Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

अब इन्स्टाग्रामको रिल्स कपि गर्न नमिल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
अब इन्स्टाग्रामको रिल्स कपि गर्न नमिल्ने
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले प्रयोगकर्ताले बनाएका मौलिक रिल्सको नक्कल रोक्न ‘कन्टेन्ट प्रोटेक्सन’ नामक नयाँ सुविधा ल्याउन थालेको छ । यसले इन्स्टाग्राम र फेसबुकमा मौलिक भिडियोको नक्कल खोजेर सम्बन्धित सर्जकलाई जानकारी दिनेछ । यो सुविधाले सर्जकले प्रणालीमा दर्ता गरेका भिडियोसँग अन्य भिडियोको दृश्य तुलना गर्छ । सर्जकले सुविधा सक्रिय गरेपछि नयाँ अपलोड गर्ने मौलिक भिडियो स्वतः सुरक्षाको दायरामा आउनेछन् । तर, सुविधा सुरु हुनुअघि अपलोड गरिएका भिडियो भने आफैँ थप्नुपर्नेछ । नक्कल भेटिएपछि भिडियोको दृश्य संख्या र पोस्ट गर्ने खाताका अनुयायीको विवरण हेरेर सर्जकले आवश्यक निर्णय लिन सक्नेछन् । नक्कल भेटिएपछि सर्जकले चार विकल्पमध्ये एउटा रोज्न पाउनेछन् । भिडियोको गतिविधि निगरानी गर्ने, इन्स्टाग्राम र फेसबुकबाट लुकाउने, मौलिक सर्जकको नाम उल्लेख गराउने वा आफ्नो दाबी छाड्ने विकल्प उपलब्ध हुनेछन् । भिडियो लुकाउँदा नक्कल गर्ने खातालाई प्रत्यक्ष जरिवाना भने लाग्ने छैन । यो सुविधा सबै प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छैन । योग्य सर्जकले इन्स्टाग्रामको व्यावसायिक ड्यासबोर्डमा गएर ‘कन्टेन्ट प्रोटेक्सन’ विकल्पमार्फत सुविधा सक्रिय गर्न सक्नेछन् । मौलिक सामग्री र खाताको विश्वसनीयताका आधारमा यसको पहुँच निर्धारण गरिनेछ । यसैबीच, मेटाले कृत्रिम बुद्धिमत्ताको प्रयोग गरी मूल भिडियोको दृश्य परिवर्तन गरिएका सामग्रीसमेत पहिचान गर्ने प्रविधिको परीक्षण गर्ने तयारी गरेको छ । मूल सर्जकको आवाज वा भनाइ उस्तै राखेर दृश्य मात्रै परिवर्तन गरिएका भिडियो पहिचान गर्ने यो सुविधा सुरुमा सीमित सर्जकसँग परीक्षण गरिनेछ। बारम्बार यस्ता सामग्री बनाउने खाताको पहुँच सीमित गर्ने उपायबारे पनि मेटाले काम गरिरहेको छ । The post अब इन्स्टाग्रामको रिल्स कपि गर्न नमिल्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तथ्यहीन आरोप लगाउनेविरुद्ध कानुनी उपचार खोज्ने प्याब्सनको चेतावनी
Latest NewsJust now

तथ्यहीन आरोप लगाउनेविरुद्ध कानुनी उपचार खोज्ने प्याब्सनको चेतावनी

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) ले तथ्यहीन आरोप लगाउनेहरूविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएको छ।  बिहीबार प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र महासचिव आरबी कटवालले संयुक्त प्रेस विज्ञप्ति जारी गरी प्याब्सनलाई लक्षित गरी भइरहेका तथ्यहीन आरोप, अपमानजनक र मर्यादाविहीन अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।   ‘आ... ...

नेपालखबर
एशियन क्लियरिङ युनियनको सञ्चालक समितिको ५४औँ बैठक सम्पन्न
Latest NewsJust now

एशियन क्लियरिङ युनियनको सञ्चालक समितिको ५४औँ बैठक सम्पन्न

काठमाडौँ, मङ्सिर ३ गते । अन्तरदेशीय भुक्तानी प्रणालीको आधुनिकीकरण, वित्तीय सहकार्य र सदस्य राष्ट्रबीचको भुक्तानी सहजीकरणमा सरोकारवालाहरुले जोड दिनुभएको छ । नेपाल राष्ट्र बैंकको आयो... ...

गोरखापत्र
चितवनले गुमायो छैटौँ विकेट, उसामा मिर २ रनमा आउट
Latest NewsJust now

चितवनले गुमायो छैटौँ विकेट, उसामा मिर २ रनमा आउट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले छैटौँ विकेट गुमाएको छ । छैटौँ विकेटका रूपमा उसामा मिर आउट भएका हुन् । उनी ५ बलमा मात्र २... ...

रातोपाटी
शोधनान्तर स्थिति ३ खर्ब बचतमा, चालु खातासमेत बलियो
Latest NewsJust now

शोधनान्तर स्थिति ३ खर्ब बचतमा, चालु खातासमेत बलियो

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा मुलुकको शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले मङ्सिर ३ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play