Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

अब २४ सै घण्टा देउसी–भैलो खेल्न पाइने, मर्यादित हुन अनुरोध

Share:WhatsAppFacebookX (Twitter)Telegram
अब २४ सै घण्टा देउसी–भैलो खेल्न पाइने, मर्यादित हुन अनुरोध
Photo / Coverage: टक्सार

काठमाडौं। तिहारमा अब २४ सै घण्टा देउसी–भैलो खेल्न पाइने भएको छ। गृह मन्त्रालयले नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण हुने गरी देउसी–भैलो कार्यक्रम २४ घण्टा सञ्चालन गर्न दिन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले आइतबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै तिहारका अवसरमा सञ्चालन हुने परम्परागत देउसी–भैलो कार्यक्रमलाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न दिन अनुरोध गरेको हो। मन्त्रालयले देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक रूपमा सञ्चालन गर्न दिन तथा कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य नपार्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। त्यस्तै, कुनै जातजाति, धर्म, भाषा, लिङ्ग वा समुदायप्रति घृणा तथा द्वेष फैलाउने किसिमका अश्लील नृत्य, गीत, संगीत वा नारा प्रयोग गर्न नदिने व्यवस्था मिलाउन भनिएको छ। चाडपर्व मनाउने क्रममा जुवातास खेल्न नदिने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्ने तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउन नदिने व्यवस्था मिलाउन पनि गृह मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम तथा ध्वनि उपकरण प्रयोग नगर्न तथा अस्पताल, वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्दै वातावरणीय स्वच्छता कायम राख्न जथाभावी फोहोर नगर्ने व्यवस्था मिलाउन पनि भनिएको छ। देउसी–भैलो सञ्चालन वा चाडपर्व मनाउने क्रममा कुनै शङ्कास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा समस्या परेमा तत्काल प्रहरीको १०० नम्बर वा आपत्कालीन कार्य सञ्चालन केन्द्र ११४५ मा सम्पर्क गर्न गृह मन्त्रालयले अनुरोध गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सयपत्रीमा आत्मनिर्भरता बढाउँदै पोखरा महानगर
Latest NewsJust now

सयपत्रीमा आत्मनिर्भरता बढाउँदै पोखरा महानगर

पोखरा। तिहार नजिकिँदै गर्दा पोखराका बजारमा सयपत्री फूलको चहलपहल बढेको छ । सयपत्रीले बजार सजिन थालेका छन् भने कृषकहरू फूल टिप्ने, माला उन्ने र बिक्री वितरणको तयारीमा व्यस्त छन् । दिदीबहिनी र दाजुभाइबीचको स्नेह साटासाट गर्ने भाइटीकामा सयपत्रीको विशेष महत्व रहन्छ । यही अवसरलाई लक्षित गर्दै पोखराका कृषकहरू फूलखेती र बजारीकरणमा जुटेका हुन् । जसलाई पोखरा महानगरले सघाइरहेको छ । ...

नेपालन्युज
जलवायु वित्तको पहुँच र लगानी बढाउनु पर्छ : परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

जलवायु वित्तको पहुँच र लगानी बढाउनु पर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ, कात्तिक २३ गते । परराष्ट्रमन्त्री शिशिर खनालले पर्वतीय क्षेत्रको उत्थानशीलता अभिवृद्धिका लागि अनुकूलन वित्त (एडप्टेसन फाइनान्स) को परिचालन र पहुँच विस्तार गर्नुपर्नेमा जो... ...

गोरखापत्र
३१ औं कोप सम्मेलनकै दिन नेपालमा ‘महादेव हिमालयन रक्षा अभियान’को घोषणा
Latest NewsJust now

३१ औं कोप सम्मेलनकै दिन नेपालमा ‘महादेव हिमालयन रक्षा अभियान’को घोषणा

• नेपालमा ‘महादेव हिमालयन रक्षा अभियान’को घोषणा भएको छ, जसले जलवायु परिवर्तन र हिमालय क्षेत्रको संरक्षणमा ध्यान केन्द्रित गर्नेछ। • अभियानले टर्कीमा भइरहेको कोप–३१ सम्मेलनमा भोटेकाशी क्षेत्रमा भएको क्षतिपूर्ति र हिमाली राष्ट्रहरूको मुद्दा उठाउने योजना बनाएको छ। • डेटा सेन्टरको स्थापना गर्दा स्थानीय सहमति र वातावरणीय अध्ययनको आवश्यकता रहेको महताले चेतावनी दिएका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play