Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

काठमाडौंमा मोटरसाइकल चोरीको गिरोह फेला, तीन जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौंमा मोटरसाइकल चोरीको गिरोह फेला, तीन जना पक्राउ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । काठमाडौंमा चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले चेकजाँचका क्रममा शंकास्पद अवस्थामा फेला परेको मोटरसाइकलमा दुई जना सवार र चोरीको मोटरसाइकल बिक्री गर्ने एक जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार राति करिब ११ बजे काठमाडौं महानगरपालिका–७ चाबहिलमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले बा ८४ प ५४८४ नम्बरको सेतो–कालो एनएस मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ घर भई गोकर्ण बस्ने २१ वर्षीय तेन्जिङ लामा र जुगल गाउँपालिका–३ घर भई माकलबारी सानो पुल बस्ने १९ वर्षीय लाक्पा शेर्पा रहेका छन्। उनीहरूसँग सोधपुछ गर्दा उक्त मोटरसाइकल चोरीको भएको र बिक्री गर्ने व्यक्ति समीर तामाङ रहेको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले खोजतलास गर्ने क्रममा कात्तिक २८ गते सुन्दरीजलको भद्रबासबाट सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ निवासी २८ वर्षीय दशलाल भन्ने समीर तामाङलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट एनएस २०० मोटरसाइकल, एनटर्क स्कुटर, दुई थान नम्बर प्लेट, एक थान सवारी दर्ता किताब, टुल बक्स, १३ थान टुलकिट र चार थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका तीनै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल समूह चरणको अन्तिम खेल : काठमाडौँ भर्सेस पोखरा
Latest NewsJust now

एनपीएल समूह चरणको अन्तिम खेल : काठमाडौँ भर्सेस पोखरा

नेपाल प्रिमियर लिग (एनपीएल) को समूह चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। ...

रातोपाटी
एनपीएलको समूह चरणको अन्तिम खेल : पोखराविरुद्ध काठमाडौंले पहिले फिल्डिङ गर्ने
Latest NewsJust now

एनपीएलको समूह चरणको अन्तिम खेल : पोखराविरुद्ध काठमाडौंले पहिले फिल्डिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को समूह चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको टसमा काठमाडौंले टस... ...

रातोपाटी
कोप–३१ : जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद
Latest NewsJust now

कोप–३१ : जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

टर्की – विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्यबारे यस वर्षको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा मतभेद देखिएको छ । १ दशकदेखि जलवायु परिवर्तन नियन्त्रणको प्रमुख लक्ष्यका रूपमा रहेको १.५ डिग्रीको सीमाबारे राष्ट्रहरूबिच अन्योल बढेको हो । संयुक्त राष्ट्रसंघले गत सेप्टेम्बरमा औद्योगिक युगअघिको तुलनामा विश्वको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अवस्था […] ...

काठमाण्डुपाटी
जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबीच मतभेद
Latest NewsJust now

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबीच मतभेद

अन्टाल्या, टर्कीए । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्यबारे यस वर्षको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा मतभेद देखिएको छ । एक दशकदेखि जलवायु परिवर्तन नियन्त्रणको प्रमुख लक्ष्यका रूपमा रहेको १.५ डिग्रीको सीमाबारे राष्ट्रहरूबीच अन्योल बढेको हो । संयुक्त राष्ट्रसंघले गत सेप्टेम्बरमा औद्योगिक युगअघिको तुलनामा विश्वको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अवस्था अब निकट र टार्न नसकिने ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play