वअध्यक्ष (गुठी संस्थान) शम्भुप्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, संविधानसभा सदस्य तथा पूर्वप्रदेशमन्त्री रामेश्वर फुयाल, साहित्यकार शीतल गिरी, प्रह्लाद पोखरेल, प्रा.पुरुषोत्तम दाहाल, मञ्जु केसी प्रधान र नरेन्द्रराज पौडेललगायतको विशेष आतिथ्यता रहेको थियो । समाजका सचिव मेनका पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा सदस्य दिलीप अर्यालले स्वागत मन्तव्य राख्नुभएको थियो भने बीपी इलामेले सम्मानपत्र वाचन गर्नुभएको थियो । कार्यक्रममा संशोधन मण्डलका प्रतिनिधि प्राज्ञ दिनेशराज पन्तलाई स्वर्गीय हरिप्रसाद घिमिरेको नाममा स्थापित ३० हजार रुपैयाँ नगद राशिसहितको हरि अभिनव पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरिएको थियो । समारोहमा महाकवि देवकोटा र ज्यो.हरिप्रसाद घिमिरेको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरिएको थियो । त्यसपछि सहभागी स्रष्टाहरूले कविता वाचन गरेका थिए । समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिले महाकवि देवकोटा, हरिप्रसाद घिमिरे र अभिनव साहित्य समाजको योगदानबारे चर्चा गर्दै प्रस्तुत कविताहरूको समग्र मूल्यांकन गर्नुभएको थियो । उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापनसमेत गर्नुभयो ।कविगोष्ठीमा कविता वाचन गर्ने स्रष्टाहरूमध्ये दिवाकर न्यौपाने, कविराज घिमिरे, भावना न्यौपाने, सुशील राजोपाध्याय र ध्रुवराज थापा पुरुषलाई उत्कृष्ट रचना प्रस्तुत गरेबापत प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा कविता वाचन गर्ने अन्य स्रष्टाहरूमा सुरेशचन्द्र घिमिरे, पदम दाहाल, च्यवन बस्नेत, कृष्णप्रसाद पौडेल, निर्मल रमण पराजुली, एनबी जनकपुरी, पुनम घिमिरे, ओमप्रसाद कोइराला, डा.पुरुषोत्तम श्रेष्ठ, रत्ननिधि रेग्मी, ठाकुरप्रसाद खतिवडा, सुशील आचार्य, द्वारिका चालिसे, महेश्वर खनाल, दुर्गा घिमिरे, शर्मिला तिमल्सिना, जित कार्की, कृष्णप्रसाद नेपाल, गोपाल बराल, घनश्याम प्रसाईं, बासुदेव पौडेल र डा.शेखर अर्याललगायत ४१ जना सहभागी हुनुहुन्थ्यो । त्यसैगरी उद्धव रायमाझी, कोमल लामिछानेलगायत साहित्यप्रेमी तथा सहभागीहरूको उपस्थिति रहेको कार्यक्रममा एक सयभन्दा बढी व्यक्तित्वको सहभागिता रहेको समाजले जनाएको छ । साहित्यिक सिर्जना, स्रष्टा सम्मान र कवितामार्फत नेपाली भाषा तथा साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रमले महाकवि देवकोटाको साहित्यिक योगदानको स्मरण गर्नुका साथै समकालीन स्रष्टाहरूलाई सिर्जनात्मक अभिव्यक्तिको अवसर प्रदान गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ
Latest NewsJust now

पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

भोजपुर । पूर्वाधार निर्माणसँगै भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित कपासे भञ्ज्याङ पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । यस क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले पदमार्ग, प्रवेशद्वार तथा सुम्निमा–पारुहाङको सालिकलगायतका संरचना... ...

रातोपाटी
उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ सम्पन्न गरिँदै
Latest NewsJust now

उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ सम्पन्न गरिँदै

काठमाडौँ । सूर्य उपासनाको महापर्व छठको अन्तिम दिन आज (सप्तमी) बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक पूजा–आराधना गरी अर्घ्य दिइँदै छ । यससँगै चार दिनसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको आज औपचारिक... ...

रातोपाटी
‘परिवेश’ ५२औं शृंखलामा, कलाकार तथा प्राविधिक सम्मानित
Latest NewsJust now

‘परिवेश’ ५२औं शृंखलामा, कलाकार तथा प्राविधिक सम्मानित

काठमाडौं । निरन्तर प्रसारण हुँदै आएको टेलिसिरियल ‘परिवेश’ ५२औं शृंखलामा प्रवेश गरेको छ । सिरियलले ५२ भागको यात्रा पूरा गरेको अवसरमा आइतबार काठमाडौंको जरङखुस्थित साझा पार्टी प्यालेसमा कलाकारलाई सम्मान गरिएको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्र तथा संघसंस्थामा आबद्ध व्यक्तित्वहरूको उपस्थिति थियो । कार्यक्रममा सिरियलका कलाकार, प्राविधिक तथा निर्माण टोलीका सदस्यहरूलाई ...

हिमालय टाइम्स
शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै
Latest NewsJust now

शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

तनहुँ । तिहारको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाका किसानले सयपत्री फूल बिक्री गरेर रु नौ लाख ५३ हजार आम्दानी गर्न सफल भएका छन् । यस वर्ष तिहारमा नगरपालिकाभित्रका किसानले दुई हजार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play