Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

अन्नपूर्ण क्षेत्रमा पर्यटकको ओइरो

Share:WhatsAppFacebookX (Twitter)Telegram
अन्नपूर्ण क्षेत्रमा पर्यटकको ओइरो
Photo / Coverage: नेपालन्युज

गण्डकी।गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन्। जुन गत वर्षको सोही महिनाको तुलनामा चार हजार ६८२ ले बढी हो। गत वर्षको अक्टुबरमा ३७ हजार ७६ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए। मुख्य पर्यटकीय याम भएकाले अक्टुबरमा बढी पर्यटक आउने गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाले बताए। एक महिनाको अवधिमा भित्रिएका कुल ४१ हजार ७५८ पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका १९ हजार २०७ र बाँकी अन्य देशका पर्यटक रहेका छन्। सन् २०२६ सुरु भएयता सबैभन्दा बढी गत जुनमा एक लाख आठ हजार ७०३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका प्रमुख डा. कडरियाले जानकारी दिए। उनका अनुसार उक्त याममा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन्। १० महिनाको अवधिमा सबैभन्दा कम जनवरीमा २० हजार ६३ पर्यटक भित्रिएका उनको भनाइ छ। “अक्टुबर–नोभेम्बर मुख्य पर्यटकीय याम भएकाले यतिबेला पर्यटकको संख्या बढ्ने गर्छ”, उनले भने । आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ। सडक मार्ग भएर बर्सेनि ठूलो संख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रने गरेका छन्। अन्नपूर्ण क्षेत्र पदयात्रा रूचाउने पर्यटकको समेत रोजाइमा पर्दै आएको छ। संरक्षण क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको हो। कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल समूह चरणको अन्तिम खेल : काठमाडौँ भर्सेस पोखरा
Latest NewsJust now

एनपीएल समूह चरणको अन्तिम खेल : काठमाडौँ भर्सेस पोखरा

नेपाल प्रिमियर लिग (एनपीएल) को समूह चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। ...

रातोपाटी
एनपीएलको समूह चरणको अन्तिम खेल : पोखराविरुद्ध काठमाडौंले पहिले फिल्डिङ गर्ने
Latest NewsJust now

एनपीएलको समूह चरणको अन्तिम खेल : पोखराविरुद्ध काठमाडौंले पहिले फिल्डिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को समूह चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको टसमा काठमाडौंले टस... ...

रातोपाटी
काठमाडौंमा मोटरसाइकल चोरीको गिरोह फेला, तीन जना पक्राउ
Latest NewsJust now

काठमाडौंमा मोटरसाइकल चोरीको गिरोह फेला, तीन जना पक्राउ

काठमाडौं । काठमाडौंमा चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले चेकजाँचका क्रममा शंकास्पद अवस्थामा फेला परेको मोटरसाइकलमा दुई जना सवार र चोरीको मोटरसाइकल बिक्री गर्ने एक जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार राति करिब ११ बजे काठमाडौं महानगरपालिका–७ चाबहिलमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले बा ८४ प ५४८४ नम्बरको सेतो–कालो एनएस मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा ...

केन्द्रबिन्दु
कोप–३१ : जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद
Latest NewsJust now

कोप–३१ : जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

टर्की – विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्यबारे यस वर्षको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा मतभेद देखिएको छ । १ दशकदेखि जलवायु परिवर्तन नियन्त्रणको प्रमुख लक्ष्यका रूपमा रहेको १.५ डिग्रीको सीमाबारे राष्ट्रहरूबिच अन्योल बढेको हो । संयुक्त राष्ट्रसंघले गत सेप्टेम्बरमा औद्योगिक युगअघिको तुलनामा विश्वको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अवस्था […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play