Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

अब पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
अब पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड
Photo / Coverage: नेपालन्युज

पर्सा। सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले अब सेवाग्राहीको घरमै सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ। टेलिकमले हुलाक सेवामार्फत पर्सा जिल्लाभरिका सेवाग्राहीको घरमै नेपाल टेलिकमको सिमकार्ड पुर्‍याउने गरी हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच सम्झौता भएको छ। सेवाग्राहीलाई सहज रूपमा घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले सिमकार्ड वितरण सुरु गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत नमनाथ यादवले जानकारी दिए। उनका अनुसार नेपाल टेलिकमको अनलाइन फाराम भरेपछि सेवाग्राहीले हुलाक सेवामार्फत घरमै सिमकार्ड प्राप्त गर्न सक्नेछन्। यो सेवाको सुरुवातसँगै सिमकार्ड लिन टेलिकम कार्यालय वा अन्य वितरण केन्द्रसम्म पुग्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ। अब नागरिकले घरमै बसेर सरकारी सेवा प्राप्त गर्न सक्नेछन्। सेवा सुरु भएसँगै हुलाक कार्यालयका कर्मचारीले वीरगञ्ज महानगरपालिका-१० रानीघाट निवासी किरणकुमारी चौहानको घरमै पुगेर पहिलोपटक सिमकार्ड उपलब्ध गराएका छन्। हुलाक सेवा विभाग पर्साले अहिलेसम्म चिठी पत्र, पार्सल, द्रुत डाँक सेवा (ईएमएस), र हुलाक बचत बैंकसम्बन्धी सेवाहरू मात्रै गर्दै आएको थियो। त्यसैगरी हुलाक सेवा विभाग, यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको नयाँ सम्झौताअनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) लगायत महत्त्वपूर्ण सरकारी कागजातहरू हुलाकमार्फत ढुवानी र वितरण गर्ने काम पनि हुँदै आएको छ। विभागले हुलाक वस्तु तथा पार्सलहरू कहाँ पुगे भनेर अनलाइनबाटै हेर्न मिल्ने गरी ट्र्याकिङ प्रणालीलाई पनि थप व्यवस्थित बनाइएको जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हेटौँडामा पिकअप र मोटरसाइकल ठोकिँदा युवकको मृत्यु, चालक पक्राउ
Latest NewsJust now

हेटौँडामा पिकअप र मोटरसाइकल ठोकिँदा युवकको मृत्यु, चालक पक्राउ

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७, अंगारेश्वरमा पिकअप गाडी र मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा हेटौँडा-१७ हटिया निवासी २७ वर्षीय सुदीप पाण्डेको मृत्यु भएको हो। हेटौँडाबाट सिन्धुलीतर्फ तरकारी बोकेर जाँदै गरेको बा.प्र.०१–०२८ च १७४७ नम्बरको पिकअप बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–०... ...

नेपालखबर
हेटौँडामा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
Latest NewsJust now

हेटौँडामा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनिल पराजुलीमकवानपुर, कात्तिक २१ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७, अङ्गारेश्वरस्थित धरान–चतरा सडकखण्डमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भ... ...

गोरखापत्र
धनकुटाको सहिदभूमिमा कात्तिक २८ र मंसिर १३ र १४ गते सार्वजनिक बिदा
Latest NewsJust now

धनकुटाको सहिदभूमिमा कात्तिक २८ र मंसिर १३ र १४ गते सार्वजनिक बिदा

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले सहिद स्मृति दिवस र स्थानीय मौलिक पर्व बाडाङ्मीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले कात्तिक २८ गते शनिबार सहिद स्मृति दिवस तथा मंसिर १३ र १४ गते बाडाङ्मी पर्वको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको हो । गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिए । । विसं २०३६ सालमा ...

केन्द्रबिन्दु
देवकोटाका काव्यमा शृङ्गारिकता
Latest NewsJust now

देवकोटाका काव्यमा शृङ्गारिकता

कार्तिक कृष्णपक्ष अमावस्या तिथिमा श्रीलक्ष्मीमाताको पूजा गरिन्छ । यस पवित्र दिनमा धनऐश्वर्यकी देवीलाई आआफ्ना घरमा भित्र्याउन घरहरूलाई अत्यन्त झकिझकाउ सजावट गरिन्छ । अनि पूर्ण अभिरु... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play