Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

अब ‘स्वस्थ मासु’ छापबिना मासु बेच्न नपाइने, उपत्यकामा आजदेखि नयाँ नियम लागू

Share:WhatsAppFacebookX (Twitter)Telegram
अब ‘स्वस्थ मासु’ छापबिना मासु बेच्न नपाइने, उपत्यकामा आजदेखि नयाँ नियम लागू
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । काठमाडौं उपत्यकामा अब पशु स्वास्थ्य परीक्षण र गुणस्तर प्रमाणीकरणबिना मासु बिक्री गर्न नपाइने भएको छ । लामो समयदेखि कार्यान्वयनमा आउन नसकेको ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ आजदेखि उपत्यकाका २१ वटै स्थानीय तहमा लागू भएको छ । ऐन जारी भएको २८ वर्षपछि सरकारले पहिलो चरणमा काठमाडौं, भक्तपुर र ललितपुरका दुई महानगरपालिका, १६ नगरपालिका र तीन गाउँपालिकामा यसको कार्यान्वयन सुरु गरेको हो । नयाँ व्यवस्थाअनुसार अब पशु वध गर्नुअघि अनिवार्य रूपमा पशु चिकित्सक वा प्राविधिकबाट स्वास्थ्य परीक्षण गराउनुपर्नेछ । स्वास्थ्य परीक्षणबाट खानयोग्य प्रमाणित भएका पशुपन्छीको मासुमा निरीक्षकले ‘स्वस्थ मासु’ लेखिएको आधिकारिक छाप लगाएपछि मात्रै बजारमा बिक्री गर्न पाइनेछ । स्वास्थ्य परीक्षण नगरिएको वा आधिकारिक छाप नलगाइएको मासु बिक्री तथा वितरण गर्न प्रतिबन्ध लगाइएको छ । ऐनले रोगी तथा मरेका खसी, बोका, भेडा, च्याङ्ग्रा, सुँगुर, बंगुर, भैंसी, बँदेल, खरायो, कुखुरा र हाँसलगायत पशुपन्छीको मासु बिक्रीमा समेत रोक लगाएको छ । त्यसैगरी, एउटा प्रजातिको मासुमा अर्को प्रजातिको मासु मिसाउन तथा मासुको प्राकृतिक गुण, स्वाद र तौल परिवर्तन गर्ने रसायन वा अन्य पदार्थ प्रयोग गर्न पनि पाइने छैन । मासु पसल तथा वधशाला सञ्चालन गर्न चाहने व्यवसायीले सम्बन्धित सरकारी निकायबाट अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरिएको छ । २४० मासु निरीक्षक परिचालन ऐन कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा प्रशासनिक तथा प्राविधिक संयन्त्र परिचालन गरेको छ । पशु सेवा विभागका अनुसार उपत्यकामा २४० जना दक्ष मासु निरीक्षक खटाइएको छ भने अनुगमन तथा प्राविधिक सहजीकरणका लागि १२ वटा विशेष कार्यदल गठन गरिएको छ । अनुगमन र नियमनका लागि काठमाडौं र ललितपुरमा तीन–तीन जना तथा भक्तपुरमा दुई जना सहसचिवस्तरका अधिकारी परिचालन गरिएको छ । त्यस्तै, २१ वटै स्थानीय तहमा उपसचिवको नेतृत्वमा दुई जना पशु चिकित्सकसहितको कार्यदल गठन गरिएको छ । ती कार्यदलले मासु व्यवसायीलाई नयाँ कानुनी व्यवस्थाबारे जानकारी तथा अभिमुखीकरणसमेत गराएका छन् । मंगलबार काठमाडौंको भ्याली कोल्डस्टोर र भक्तपुरको वधशालाबाट मासुमा ‘स्वस्थ’ छाप लगाउने कार्यको औपचारिक सुरुवात गरिएको छ । नियम उल्लंघन गरे तीन महिनासम्म कैद नयाँ व्यवस्था उल्लंघन गरी इजाजतपत्रबिना वधशाला सञ्चालन गर्ने, अस्वस्थ मासु बिक्री गर्ने वा आधिकारिक छापबिना मासु बेच्ने व्यवसायीलाई पाँच हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना, एक महिनादेखि तीन महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । यसैबीच सरकारले कानुनी सजाय थप कडा बनाउन ‘पशु वधशाला तथा मासु जाँच (पहिलो संशोधन) विधेयक, २०८२’ अघि बढाएको छ । प्रस्तावित संशोधनमा जरिवाना १० गुणासम्म बढाउने र माछालाई समेत कानुनी दायरामा समेट्ने व्यवस्था प्रस्ताव गरिएको छ । तीन चरणमा देशभर लागू हुँदै सरकारले गत भदौ १ गते राजपत्रमा सूचना प्रकाशित गर्दै ऐन कार्यान्वयनको तीन चरणको कार्यतालिका सार्वजनिक गरेको थियो । कार्यतालिकाअनुसार पहिलो चरणमा २०८३ मंसिर १ गतेदेखि काठमाडौं उपत्यकाका २१ वटै स्थानीय तहमा ऐन लागू भएको हो । दोस्रो चरणमा २०८३ माघ १ गतेदेखि उपत्यकाबाहिरका सबै महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा लागू गरिनेछ । तेस्रो चरणमा २०८४ साउन १ गतेदेखि देशभरका गाउँपालिकामा समेत कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ । आधुनिक वधशाला तथा आवश्यक पूर्वाधारको अभावलाई ऐन कार्यान्वयनको प्रमुख चुनौतीका रूपमा हेरिएको छ । यद्यपि, आधुनिक वधशाला निर्माण नभएसम्म मासु सुपरिवेक्षकले तोकेको स्थानमा पशु वध गर्ने व्यवस्था मिलाएर भए पनि ऐन कार्यान्वयन गरिने पशु सेवा विभागले जनाएको छ । ऐन पूर्ण रूपमा कार्यान्वयनमा आएपछि पशु वधदेखि बजारमा मासु बिक्री हुने अवस्थासम्म स्वास्थ्य परीक्षण र गुणस्तर नियन्त्रण अनिवार्य हुनेछ । यसबाट उपभोक्ताले स्वच्छ, सुरक्षित र गुणस्तरीय मासु प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ
Latest NewsJust now

दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

काठमाडौं, मङ्सिर १ गते । प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गर्नुभएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बुधबार प्रारम्भिक सुनुवाइ हुने भए... ...

गोरखापत्र
निजी क्षेत्रलाई राजस्वको स्रोत मात्र नभई आर्थिक विकासको सहयात्री बनाउनुपर्छ : अध्यक्ष अग्रवाल
Latest NewsJust now

निजी क्षेत्रलाई राजस्वको स्रोत मात्र नभई आर्थिक विकासको सहयात्री बनाउनुपर्छ : अध्यक्ष अग्रवाल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रलाई सरकारको राजस्व सङ्कलनको स्रोतका रूपमा मात्र नभई आर्थिक विकासको सहयात्रीका रूपमा हेर्नुपर्ने बताएका छन् । कर दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा... ...

रातोपाटी
साफ च्याम्पियनसिपको उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दै, यस्तो छ दुई टोलीको इतिहास
Latest NewsJust now

साफ च्याम्पियनसिपको उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दै, यस्तो छ दुई टोलीको इतिहास

काठमाडौँ । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको उपाधिका लागि मंगलबार चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । बंगलादेशको ढाकास्थित राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार बेलुका पौने ८ बजे... ...

रातोपाटी
सगरमाथा बेस क्याम्पमा विदेशी जोडीले गरे विवाह
Latest NewsJust now

सगरमाथा बेस क्याम्पमा विदेशी जोडीले गरे विवाह

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा एक विदेशी जोडीले विवाह गरेका छन्। समुद्री सतहदेखि ५ हजार ३ सय ६४ मिटरको उचाइमा रहेको एभरेस्ट बेस क्याम्पमा क्याटिना लेम्पेसिस सागानोस र जोसेफ डान्यो वैवाहिक बन्धनमा बाँधिएका हुन्। विश्वकै चर्चित साहसिक गन्तव्यमा सम्पन्न उनीहरूको विवाह सामान्य वैवाहिक समारोहभन्दा फरक र विशेष बनेको छ। हिउँले ढाकिएका मनोरम हिमशृङ्खलालाई साक्षी राखेर गरिएको विवाहले प्रेमसँगै ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play