अब जेमिनीमा च्याटभित्रै तयार गरिएका फाइल सम्पादन गर्न सकिने

गुगलको जेमिनीले गत अप्रिलमा डक्स, सिट्सदेखि पीडीएफ र मार्कडाउनसम्मका फाइल तयार गर्न सक्ने सुविधा ल्याएको थियो। तर, अहिलेसम्म जेमिनीले तयार पारेको फाइलमा कुनै परिवर्तन गर्नुपरेमा पहिले त्यसलाई डाउनलोड वा एक्सपोर्ट गर्नुपर्ने हुन्थ्यो। अब गुगलले जेमिनी एपभित्रै कागजात, पीडीएफ, प्रस्तुति, स्प्रेडसिट, कोडलगायतका फाइल हेर्न र सम्पादन गर्न सकिने सुविधा ल्याएको छ। जीएसएमएरिनाका अनुसार फाइललाई पूर्ण स्क्रिनमा विस्तार गरेर हेर्न सकिन्छ र त्यहीँबाट आवश्यक सम्पादन गर्न सकिन्छ। प्रयोगकर्ताले कुनै पाठ चयन गरेर त्यसबारे प्रश्न सोध्न, पाठ वा दृश्य सामग्री परिमार्जन गर्न तथा थप प्रश्नहरू सोध्न पनि जेमिनाईको प्रयोग गर्न सक्छन्। यद्यपि, यसमा एउटा सीमा छ। पीडीएफ फाइल हेर्ने र सम्पादन गर्ने सुविधा वेब तथा मोबाइल दुवैमा उपलब्ध छ। तर गुगल डक्स, गुगल सिट्स, स्लाइड प्रस्तुति, मार्कडाउन फाइल, टीएक्सटी फाइल र कोडलगायतका अन्य ढाँचामा रहेका फाइल सम्पादन गर्ने सुविधा भने हाललाई वेबमा मात्रै उपलब्ध छ। यो नयाँ सुविधा आजदेखि जेमिनीले समर्थन गर्ने सबै भाषामा र सबै प्रयोगकर्ताका लागि उपलब्ध भएको गुगलले जनाएको छ। The post अब जेमिनीमा च्याटभित्रै तयार गरिएका फाइल सम्पादन गर्न सकिने appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

अमेजनले सार्वजनिक गर्यो आफ्ना एलेक्सा डिभाइसहरूको नयाँ शृङ्खला
अमेजनले १६ इन्च डिस्प्ले मोडेलसहितको स्मार्ट स्पिकरहरू, वाईफाई एक्स्टेन्डरसहितको इको डट अपडेट गरेको छ। अमेजन डटकमले एलेक्सा प्लस एआई (Alexa+ AI) सहायक सहितको इको डिभाइसहरूको नयाँ दायरा अनावरण गरेको हो। यसमा एकीकृत फायर टिभी सफ्टवेयरसहितको इको शो १६ स्मार्ट डिस्प्ले, इको टाइम भनिने अलार्म घडी र एलेक्सा फोटो फ्रेम, साथै इको डट र इको स्टुडियो स्मार्ट स्पिकरहरूको लागि अपग्रेडहरू समावेश छन्। धेरैजसो नयाँ ...

मुक्तिनाथ विकास बैंकको पहिलो त्रैमासमा नाफा र कर्जा विस्तारमा ठूलो उछाल
१५ कात्तिक, काठमाडौं। मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय नतिजा सार्वजनिक गरेको छ। बैंकले चुनौतीपूर्ण आर्थिक अवस्थाका बाबजुद पनि कर्जा विस्तार, नाफा वृद्धि, ब्याज आम्दानी र गैर-ब्याज आम्दानीमा उल्लेख्य प्रगति हासिल गर्दै वित्तीय क्षेत्रमा बलियो उपस्थिति जनाएको छ। बैंकको कर्जा तथा सापट (ग्राहकलाई) रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ अर्ब […] The post मुक्तिनाथ ...

चेरीको नयाँ ईआरईभी मोटरसाइकलले गुडिरहेकै बेला आफ्नो ब्याट्री चार्ज गर्ने, एड्भेन्चर स्कुटर पनि ल्याउँदै
चिनियाँ अटोमोटिभ कम्पनी ‘चेरी’ विद्युतीय दुई-पांग्रे सवारी साधनको बजारमा प्रवेश गर्ने तयारी गरिरहेको छ। कम्पनीले आफ्नो नयाँ ‘सिनोक्स’ (Cinnox) ब्रान्ड अन्तर्गत दुईओटा विद्युतीय दुई-पांग्रे सवारी साधनहरू सार्वजनिक गरेको छ: ‘ग्रो सी३’ (Grow C3) नामक ‘रेन्ज-एक्सटेन्डेड’ (range-extended) विद्युतीय क्रुजर बाइक र एउटा विद्युतीय एड्भेन्चर (एडीभी) स्कुटर। ‘ग्रो सी३’ को मुख्य विशेषता भनेको यसमा विद्युतीय मोटरका साथै एउटा सानो पेट्रोल जेनेरेटर जडान गरिएको ...


