Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

अप्पर तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड ५९ लाख नाफा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अप्पर तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड ५९ लाख नाफा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अप्पर तामाकोशी जलविद्युत कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमाससम्म नाफामा रहेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार असोज मसान्तसम्ममा कम्पनीले १ अर्ब ६५ करोड ५९ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा १ अर्ब ६७ करोड ४६ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा चालु आबको प्रथम त्रैमासमा १.१२ प्रतिशतले सामान्य घटेको हो । खुद नाफामा सामान्य गिरावट देखिए पनि कम्पनीको मुख्य आम्दानी अर्थात् विद्युत बिक्री आम्दानीमा भने सुधार भएको छ । असोज मसान्तसम्म कम्पनीले विद्युत बिक्रीबाट ३ अर्ब ९४ करोड २८ लाख ६५ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिको ३ अर्ब ८५ करोड ५१ लाख ४९ हजार रुपैयाँको तुलनामा २.२८ प्रतिशतले बढी हो । कम्पनीको सञ्चालन नाफा पनि गत वर्षको २ अर्ब ७१ करोड ४७ लाख रुपैयाँबाट बढेर २ अर्ब ८० करोड १० लाख रुपैयाँ पुगेको छ । वित्तीय खर्च १ अर्ब ४ करोड ५९ लाख रुपैयाँबाट बढेर १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ पुगेका कारण खुद नाफामा सामान्य दबाब परेको देखिन्छ । २१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नोक्सानी १० अर्ब ९७ करोड ९४ लाख रुपैयाँ छ । जुन गत असार मसान्तमा १२ अर्ब ६३ करोड ५३ लाख रुपैयाँ थियो । कम्पनीको प्रति सेयर आम्दानी ७ रुपैयाँ ८२ पैसा र प्रति सेयर नेटवर्थ ५२ रुपैयाँ ३० पैसा छ । गत वर्षको प्रथम त्रैमासमा कम्पनीको प्रति सेयर आम्दानी ७ रुपैयाँ ९१ पैसा र नेटवर्थ ५३ रुपैयाँ २५ पैसा थियो । असोज मसान्तसम्म कम्पनीको प्रति सेयर सम्पत्तिको मूल्य ३८३ रुपैयाँ ९९ पैसा र तरलता अनुपात १.८४ रहेको छ । ४५६ मेगावाट क्षमताको यस आयोजना हाल पूर्ण रूपमा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । असोज मसान्तसम्ममा नेपाल सरकारको ९औं अर्धवार्षिक किस्ता र अन्य ऋणप्रदायक संस्थाहरूको १९औं त्रैमासिक किस्ता तथा ब्याज भुक्तानी गरिसकिएको छ । ऋणदाता बैंक तथा वित्तीय संस्थाहरूसँगको छलफलपछि गत आवको साउनदेखि दीर्घकालीन ऋणको ब्याजदर स्थिर रहने गरी घटाइएकाले आगामी दिनमा ब्याज खर्च घटेर वित्तीय अवस्था सुधार हुने अपेक्षा गरिएको कम्पनीले उल्लेख गरेको छ । २०८१ असोज १२ गतेको पहिरोबाट क्षति पुगेका संरचनाहरूको मर्मत तथा पहिरो रोकथामको अधिकांश काम सम्पन्न भइसकेको र ‘ड्याम अपरेसन कन्ट्रोल बिल्डिङ’ निर्माणको खरिद प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ । पहिरोका कारण संरचना र विद्युत बिक्री आयमा भएको क्षतिको बीमा दाबी रकम भने बीमा कम्पनीबाट भुक्तानी हुन बाँकी रहेको छ । The post अप्पर तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड ५९ लाख नाफा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
Latest NewsJust now

इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

जेरुसेलम, कात्तिक २९ गते । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान गर्... ...

गोरखापत्र
८ अर्ब लगानीमा इँटा उद्योग रूपान्तरणको योजना, ३०० उत्पादन केन्द्र स्थापना गरिने
Latest NewsJust now

८ अर्ब लगानीमा इँटा उद्योग रूपान्तरणको योजना, ३०० उत्पादन केन्द्र स्थापना गरिने

नेपालको परम्परागत इँटा उद्योगलाई वातावरणमैत्री प्रविधिमा रूपान्तरण गर्ने उद्देश्यसहित ६ करोड अमेरिकी डलर (करिब ८ अर्ब रुपैयाँ) बराबरको कार्बन वित्तीयकरण कार्यक्रम घोषणा गरिएको छ। गुड ब्रिक्स प्रविधिमार्फत सन् २०३० सम्म नेपालभर ३०० वटा उत्पादन केन्द्र स्थापना गर्ने लक्ष्यसहित उक्त कार्यक्रम सार्वजनिक गरिएको हो।  जलवायु प्रविधि कम्पनी इन्नोसीएसआर र दिवाकर गोल्छा अर्गनाइज... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play