Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ आह्वान

Share:WhatsAppFacebookX (Twitter)Telegram
अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ आह्वान
Photo / Coverage: टक्सार

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग शैक्षिक सहकार्य विस्तार गर्न ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रले हालै स्वीकृत ‘त्रिविको अन्तर्राष्ट्रियकरणसम्बन्धी निर्देशिका, २०२६’ अनुसार इच्छुक स्थायी प्राध्यापकहरूबाट आशयपत्र माग गरेको हो। उपकुलपतिबाट नियुक्त हुने यस स्वयंसेवी तथा मानार्थ पदको कार्यकाल सुरुमा दुई वर्षको हुनेछ। नियुक्त व्यक्तिले सम्बन्धित देशका विश्वविद्यालयसँग भएका पुराना सम्झौता सक्रिय बनाउने, संयुक्त अनुसन्धान तथा विद्यार्थी–प्राध्यापक आदानप्रदान प्रवर्द्धन गर्ने, अनुसन्धानका लागि आर्थिक स्रोत खोज्ने र विदेशी विद्यार्थीलाई त्रिविमा आकर्षित गर्न सहजीकरण गर्नुपर्नेछ। इच्छुक स्थायी प्राध्यापकहरूले आगामी मंसिर १० गते भित्र अनलाइन गुगल फारममार्फत आवेदन दिन सक्ने त्रिविले जनाएको छ। आवेदनका साथमा आफ्नो अन्तर्राष्ट्रिय अनुभव, व्यक्तिगत विवरण र आगामी दुई वर्षको ठोस कार्ययोजना पेस गर्नुपर्नेछ। प्राप्त आवेदकहरूमध्ये अन्तर्राष्ट्रिय अनुभव, सम्बन्धित देशसँगको पूर्वसम्पर्क र सहकार्य विस्तार गर्न सक्ने क्षमताका आधारमा छनोट गरिने त्रिविले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एमाले स्थायी कमिटी बैठक सुरु, तस्बिरमा हेर्नुहोस्
Latest NewsJust now

एमाले स्थायी कमिटी बैठक सुरु, तस्बिरमा हेर्नुहोस्

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको दोस्रो बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार दिउँसो २ बजेदेखि बैठक सुरु भएको हो । भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको... ...

रातोपाटी
स्थानीय कमिटी बैठकका लागि च्यासल पुगे एमाले नेता (तस्बिरहरू)
Latest NewsJust now

स्थानीय कमिटी बैठकका लागि च्यासल पुगे एमाले नेता (तस्बिरहरू)

स्थायी कमिटी बैठकका लागि नेकपा (एमाले)का नेताहरू पार्टी केन्द्रीय कार्यालय, च्यासल पुगेका छन्।  राष्ट्रिय भेलाको अघिल्लो दिन एमालेले स्थायी कमिटी बैठक बोलाएको हो। मंसिर २ गते एमालेको राष्ट्रिय भेला हुँदै छ। स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने जनाइएको छ।  ...

नेपालखबर
जुनसुकै समयमा आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्छ, तयार रहनुहोस् : अध्यक्ष ओली
Latest NewsJust now

जुनसुकै समयमा आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्छ, तयार रहनुहोस् : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् । आइतबार काठमाडौँमा अखिल... ...

रातोपाटी
कलेजमा घाइते लाटोकोसेरो भेटिएपछि उद्धारमा खटिइन् प्रहरी अधिकारी
Latest NewsJust now

कलेजमा घाइते लाटोकोसेरो भेटिएपछि उद्धारमा खटिइन् प्रहरी अधिकारी

अमेरिकाको फ्लोरिडा राज्यस्थित एक कलेजमा घाइते अवस्थामा भेटिएको लाटोकोसेरोलाई प्रहरी अधिकारीले उद्धार गरेकी छन्। नियमित सुरक्षा ड्युटीमा खटिएकी प्रहरी अधिकारीले घाइते लाटोकोसेरो देखेपछि वन्यजन्तु उद्धार केन्द्रको सहयोगमा त्यसलाई सुरक्षित स्थानमा पुर्‍याएकी हुन्। फ्लोरिडाको ब्रोवार्ड कलेजमा गत बिहीबार यो घटना भएको हो। कलेज परिसरमा घाइते लाटोकोसेरो भेटिएपछि त्यहाँका कर्मचारीले पेम्ब्रोक पाइन्स प्रहरी विभागकी अधिकारी क्याटालिना गानानलाई जानकारी गराएका थिए। सूचना पाएलगत्तै गानानले लाटोकोसेरोको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play